न्युजर्सी कि नेपाली मूलकी महिला अधिकारकर्मी बिष्णु माया परियार लन्डनमा सम्मानित

इनेप्लिज २०७३ कार्तिक ३० गते १:५० मा प्रकाशित

img_6388

अमेरिकाको न्यु जर्सीमा बस्दै आएकी नेपाली मूलकी महिला अधिकार कर्मी तथा सामाजिक कार्यकर्ता बिष्णु माया परियार(मानार्थ बिद्या वारिधि )लाई बेलायतमा सृजनशील नेपाली समाज युके नामक संस्थाले गत नोवेम्बर १३ तारिख सम्मान गरेको छ l

उनलाई नेपाली समाजमा रहेको छुवाछुत,भेदभाव,घरेलु हिंसा,महिला उत्थान र महिला शसक्तिकरण सम्बन्धि बिशेष भूमिका निर्वाह गरेकोमा उनलाई बेलायतमा उक्त संस्थाले सम्मान गरेको हो l परियारले आफ्नै पहलमा न्युजर्सीमा कारणको लागि महिला नामक संस्था स्थापना गरेकी छिन् l जसको माध्यम बाट महिला सशक्तिकरण तथा महिला सम्बन्धि थुप्रै बिषयमा वकालत गर्दै आई रहेकी छिन् l

img_6395

सृजनशील नेपाली समाज युकेले आयोजना गरेको अन्तरक्रिया तथा सम्मान कार्यक्रममा महिला अधिकारकर्मी परियार प्रमुख अतिथि रहेकी थिईन l प्रमुख अतिथिको साथै प्रमुख वक्ता समेत रहेकी परियारले कार्यक्रममा पानसमा बत्ति बलि कार्यक्रमको उद्घाटन गरेकी थिइन् l आफुलाई अमेरिका बाट लन्डन झिकाई पन्चे बाजा सहितले स्वागत गर्दै आफुलाई सम्मान गरेकोमा हर्ष व्यक्त गरिन l मन्तब्य कै क्रममा आयोजक सृजनशील नेपाली समाज युके प्रति कृतज्ञता ज्ञापन गरेकी छिन् l

img_6375

अन्तरक्रियात्मक कार्यक्रमा जिज्ञाशा राखेका थिए भने प्रमुख अतिथि तथा मुख्य वक्ताको तर्फ बाट आफुले जीवनमा भोगेका दुख कष्ट र यो अवस्था सम्म आफुले गरेका संघर्ष सुनाउदा दर्शक निकै भाबुक समेत भएका थिए l उपस्थित पदाधिकारी तथा अतिथिहरुले मुक्त कण्ठले प्रसंशा गरेका थिए l

कार्यक्रम को सभापति सुक बहादुर सुनारले गरेका थिए भने स्वागत मन्तब्य भक्त बहादुर परियारले गरेका थिए l कार्यक्रममा संरक्षक ,संस्थापक अध्यक्ष ,सल्लाहाकार ,वर्तमान अध्यक्ष लगायत अन्यले व्यक्तिले मन्तब्य राखेका थिए l कार्यक्रम संचालन धन बहादुर सार्कीले गरेका थिए l

img_6385

औपचारिक अन्तरक्रिया कार्यक्रम पछि सांस्कृतिक साँझको आयोजनाको साथै रात्री भोजन को व्यवस्था बाट कार्यक्रमको समापन भएको थियो l यसको साथै परियारलाई गोर्खा समाज युके तथा सङ्गम समाज युकेले समेत सम्मान गरेको थियो l

समाजसेवामा जीवन समर्पण गर्ने पवित्र उद्देश्य बोकेर हिडेकी गोरखाको ताक्लुङ गाउँको एक दलित परिवारमा जन्मेकी बिष्णुमाया परियारलाई अमेरिकाको मासाचुसेट्स राज्यस्थित १ सय बर्ष अगाडी स्थापंना भएको ख्याती प्राप्त “पाइन् मानोर कलेज”ले मानार्थ बिद्यावारिधी द्वारा सम्मान गरेको थियो l

img_6376

परियारद्वाले सन् १९९६ मा आफैले स्थापना गरेको सामाजिक संस्था “एड्वन “मार्फत महिला सशक्तिकरण सम्बन्धी नेपालका दलित र अन्य बिपन्न समुदायका महिलाहरुलाई उत्थान गर्दै आएकी छिन् l गोरखाको बिकट गाउँ ताक्लुंगको एक दलित परिवारमा जन्म लिई हाल कारणको लागी महिला नामक गैर मुनाफा सामाजिक संस्थाको साथै इम्पावर दलित वुमन अफ नेपाल कि संस्थापक पनि हुन् l

img_6378

अमेरिकाको क्लार्क विश्वबिद्यालयबाट सामाजिक परिबर्तन र अन्तर रास्ट्रिय बिकासमा स्नातकोतर गरेकी उनि बिभिन्न संघ तथा संस्थाहरुका महिला बिषय सम्बन्धि बिभिन्न कार्यक्रमको प्रमुख संयोजक ,प्रमुख अतिथि तथा मुख्य वक्ताको रुपमा समेत सहभागी भै आफ्नो बौद्धिकताको परिचय दिई आफ्नो छुटै पहिचान बनाई सकेकी छिन् l

उनले सामाजिक क्षेत्रमा उल्लेखनीय योगदानको कदरस्वरुप थुप्रै पुरस्कार प्राप्त गरि सकेकी छिन् l

img_6386 img_6397 img_6383 img_6377 img_6398

प्रतिक्रिया