चुनाव नतिजा अगाडी र पछाडी निर्वाचित राष्ट्रपति ट्रंप तथा पूर्व विदेश मन्त्रि हिलारी : अप्रत्याशित जित र हार

इनेप्लिज २०७३ कार्तिक २५ गते ३:३५ मा प्रकाशित

image-1-7

अमेरिकाको चुनाबको नतिजाले बिश्वलाई निस्तब्ध बनाई दिएको छ l अप्रत्याशित जित र हार को परिणाम हात लागेको छ l दुवै दलका नेता तथा कार्यकर्ता आश्चर्य भएका छन् l इतिहास कै सर्बाधिक प्रतिस्प्रद्धा रहेको निर्वाचन विश्वकै लागि अप्रत्यासित बनेको छ l अड्कल र अनुमान विफल भएको छ l

विश्व कै प्रसिद्ध संचार माध्यमहरुको भबिष्यवाणी विफल भएको छ l उनीहरु नराम्रो संग चुकेका छन् l संचार माध्यमका प्रस्तावित उम्मेदवारको नतिजा पूर्ण ध्वस्त भएको छ l उनीहरुलाई नै चकित भएका छन् l यस नतिजाले संचार माध्यमका विश्वसनीयता प्रति प्रश्न चिन्ह खडा भएको छ l

जे भएता पनि जनताको साथ रहेको रिपब्लिकन दलका धनाड्य अरबपति निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंप अमेरिकाको ४५ औ राष्ट्रपतिमा निर्वाचित भएका छन् l  डेमोक्र्याटीक दलका उम्मेदवार हिलारी रोधाम क्लिन्टन पराजित भईन l दुवै दलले जित्ने दाबि गरेका थिए l जसले जिते पनि यति फरक निर्वाचक मत हुन्छ भन्ने दुवै दलले आशा र सोचेका थिएनन् l

निर्वाचित राष्ट्रपति ट्रम्पले २ सय ९० निर्वाचक मत पाए भने र क्लिन्टनले २ सय ३० निर्वाचक मत प्राप्त गरिन । २ सय ७० निर्वाचक मत भन्दा निर्वाचित राष्ट्रपति ट्रंपले ल्याए र बिजयी भए l

एक घरमा जितको खुशियाली छाएको छ भने अर्को घरमा हारको दुख छ l एक घरमा हासो छ भने अर्को घरमा रोदन छ l एउटा घरमा मिठो भएको छ भने अर्को घरमा तितो भएको छ l

image-1-4

नारी स्वतन्त्रता ,समाबेसी तथा समानता भन्ने अमेरिकि समाजमा केवल नारामा मात्रै रहेछ भन्ने प्रमाणित चुनाबले देखाएको छ l यस भन्दा अगाडी यो पंक्तिकारले अघिल्लो लेख मार्फत अमेरिकामा महिला र पुरूष समान हुन् करिब ७१ बर्ष पर्खनु पर्ने भन्ने लेखेको पुन स्मरण गरौँ चाहन्छु l बिश्वमा महिला र पुरुष समान हुन् १ सय ७० बर्ष कुर्नु पर्ने एक तथ्यांकले देखाएको थियो l

अश्वेत ,युरोपियन ,ल्याटिनो ,एसियन लगायतका आप्रवासी अल्पसंख्यकहरुको लागि समान अवसर प्रदान गर्ने कुरा नारामा मात्र सिमित रहेको कुरा यस पटकको चुनाबले छर्लंग पारि दिएको छ l ठुला क्षेत्र ,शहर र ग्रामिण भेकमा बस्ने स्वेत प्रभुत्व भएकाले जता ढल्के उता प्रभाव पर्ने देखायो l

चुनाब अगि र चुनाब ताका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंपले हार्नु भनेको समय खेर फाल्नु तथा शक्ति समाप्त गर्नु भनेका थिए l पराजित हुन् चाहदैन थिए र त्यो अनुसार मैदानमा लागे र जनताले जिताए l

निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंपले गर्ने कामहरु :

आफु सम्पूर्ण अमेरिकी नागरिकको राष्ट्रपति हुनेछु’ भनि नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंपले भनेका छन् l उनीलाई आजै देखि बिश्वका उच्च गुप्तसमाचार का बारेमा बिशेष जानकारी गराइने भएको छ भने भोलि बिहिबार नोबेम्बर १० तारिख राष्ट्रपति बराक ओबामा संग व्हाइट हाउसमा भेट्ने तय भै सकेको छ l

अमेरिकाको इतिहासमा एउटा राजनैतिक दलले लामो समय सम्म शाषन गरेको देखिदैन  l र अमेरिकन जनताहरु परिवर्तन पनि चाहने रहेछन l अमेरिकी जनताले परिवर्तन चाहिरहेका वेला क्लिन्टनले पुरानै नीति र कार्यक्रम आफ्नो प्राथमिकतामा राखिन् । र, यथास्थितिवादको प्रतिनिधित्व गर्ने आरोप लाग्यो l

चुनाब हुनु केवल ११ दिन अगाडी संघीय अनुसन्धान बिभागले क्लिन्टनको बिधुतिय जांच गर्ने भनि सूचना दिए पछि हिलारीलाई ठुलो घात र यसले निकै तल पुर्यायो l उनि चुनाब हार्नुमा यो अपनी एउटा कारण बन्यो l

ट्रम्पले गैर कानुनी बसोबास गर्ने आप्रवासी ,मुसलमानलाई देश निकाला गर्ने तथा मेक्सिको सँगको सिमानामा ठुलो पर्खाल लगाउने घोषणा गरेका थिए । उनको सबै भन्दा सत्रु ओबामा केयर भन्ने बिमा ,व्यापार सम्झौता पुनर्विचार ,रुस संग राम्रो सम्बन्ध स्थापित गर्ने ,आतंक बादलाई जरो उखाल्ने काम तथा ईरानको परमाणु सम्बन्धि सम्झौता आदि पदभार सम्भालेको को भोलि पल्ट नै गर्ने पटक पटक चुनाबी मैदानमा भनेका थिए l

त्यति मात्र हैन यसको अतिरिक्त ओबामाको जन्म सम्बन्धि पनि खोज तलास गर्ने भनेका थिए र उनलाई यौन उत्पीडनको आरोप लागाउने महिलालाई अदालतमा लाने  र हिलारीलाई झ्यालखान लान्छु भन्ने समेत भनेका थिए l

image-1-3

तर उम्मेदवार हुँदा मैदानमा कुर्लिनु र निर्वाचित भए पछि विचार राख्नु आकाश जमिनको फरक हुन्छ l राष्ट्रपतिले व्यक्ति वर्ग विशेषमा अल्मलिदैनन् l विश्व हेर्नु पर्ने हुनाले सानो तिनो कुराम कदापी अल्झिदैनन l बिजयी संगै उनको हाउभाव बदलिएको छ l र बोलाईको ध्वनि परिवर्तन भएको छ l सचिब हिलारीले बधाई दिएको चर्चा गरे l

हिलारी क्लिन्टनले इतिहास रच्दै अमेरिका कि ठुलो दलकी प्रथम महिला उम्मेदवार बन्न सफल भएकी छिन् l उनले जितेको भए अमेरिकन इतिहासमा ३ वटा किर्तिमान बन्ने थियो l एकै घरका पति पत्नी ,पति बिल क्लिन्टन अमेरिकाको ४२ औ राष्ट्रपति तथा आफु हिलारी क्लिन्टन अमेरिकाको ४५ औ राष्ट्रपति हुने थिइन् त्यहाँ चुकिन l

हिलारी क्लिन्टनले चुनाब हारे पछि स्वीकृति भाषण दिदै मलाई माफ गर्नु होला मैले जित्न सकिन भनिन l उनि सन् २००८ र २०१६ मा अमेरिकाका घगदान व्यक्तिहरु ओबामा र ट्रंप संग प्रतिस्प्रद्धामा उत्रिनु पर्यो l र उनको केहि शिप लागेन l

 सन् २०१२ को राष्ट्रपतीय चुनावमा बराक ओबामाले ३ सय ३२ निर्वाचक (इलेक्टोरल) मत प्राप्त गरेका थिए भने मिट रोम्नीले २ सय ६ निर्वाचक मत प्राप्त गरेका थिए । यसै गरि सन् २००८ को राष्ट्रपतीय चुनावमा भने ओबामाले ३ सय ६५ निर्वाचक मत प्राप्त गरेका थिए भने जोन म्याकनले १ सय ७३ निर्वाचक मत प्राप्त गरेका थिए ।

image-1-1

अमेरिकी राष्ट्रपतीय चुनावको इतिहासमा पहिलो पटक महिला उम्मेदवार बनेर हिलारीले इतिहास रचेकी थिइन् । सन् १७८९ बाट अमेरिकामा सुरु भएको राष्ट्रपतिय निर्वाचनमा आवश्यक प्रतिनिधि संख्या पुरा गर्ने हिलारी पहिलो महिला हुन् ।

हिलारी राष्ट्रपतिको उम्मेदवार बनेपछि डेमोक्रटिको तर्फबाट राष्ट्रपतिको दौडमा रहेका रहेका बर्नी सान्ड्रेस बाहिरिएका थिए l

उनलाई कस्तो आरोप प्रत्यारोप लाग्यो :

उनि विदेश मन्त्रि हुँदा बेन्गाजी काण्डले उनलाई निकै आच्छु आच्छु बनायो l उनले व्यक्तिगत रुपमा बिधुतिय डाक प्रयोग गर्दा उनि बिबादमा मुछिन् l उनलाई नोवेम्बर ८ तारिख निर्वाचन हुनु केवल १० दिन अगाडी मात्र अमेरिकाको संघीय अनुसन्धान बिभागका निर्देशक जेम्स कोमेले एक पत्र जारि गर्दै बिधुतिय डाक(इमेल) मा अनुसन्धान केहि हेर्नु छ भनि काग्रेसलाई जानकारी गराए पछि उनि प्रति नकारात्मक टिका टिप्पणी उच्च रुपमा वृद्धि भएको थियो l

तर पुन निर्वाचन हुनु अगाडी अमेरिकाको संघीय अनुसन्धान बिभागका निर्देशक जेम्स कोमेले एक पत्र जारि गर्दै हिलारी क्लिन्टनको नया बिधुतिय डाक(इमेल) मा अनुसन्धान गर्दा केहि नपाईएको भन्दै उनि निर्दोस भएको ठहर गरे पछि विवाद मत्थर भयो l

विश्व भरमा हिलारी प्रति नकारात्मक असर पर्यो l त्यसले गर्दा ट्रंप रातारात नायक हुन् पुगे l उनका समर्थकले हिलारीलाई झ्याल खान हाल्नु पर्छ भन्ने चर्का नारा लगाए l रिपब्लिकनका कट्टर समर्थन गर्नेले हिलारीलाई थुन्नु पर्छ भन्ने गन्जी समेत लगाए l ट्रंपले खराब महिला तथा निर्लज्ज महिलाको नाम ले संज्ञा दिए l

उनले के के गरिन :

उनीमाथि जति सुकै नराम्रा आरोप लागेता पनि केवल चुनाब अभियानमा लागिन l मतदातामा अन्यौल छायो l कारागार नै लान्छ भन्ने दुबिधा भयो l संघीय अनुसन्धान बिभागका निर्देशक जेम्स कोमेले को निर्णयले डेमोक्रेटिक दलका सबैलाई निरास बनाई दियो l

तर दुई दिन अगाडी उक्त जांच पड्ताल बाट केहि फेला पारिएन भन्दै निर्दोष साबित गरे पछि मरेको हौशला फेरी पुनर्जीवित हुन् पुग्यो l आफ्ना नकारात्मक टिप्पणी गर्नु भन्दा बिशेष मुद्दाहरुमा समय दिईन l आत्म विश्वास तथा धैर्यता साथ अगाडी बढीन l तर पराजित भईन् l

उनलाई अन्तिम समय सम्म साथ दिने को को थियो :

राष्ट्रपति बराक ओबामा ,मिसल ओबामा ,बर्नी स्याण्डर्स ,बिल क्लिन्टन ,उप राष्ट्रपति जो बाइडन तथा अन्यले चुनाब प्रचार प्रसारमा सुरु देखि अन्त्य सम्म साथ साथ दिएका थिए l  ओबामाले अस्वेतहरुलाई र अमेरिकन जनतालाई उत्प्रेरणा गर्न कुनै कसर छोडेनन् l  मिसल ओबामाले गरेको भाषण चर्चा उपचर्चा हुन् पुग्यो l उन्ले हिलारी एक मात्र योग्य उम्मेदवार भनिन l निर्वाचित राष्ट्रपति ट्रंप को यौन काण्ड पछि ट्रंप को विचार प्रति घोर आपत्ति जनाइन l अमेरिकन जनतालाई महिला प्रति त्यस्तो धारणा राख्ने मानिस कसरी राष्ट्रपति बन्ने भन्ने प्रश्न राखिन l

हिलारीको लागि बर्नी स्यान्डर्स हिलारीको चुनाब अभियानमा जहाँ जहाँ गए त्यहाँ भूकम्प ल्याई दिए l बर्नी प्रति नतमस्तक हुदै बर्निको प्रसंसा गर्न चुकिनन l बर्निले शक्तिशाली र प्रभावशाली भाषण गर्दै लाखौ मानिस र आफ्ना अनुयायीहरुलाई हिलारीलाई मतदान गर्न खुले आम मत मागेका थिए l तर पनि हिलारीले चुनाब जित्न सकिनन् l दुर्भाग्य हुन् पुग्यो l

हिलारीलाई कलाकार र खेलाडीको साथ :

उनको समर्थनमा अमेरिकाका प्रसिद्ध कलाकारहरु बियोन्सि ,बोन  जोवी, मेडोना ,माइली साइरस ,जेनिफर लोपेज ,केटि पेरि ,लेडी गागा ,हिप हप गायक जे जी , लगायत प्रसिद्ध खेलाडीहरुले चुनाब अभियान को साथै खुलेर मत मागेका थिए l र हिलारीको लागि निशुल्क गीत प्रस्तुत गरेका थिए l स्टेप करी ,मार्क क्युबन तथा एनएफएल तथा एम बिएलका प्रसिद्ध खेलाडीले समर्थन जनाएका थिए l सबै भन्दा ठुलो सहयोग र साथ जनता ले दिए l तर हिलारी ४५ औ राष्ट्रपति बन्न बन्चित भईन् l

image-1-5

डोनाल्ड ट्रंप कसरि जिते  l

उनि राजनैतिक व्यक्ति होइन्न  l कैयौ पटक टाट पल्टेर भए पनि सफतला हासिल गरे l मुख नियन्त्रण गर्न नसक्दा पटक पटक बिबादास्पदमा परे l लिडे ढिप्पी र कसैलाई नटेर्ने स्वभाव भएको कारण उनलाई रिपब्लिकन दलको पुरा समर्थन थिएन l एक्लै हिडेका थिए l

महिला प्रति राम्रो अभिव्यक्ति नदिएको कारण महिला उनका विपक्षमा उभिएका थिए l महिला सम्बन्धि काण्ड भएको कारण  रिपब्लिकनका बिशेष महत्वपूर्ण व्यक्तिहरुले उनलाई छाडेका थिए l

उनको चुनावी अभियानमा उनलाई केहि सिमित व्यक्तिहरु ले मात्र साथ दिएका थिए भने एक्लो बृहस्पति बनेकाले उनि एकल रुपमा चुनाब अभियानमा लागेका थिए l तर उनि संग भिड साथ लाग्दै गयो l

जे कुरालाई पनि आफुले ठिक गर्ने र व्यवस्थापन गर्ने भनि घोषणा गर्दथे l म एक्लै काफी छु भन्दै रिपब्लिकन दल ले समर्थन नगरे पनि म एकली लड्छु भनि मैदानमा उत्रेका थिए l हुल जुटाउन सफल भए l

संघीय अनुसन्धान बिभागका निर्देशक जेम्स कोमेले हिलारी क्लिन्टनको बिधुतिय डाक मा जाच पड्ताल गर्दा खेरि स्याबासी दिदै प्रसंसा गरेका भने हिलारी निर्दोस भन्दै कुनै अपराधिक मुद्धा नचलाउने भने पछि पद्दति नै भ्रस्ट तथा खराब भनि आरोप पनि लगाए l संघीय अनुसन्धान बिभागकलाई पनि खराब भन्न चुकेनन l

आफुले चुनाब जिते भने स्वीकार गर्ने हिलारीले चुनाब जिते अस्विकार गर्ने भनेका थिए l यस्तो अभिव्यक्ति कुनै पनि अमेरिकन इतिहासमा कुनै पनि राष्ट्रपतिको उम्मेदवारले भन्ने साहस गर्दैनन् l तर उनले साहस गरे र चुनाब जिते l किनकी उनलाई जनताले साथ दिए l

राजनीतिज्ञहरु मुर्खहरु हुन् भनेका थिए l  स्वभावको कारण धेरै ठाउँमा चिप्लिएका थिए l मेक्सिकनहरुलाई बलात्कारी हुन् भन्ने पनि आरोप मन्तब्यमा राखेका थिए l

८ बर्ष सम्म डेमोक्रेटिकले दलले  शासन गरेको हुनाले अमेरिकन जनताले रिपब्लिकन आओस भन्ने पनि चाहना राखी डोनाल्ड ट्रंपलाई मतदान गरे l

बलेको आगो यसरी ताप्न थाले :

ट्रंप ४५ औ राष्ट्रपतिमा निर्वाचित भए पछि चुनाब अभियान भरि असहयोग गर्ने अमेरिकी प्रतिनिधि सभाका सभामुख पौल रायनले नव  निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंपले रिपब्लिकन दललाई एकता र यो अवस्थामा ल्याएकोमा प्रसंसा गर्न चुकेनन l अन्य रिपब्लिकनका हस्तिहरुले पनि उनि संग सम्पर्क बढाउन थालेका छन्

चुनाब भन्दा केहि अगाडी गरिएको एक सर्वेक्षण अनुसार करिब ७० प्रतिसत जनताले रिपब्लिकन दल विभाजित छ भनि मतदान गरेका थिए भने करिब ७५ प्रतिसत जनताले डेमोक्रेटिक दल मा एकता छ भनि मतदान गरेका थिए l तर नव निर्वाचित राष्ट्रपतिले रिपब्लिकन दललाई जोड्न मदत पुर्याएको यस मतदान र परिणाम बाट छर्लंग भएको छ l

image-1-2

ज्योतिस शास्त्र पनि विफल :

अमेरिकी राष्ट्रपति निर्वाचनको पुर्व सन्ध्यामा हिलारीको विजय सुनिश्चित छ, वहाँका पक्ष्यधरहरु ढुक्क भएर जितको खुसियाली मनाउन तयार भए हुन्छ भनेका थिए l

हिलारी क्लिन्टनको कुण्डलीमा पंचमाहापुरुष मध्ये चार योग परेका छन् अनि सुर्य र अन्तिम समय भएको धान्याको योगले उनको विजय निश्चित छ भनि दाबि गरेका थिए l उनीमा सफल राजनीतिज्ञमा हुनु पर्ने सबै गुणहरु रहेका छन् | ग्रहको स्थिति यति बलियो छ कि सबै वाधा व्यवधानबाट उनी पार हुने छिन भनिएको थियो l

यसको विपरित देखिन्छ ट्रंपको कुण्डली ,सुख र कर्मस्थानमा रहेका छाया गृहहरुको कारणले उनको सुखमा वाधा अनि कर्मपनि नाश हुदै जाने स्थिति छ भनि लेखेका थिए l तर ज्योतिस शास्त्र पनि चुक्यो l

hilari-rekha

जनता ले साथ दिए पछि कसैको केहि शिप लाग्दैन l आखिर डोनाल्ड ट्रंपले बाजी मारे l अमेरिकाको ४५ औ राष्ट्रपतिमा निर्वाचित भए l दुवै सदनमा रिपब्लिकनको बहुमत देखिएको अवस्था छ l सर्बोच्च अदालतको एउटा न्यायाधीशमा निर्वाचित राष्ट्रपतिले गर्ने छन् l  उनले त्यस पछि  सपथ ग्रहण गर्न साथ प्राथमिकतामा परेका र उठाएका बिषयलाई पारित समेत गर्न सक्ने छन lराष्ट्रपतिको बिसेष अधिकार (भिटो ) प्रयोग समेत गर्न सक्ने छन् l

नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंप को कार्यकाल सफल रहोस ,शुभकामना !

 

प्रतिक्रिया