दुई अस्पतालमा कुपन प्रणाली लागू

इनेप्लिज २०७३ मंसिर २ गते १३:०० मा प्रकाशित

काठमाडौँ, २ मङ्सिर । नेपालको सबैभन्दा पुरानो वीर अस्पताल र कान्तिबाल अस्पतालमा जँचाउनका लागि लामो लाइन बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

कान्ति अस्पतालले एक साताअघि र वीर अस्पतालले बुधबारदेखि ‘क्यु सिस्टम’ अर्थात् कुपन प्रणाली लागू गरेपछि लामो समय लाइनमा बस्नुपर्ने बाध्यता हटेको छ । नयाँ प्रणालीअनुसार अस्पताल पुग्नेबित्तिकै डिजिटल कुपन लिएर टिकट काउन्टरमा आएको डिस्प्ले अनुसार आफ्नो पालामा गएर टिकट लिन सकिन्छ । सोही टिकटमा बहिरङ्ग विभागको पालो नं पनि उल्लेख गरिने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया