मानिस मरणशील प्राणी हो भन्ने थाहा नहुन्जेल सम्म मानिस कालजयी हुन् चाहन्छन l कोहि पनि मर्न चाहदैन तर मृत्यु क्रूर सत्य हो l साधारण रुपमा मानिस मरणशील प्राणी हो भनिन्छ तर त्यति सजिलो हुन्न मृत्युलाई स्वीकार्न गर्न l अमेरिकामा सबै भन्दा ज्यादा लामो औसत आयु भएको ३ राज्यहरुमा हवाई,मिनेसोटा तथा कनेक्टिकट राज्यहरु रहेका छन् l उक्त राज्यहरुमा मानिसहरु औसत आयु ८१ दसमलब ३ ,८१ दसमलब १ तथा ८० दसमलब ८ रहेको छ भने अमेरिकाको राजधानी डीसी ४३ औ स्थानमा पर्दछ l
यसै गरि विश्वमा सन् २०१५ को तथ्याङ्क अनुसार मोनाको देशमा औसत आयु ८९ दसमलब ५२ रहेको छ भने दोश्रो स्थानमा जापान ८४ दसमलब ७४ तथा तृतीय हुन् सफल राष्ट्र सिंगापुर ८४ दसमलब ६८ रहेको देखाएको छ l नेपालीहरुको औसत आयु ६९ दसमलब २ देखाएको छ l
स्वास्थ्य ,पोषण तथा चिकित्सा पद्धतिको कारण औसत आयु लम्बिने हुन्छ l खोप तथा प्रतिजैविक (एन्टी बायोटिक )लगाएको या खाएको कारण बाल मृत्यु दर कम भै मानिस दिर्घजिवी जिउन सकिने आधार बनेको देखाएको छ l
आश्चर्य को कुरा के भने रोमन साम्राज्यमा रोमनको लगभग औसत आयु २२ देखि २५ बर्ष मात्र हुने गर्थ्यो l सन् १९०० सम्म पनि मानिसको औसत आयू लगभग ३० बर्ष मात्र तथ्यांकले देखाएको छ l १९८५ मा मानिसको सरदार औसत आयु ६२ बर्ष थियो l
दिर्घजिवी हुने मुख्य तीन कारणहरुमा खाध्य आपुर्ति तथा पोषण ,स्वास्थ्य तथा शरीरको सर सफाई रहेको अनुसन्धानले देखाएको छ l अन्य कुराहरु रहेता पनि यी तीन चिजलाई ध्यान दिन सक्यो भने औसत आयु वृद्धि हुने छ l
सन् २०१२ को तथांक अनुसार अमेरिकामा औसत आयु ७८ दसमलब ८ रहेको छ जुन उच्च अभिलेख हो l र ,सन् २०११ भन्दा शुन्य दसमलब १ प्रतिसत बढ्न गएको छ l पुरुष भन्दा महिलाको औसत आयु वृद्धि हुन् गएको छ l महिलाहरु सरदर ८१ दसमलब २ बर्ष बाच्ने देखाएको छ भने उनीहरुको तुलनामा पुरुष केवल ७६ दसमलब ४ प्रतिसत रहेको देखाएको छ l
अमेरिकामा केहि बर्ष यता हृदय सम्बन्धि रोग ,अबुर्द रोग (क्यान्सर ) तथा हृदयघात आदिमा कमि आएको कारण औसत आयु वृद्धि हुन् पुगेको छ l अमेरिकाको जन घनत्वको वृद्धि संगै स्वास्थ्यमा पनि त्यति नै वृद्धि भएको तथ्य छ भने मुटु तथा अबुर्द रोग को कारण झन्डै ४६ दसमलब ५ प्रतिसत को मृत्यु हुने गरेकोमा सन् १९९९ देखि घटेको छ l
अमेरिकामा १० वटा मृत्यु हुने कारणहरुमा मुटु ,अबुर्द ,स्वास प्रस्वास ,हृदयघात ,चोटपटक ,अलजेमर्स ,मधुमेय ,निमोनिया ,मृगौला आदि ईत्यादी रहेको देखाएको छ l यस्ता रोगका कारण मात्र ७३ दसमलब ८ प्रतिसत मानिसको मृत्यु हुने गरेको कारण पत्ता लगाएको छ l
यसै गरि बाल मृत्यु दर सन् २०११ देखि सन् २०१२ सम्म १ दसमलब ५ प्रतिसत घटेको छ l अमेरिकामा अफ्रिकन अमेरिकन पुरुषहरुको सरदर मृत्यु दर उच्च छ भने अमेरिकन स्वेत महिला भन्दा अफ्रिकन अमेरिकन महिलाहरुको सरदर मृत्यु दर ज्यादा देखाएको छ l अमेरिकामा रहेका अन्य प्रजातीहरु भन्दा अमेरिकी मूल प्रजातीलाई अधिकतम मुटु रोग हुने गरेको तथांकले देखाएको छ l
नेपालीहरुको आगमन संगै यहीको रहन सहन ,खानपिनमा ध्यान ,स्वास्थ्यमा सचेतना र वातावरणको कारण अन्य देशका नागरिक झैँ नेपाली मुलका मानिसहरुको औसत आयु निश्चित रुपमा नबढ्ने भन्ने प्रश्न नै छैन l बार्षिक रुपमा अनिवार्य रुपमा चिकित्सक संग परामर्श गर्नु पर्ने ,ब्यायाम र कसरतमा समेत नेपाली समुदाय को ध्यान गएको हुँदा औसत आयु ६९ दसमलब २ बाट बढेर अमेरिकनहरुको जस्तै ७८ दसमलब ८ सम्म कसरि नरहला त ?
अमेरिकामा रहेका नेपालीहरुको औसत आयु कसो न बढ्ला त ? नत्र ३० बर्षे थाप्लोमा परेको घरको किस्ता बन्दि कस्ले फच्चे गर्छ ? मामा या ससुरालीले ? औसत आयु नबढाई सुख पाईएला त ? ३० बर्षे साहुको ऋण तिर्न पनि अमेरिकन जस्तै औसत आयु बढाउन तर्फ लाग्नु उत्तम ! आफु त लागियो l
प्रतिक्रिया