अब मधेसी जनता चुप लागेर बस्दैनन्ः उपेन्द्र यादव

इनेप्लिज २०७३ कार्तिक २० गते ११:१० मा प्रकाशित

nepali-football-team-malaysiya

पथरी (मोरङ), २० कात्तिक । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्न सात पटकसम्म समय तोकिसक्दा समेत प्रमुख दल गम्भीर नभएको आरोप लगाउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै अध्यक्ष यादवले भन्नुभयो “तत्काल समस्याको निकास नखोजिए मधेसी जनता फेरि चुप लागेर बस्दैनन् ।” सञ्चारकर्मीको अर्काे प्रश्नमा उहाँले संविधान संशोधन गर्ने बारेमा पहल नै नगरी स्थानीय निकाय पुनःसंरचना र स्थानीय निकाय निर्वाचनको कुनै तुक नहुने बताउनुभयो ।

‘ठोस प्रस्ताव छैन’

मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले मधेसी मोर्चाले उठाएका मागका विषयमा ठोस प्रस्ताव आउन नसक्दा सहमतिको वातावरण बन्न नसकेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष गच्छदारले सीमाङ्कनदेखि मोर्चाले उठाएका विषयका बारेमा छलफल भए पनि ठोस प्रस्ताव आउन नसक्दा सहमतिको वातावरण बन्न नसकेको बताउनुभयो ।

एमाले, काँग्रेस र माओवादीबीचमा सहमतिको वातावरण बनेर अघि बढ्ने हो भने संविधान संशोधन र अन्य विषयले छिट्टै पूर्णता पाउने जिकिर उहाँले गर्नुभयो । नेता गच्छदारले १६ बुँदे सहमतिका जगबाट उठाइएको आठ प्रदेशका पक्षमा आफू रहेको उहाँको भनाइ छ ।

यसैगरी नेकपा(माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेलले दलहरु आफू दह्रंो रुपमा प्रस्तुत हुने हो भने बाह्य चिन्ता र चासो हटेर जाने बताउनुभयो ।

पत्रकारसँगको भेटमा नेता पोखरेलले ऐनकानुनलाई आफ्नो हातमा लिन खोजेकोले अदुअआ प्रमुखमाथि महाभियोग लगाउन खोजिएको बताउनुभयो । रासस

 

प्रतिक्रिया