नेजाद्वारा शोक व्यक्त

इनेप्लिज २०७३ कार्तिक २२ गते ७:५८ मा प्रकाशित

मिति २०१६ नोभेम्बर ६
नेजाद्वारा शोक व्यक्त

नेपाली सञ्चारफाटका प्रतिभावान पत्रकार सञ्जय न्यौपानेको अल्पआयू मै शनिवार भएको निधनले देश भित्र र वाहिर रहेका संपुर्ण संचारकर्मीहरु अहिले मर्माहत र स्तब्ध भएका छौ । असामहिक निधनले निम्त्याएको असीम पिडाको यो घडीमा परिवारजन र आफन्तहरु प्रति नेपाल अमेरिका पत्रकार संघ (नेजा) समवेदना ब्यक्त गर्दछ । उहाँको निधनले समग्र पत्रकारिता क्षेत्रले एक
सच्चा र इमान्दार पत्रकार गुमाएको छ । न्यौपानेको निधन आर्थिक पत्रकारिताका लागि अझ अपुरणिय क्षति हो । नेपाल अमेरिका पत्रकार संघ (नेजा) शोक व्यक्त गर्दछ ।
उपचारकाक्रममा रहेका न्यौपानेको सहयोगका लागि नेजाले समिति नै गठन गरेर काम गरिरहेको अवगत नै छ । संकलित रकम न्यौपानेका छोरा छोरीको शिक्षाका लागि काठमाडौंको कुनै एक वाणिज्य बैंकमा खाता खोलेर राख्ने गरि नेजाले नेपाल पत्रकार महासंघलाई हस्तान्तरण गर्ने निर्णय पनि गरेको छ । बैंक खाता छोरा, छोरीको नाममा हुनेछ भने न्यौपानेका श्रीमती संरक्षक रहनुहुनेछ

तोया दाहाल
महासचिव,नेपाल अमेरिका पत्रकार संघ (नेजा)

प्रतिक्रिया