काठमाडौँ, २ मङ्सिर । परिवारविहीन बालबालिकालाई हेरचार गर्नेलाई प्रोत्साहन गर्न भ्वाइस अफ चिल्ड्रेन नामक संस्थाले पुरस्कार स्थापना गरेको छ ।
सो संस्थाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा निर्देशक कृष्णकुमार थापाले पारिवारिक स्याहारबाट वञ्चित बालबालिकालाई हेरचार गर्नेलाई ‘वैकल्पिक परिवारिक स्याहार पुरस्कार’ स्थापना गरिएको जानकारी दिनुभयोे । उहाँका अनुसार पुरस्कार विभिन्न तीन विधामा दिइने दिइनेछ ।
बालबालिकाको वैकल्पिक परिवारिक स्याहारमा काम गर्ने संस्था, व्यक्ति र परिवारलाई छुट्टाछुट्टै पुरस्कार वितरण गरिने सो पुरस्कारमा संस्थालाई नगद रु तीन लाख, व्यक्तिलाई रु दुई लाख र परिवारलाई रु एक लाख पुरस्कार प्रदान गरिने निर्देशक थापाले बताउनुभयो ।
पुरस्कार हरेक वर्ष अन्तर्राष्ट्रिय बालअधिकार दिवसका अवसरमा मङ्सिर ५ गते प्रदान गरिने जनाइएको छ ।
राष्ट्रिय बालश्रम प्रतिवेदन, २०१२ का अनुसार नेपालमा परिवारभन्दा बाहिर रहेका करिब एक लाख ९२ हजार बालबालिका श्रममा संलग्न छन् ।
केन्द्रीय बाल कल्याण समितिले सन् २००८ मा गरेको अध्ययनले बालगृहमा बसिरहेका बालबालिकामध्ये ७२ प्रतिशतका आमाबाबु भए पनि तिनका सन्तान बालगृहमा बसिरहेका छन् ।
प्रतिक्रिया