पुरूष सरह महिलाले तलब पाउन बिश्वमा एक सय सत्तरी बर्ष लाग्ने ?

इनेप्लिज २०७३ मंसिर ३ गते ३:०४ मा प्रकाशित

bj-thapa-f

हरेक बर्षको अप्रिल महिनामा “इक़्वेल पे डे ” समान तलब दिवस मनाइन्छ l महिला तथा पुरुषको समान तलब गरियोस भन्ने उद्देस्यले खबरदारी गर्ने गरिन्छ l अहिले व्यापक रुपमा महिलाहरु यसलाई चेतनामुलक को साथै दबाब दिदै सरकारलाई ध्यानाकर्षण गरि रहेका छन् l

गत अप्रिल महिना डेमोक्रेटिक राष्ट्रिय महिला समुहले कागती को प्रदर्शन गर्दै एक प्याला (कप)मा ७९ सेन्ट महिला तथा अर्को प्यालामा १ डलर पुरुष भनेर महिला र पुरुषको तलबमा फरक देखाएका थिए l

केहि समय अगाडी बिश्व आर्थिक मंचले २०१६ मा बिश्व लिङ्ग अन्तरको प्रकाशनमे भूकम्प ल्याई दिएको छ l जस अनुसार अझ पनि बिश्वमा महिलाले बराबर तलब पाउन करिन एक सय सत्तरी बर्ष लाग्ने झसंग बनाउने नक्सा चित्रण गरेको छ l

उक्त मंचले गरेको १ सय ४४ देशलाई समाहित गरि अध्ययन गरेको थियो l बिश्व आर्थिक मंचले १४ वटा फरक परिवर्तनशील वस्तुहरु स्वास्थ्य ,शिक्षा ,आर्थिक सहभागिता तथा राजनैतिक सशक्तिकरणमा अध्ययन गरेको थियो l

4-12-16-equal-pay-women-of-color

उनीहरुले तीन वटा चिजलाई सम्मिश्रण गर्दै लिङ्ग फरक बारे यस्तो परिभाषित गरेका थिए l पहिलो ,महिला तथा पुरुषको काममा सहभागिता ,दोश्रो उस्तै काम मा महिला तथा पुरुषको तलबमा फरक र तेश्रो नेतृत्त्व तथा ब्यबसायिक शिपमुलक कामको क्षमतालाई छनौट गरेका थिए l

११ बर्ष सम्म उनीहरुले गरेको मेहनत र अथक प्रयास बाट महिला र पुरुषमा समान तलब हुन् करिब १ सय ७० बर्ष लाग्ने उल्लेख गरेका छन् l अमेरिकामा निजि क्षेत्रमा केवल १२ प्रतिसत मात्र कामदारहरुले पारिवारिक भुक्तानी बिदा आफ्ना काम बाट प्राप्त गरि रहेका छन् l प्राबिधिक क्षेत्रमा महिलाहरु धेरै कम काम गर्ने हुन्छन किनभने महिलाहरु गर्भवती हुनाको कारण तलबमा फरक पनि पर्न जाने यो पनि एक कारण देखाएको छ l

Democratic National Committee (DNC) women host an Equal Pay Day event with a lemonade stand "where women pay 79 cents per cup and men pay $1 per cup, to highlight the wage gap" on April 12, 2016 in Washington, DC. / AFP / MOLLY RILEY (Photo credit should read MOLLY RILEY/AFP/Getty Images)

गत अप्रिल १२ तारिख राष्ट्रपति बराक ओबामाले महिला र पुरुष ले समान तलब पाउने भनि हस्ताक्षर गरेका थिए l यसको सुरुवात जन एफ केनेडीले १९६३ मा गरेका थिए l

सन् १९६३ मा एक महिलाले ५९ सेन्ट पाउने थिए भने त्यहि पुरुषले १ डलर पाउथे l अहिले पनि औसतमा ७९ सेन्ट महिला तथा १ डलर पुरुषले पाउछन l तर बिश्वमा बराबर तलब पाउन १ सय ७० बर्ष भन्ने तथांकले आश्चर्य बनाई दिएको छ l

earningsgap

तस्बिर ,मोली रिले तथा एएफपी

प्रतिक्रिया