तीनजना कृषकलाई राष्ट्रपति उत्कृष्ट पुरस्कार

इनेप्लिज २०७३ कार्तिक २९ गते ७:४३ मा प्रकाशित

अर्घाखाँची, २९ कात्तिक । जिल्लाका तीन कृषकले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्राप्त गरेका छन् । विश्व खाद्य दिवसको अवसरमा जिल्ला कृषि विकास कार्यालयले आज यहाँ आयोजित कार्यक्रममा ती कृषकलाई सो पुरस्कार प्रदान गरेको हो ।

स्थानीय विकास अधिकारी लक्ष्मी पाँडे गौतम, सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर भुसाल, वरिष्ठ कृषि विकास अधिकृत योगप्रसाद खरेललले पोखराथोकका अच्युत गौतम, धारापानीका भेषबहादुर नेपाली र अडगुरीका ताराप्रसाद न्यौपानेलाई रु १० हजार राशि सहित सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
आचार्यलाई उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार

अर्घाखाँचीमा रही कृषि क्षेत्र र यसको विकासका लागि उत्कृष्ट कलम चलाएको भन्दै पत्रकार प्रेमनारायण आचार्यलाई कृषि पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
कृषि क्षेत्रको समाचार प्रकाशन तथा प्रसारण उल्लेखनीय योगदानपु¥याएबापत उहाँलाई रु पाँच हजारसहित सम्मानपत्र प्रदान गरिएको हो । जिल्लामा रही विगत १० वर्षदेखि आचार्यले पत्रकारिता गर्दैै आउनुभएका आचार्यले बढ्दो विदेश पलायनलाई रोक्न पत्रकारितामार्फत निर्बाह गर्नुभएको भूमिकालाई महत्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया