ट्रंप भन्छन म रास्ट्रपति भएको भोलि पल्ट नै ओबामा कियरलाई हटाएर जनतालाई सहज बिमा

इनेप्लिज २०७३ कार्तिक २२ गते २१:१६ मा प्रकाशित

dev khanal

रिपब्लिक पार्टीको अन्तरिक प्रतिस्प्रधामा एकाएक,धनाड्य ब्यापारी डोनाल्ड ट्रंप चर्चामा आए सबै पुराना नेतालाई उछिन्दै पार्टीको तर्फ़बाट उम्मेदवारको बिजय माला लगाएर पार्टीमा निकै ठुलो हलचल मचाए !

वासिंटनको साचो कसको हातमा भन्ने कुरामा अझै सम्म प्रस्ट छैन ! मिडियाहरु हिल्लारिको पोल्टोमा हुदाहुदै पनि यो हत्प्ता पोल्टो बाट झर्न बाद्य भएका छन्  कारण ट्रंप ! मध्यम बर्गीय समाज लाई भारी मात्रामा कर छुट , कर दरलाई कम गर्दै पलायन हुनलागेका उद्योग, व्यापारलाई कर छुट गरेर भए पनि स्वदेशमा रहने बाताबरण सिर्जना गर्ने , सोसियल सेकुरिटी माद्यम परिबारको जिउने साहारा भएको हुदा यसलाई अझै मजबुत पर्ने हालको उमेरको हद लाई कायम राख्ने र वर्तमान सरकार बाट लागु भएको ओबामा कियर इन्सुरेस बडी महगो भएको र हाल बजारमा इन्सुरेसको प्रिमियम एका एका बढेको हुदा अमेरिकन जनता नया नेताको खोजीमा लागेका छन् ! दिन भरी, बर्षभरी कम गर्यो सरकारलाई कर तिर्दा हात लग्यो सुन्यको अवस्था छ  !

ट्रंपको उम्मेदवारी दिने कर्ममा नै भनेका छन् म अमेरिकाको रास्ट्रपति भएको भोलि पल्ट नै ओबामा कियर लाई हटाएर  जनतालाई सहज बिमा नीति लागु गर्ने  भन्ने प्रण गरेका छन् ! उनको हरेक भाषणमा डेमोक्रेटिकका उम्मेदवार र वर्तमान ओबामामा सरकारलाई लाई धज्जी उदैदै गर्दा जनता आज ट्रंपका पछि लागि सकेका छन् !

जनता परिबर्तनको पक्षमा छन् यो सत्य हो !डेमोक्रेटिकका उम्मेदवार लामो समय सम्म सरकारमा बसेता पनि उनिले देश र जनता प्रति उदासीनता देखाएको छ भने आफनो पदीय दाहित्व मर्यादा बाट थोरै मात्रामा चुकी सकेको अवस्था बाट जनता हिलारी बाट टाडा हुदै गरेको अवस्था छ हेरौ जनताको जनमत कता छ ! जनता एका पटक फेरि पुरानो अवस्थामा फर्किन खोज्दै गरेको कुरा मिडियामा सर्बत चर्चाको सिखरमा पुगेको छ !

प्रतिक्रिया