सेतो बंगलामा सनसनी मचिएको छ

इनेप्लिज २०७३ कार्तिक २९ गते ११:४९ मा प्रकाशित

dev khanal

रिपब्लिकन पार्टीका उमेद्व्वर डोनाल्ड जे ट्रंप अमेरिकाको राष्ट्रपति निर्बाचित भएको चर्चाले बिस्वमा तरंग फालिएको छ l आजको बिस्व समाचार झोपडी, चियापसल, भट्टीमा , होटल, ३ तारे , ५ तारे , ७ तारे होटल हुदै सेतो बंगलामा सनसनी नै मचिएको छ l एक ब्यापारी अमेरिकाको राष्ट्रपति यो असम्भब कुरा हो भन्ने हरु दात बाधेर हरियो ओठ बनाएर बसेको अवस्था छ l

आफनो पार्टी वा उमेद्व्वरलाई बिजय गराउन जनताको भावना जित्नका लागि जनताको चाहनालाई मुल्यांकन गर्दै जनताको चाहना अनुसारको एजेन्डालाई जनताको घरदैलो लानुबाट नै आफनो जीत निस्चित हुन्छ l चुनाब जित्न धेरै मिडियाको प्रभाब भन्दा पनि पार्टीको गति बिधिलाई प्राथमिकता साथ अगि लैजानका लागि एक मात्र संचार माद्यम जो जनताको सधै आवाज बोल्न मिडिया भए काफी हुनछ l

ट्रंपले मिडियाहरुलाई लायर , पाखण्डीको संज्ञा दिएका थिए तर उनको आफनो मिडिया गाउ , सहरमा आफनो प्रचार भन्दा पनि बिपक्षी पार्टीको गलत कार्यलाई सम्प्रेषण गरि रहेका थिए l ट्रंपले आफनो विचार जनताको माझमा आफै उभिएर बोले जसको कारण जनताको अभिमत बाट राष्ट्रपति निर्बाचित भए l आज यो टाउको दुखाईको सिकार हिलारी भन्दा पनि ओबामालाई धेरै प्रभाब परेको छ l पपुलर वर्तमान रास्ट्रपति ओबामा हालको अवस्थामा जनताको नजरमा सुन्यमा झरेका छन् l आफुले बिजय गरेका निलो घर रातो बंगला परिणत भएको बाट सजिलै मुल्यांकन गर्न सकिन्छ l

चुनाबका शिलशिला बोलका सबै एजेन्डाहरु कार्यान्यन हुदैन यो एक राजनैतिक रणनीति मात्र हो l ११ मिलियन गैर कानुनी तरिका बाट बसोबास गरका मानिसलाई फिर्ता पठाउने कुरा नागरिकका लागि देश भक्ति नारा मात्र हो l हेरक देशका नागरिक आफनो मातृभूमि प्रिय र बफादार नागरिक हुन्छन ट्रंपले जन भावनाको सम्मान प्रकट गरका हुन् l

ट्रंपको जीत बाट आप्रबासीहरु भयभित भएका छन् भने गैर कानुनी तरिका बाट बसोबास गरेकाहरु सडकमा ट्रंप विरुद्ध नारा लगाई रहेका छन् यो पर्दा पछाडी डेमोक्रेटिक पार्टीको हात छ भन्ने कुरालाई ठोकुवा गर्न सकिन्छ l ट्रंपको बिजय गोरा जतिको बिजय मात्र होइन तमाम अमेरिकामा बसोबास गर्ने जनताको जीत हो l यहाँ कसैले देश छाड्नु पर्ने अवस्था आउदैन भने गैर कानुनी रुपमा अमेरिकामा बसोबास गरेका मानिसहरु सबै कानुनका दायरामा आउनु पर्छ भन्ने मान्यतालाई ट्रंप र रिपब्लिक पार्टीका नेताले बुजेका छन् l ट्रंपले आफनो चुनाबी दौरानमा भनेका छन् ल एण्ड अर्डर बाट मात्र अमेरिका बन्ने छ भन्ने कुरा लाई बुज्न जरुरि छ l आज ट्रंप विरुद्ध भएका सडक नाटकको पछाडी डेमोक्रेटिक पार्टीको ठुलो दाउ लागेको महसुस गरे पनि बिरबलको खिचडी पाक्ने वाला छैन l

अमेरिका बिस्वको सक्ति राष्ट्र मात्र होइन विस्वका जनताको नजरमा स्वर्ग हो l स्वर्ग जान पाइदैन भन्ने कुरा होइन स्वर्ग द्वार सधै खुल्ला रहने छ तर असल नियत भएका व्यक्ति मात्र स्वर्गको भोग गर्न पाउने छन् l स्वर्गका राजा भएको ठाउमा प्रजाको आगमनमा रोक हुदैन l प्रजाको रोजगार गेरेंटी सरकार बाट हुनु पर्छ l सबै नागरिकको हैसियतलाई मुल्यांकन गर्दै सबैको लागि सुरक्षित जिबन जिउनका लागि ट्रंपको उदय भएको हो l ट्रंप एकलै छैन ट्रंप सग सदनमा पूर्ण बहुमत छ l साचो अर्थमा भन्दा अमेरिका जिउदो स्वर्ग हो केहि कमजोरीका कारण आज अमेरिकामा थोरै मात्रामा शंकटको भुमरीमा परेको अवस्था छ यो सबै चाडै ब्यबस्थापन हुनेछ l

प्रतिक्रिया