शुक्रबार, असार ४ २०७८
काठमाडौं ०६:१६
वासिङटन डिसी 20:31

मधेसवादी दलद्वारा बैठक बहिष्कार

इनेप्लिज २०७३ कार्तिक २९ गते ७:४८ मा प्रकाशित

bicc-samsad-bhawanकाठमाडौँ, २९ कात्तिक । मधेस केन्द्रित दलले व्यवस्थापिका–संसद्को आजको बैठक बहिष्कार गरेका छन् । व्यवस्थापिका–संसद्को आजको बैठक सुरु हुनेबित्तिकै सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले मधेसी, आदिवासी, जनजाति दलको मागअनुसार संविधान संशोधनमार्फत सर्वस्वीकार्य बनाउने सरकारको प्रतिबद्धता कार्यान्वयन नभएकामा आपत्ति जनाउनुभयो ।

सरकार गठनको समयमा नयाँ सरकार गठन हुँदा भएको तीनबुँदे सहमति कार्यान्वयन नभएकामा गुनासो गर्दै उहाँले तत्काल संविधान संशोधन प्रस्ताव ल्याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले शान्तिपूर्ण तबरले आफूहरुले सदनमा उठाएको माग सम्बोधन गर्न र संविधानको सर्वस्वीकार्यता गराउन आग्रह गर्नुभयो । सदनको बैठक बहिष्कार गर्ने दलहरुमा सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टीलगायत रहेका छन् ।

प्रतिक्रिया