पैसा उठाउने जुवाको अड्डा हैन देश बनाउने संस्था चाहियो ?

इनेप्लिज २०७३ असोज १९ गते १०:४५ मा प्रकाशित

ujjwal-5-800x600

राजनीति यहि हो ,चाहे अमेरिकामा बसेर खेल नेपालमा बसेर पासा फ्याक्दा एक्का देखि छक्का सम्मको गोटी हुन्छ l झुक्केर राजनीति नजान्नेको हातमा एक्काको कुर्सि पर्न सक्छ l त्यति खेर छक्काहरुको हालत के हुन्छ भन्न सकिन्न ?

त्यसैले कुर्सि प्राप्त भएको बेला देश बनाउनुस l अमेरिकामा नि पैसोको लागी धेरै संस्था र पार्टी उम्रिराखेको देख्छु l कसैले कसैलाई सहायता गरेको देख्दिन l खाली पदमा बसेर पत्रिकामा नाम निकालेको देख्छु l आफ्नै जात अनि चाप्लुसी गर्नेलाई पार्टीमा पसiलेको देख्छु l

पैसा उठाएर बेंकको को खातामा पैसा थुपारेको देख्छु l समाज सेवा को कुरा गर्नु हुन्छ भने मैले देशको एक पैसा हिनाबिना नगरिकन कुनै संघ संस्था संग एउटा सानो सहयोग नलिकन २२ वोटा खेल खेलेर १२ वोटा स्वर्ण जिते I म नि खेलाडी हो ,सहयोग त मलाई पनि चाहिन्छ I तर देश को लागि मैले आफैले ट्याक्सी चलाएर खेलाडी बन्न सक्ने ?तपाईहरु समाज सेवाको नाममा पैसा उठाएर पैसा चपाउने काम बाहेक केहि नगर्ने ?

देश बनाउने कुरा चाही एकातिर पासको कुम्लो बैंक तिर l हद भो अब यसपाली सात प्रान्तमा पदक हैन नेपाल र नेपालीको हित को लागि सेतो घरमा धर्ना कसिन्छ I

५०१ सी भनेको के हो ? अमेरिकामा पैसा उठाउनेहरुले नेपाल किन बनाउदैनन् ? यो लेख लाई भ्रस्टचरीले नसुन्ला तर अङ्कल श्यामले चस्मा लगाएर हेर्ने छ I एक सोझो साझालाई चलाएको भए हुन्थ्यो देशको सात वोटा प्रान्तमा संघर्स गर्ने खेलाडीलाई जिस्क्यायो तिमीहरुले ? २२ वोटा फाइट खेलेर एक सानो सहायो मागेको थिएन l १२ वोटा स्वोर्ण हात पर्दा नि एउटा पानीको बोत्तल दिने अiवाज नआउने संघ संस्थाले नेपालको बिकाश कसरी गर्छ ?

दुइवटा मिर्गौला फेल भएर बसेको नेपालीलाई सहायताको मांग गर्दा यि संस्थाहरुबाट केहि सहयोग हुदैन भने यि संस्थाहरु अमेरिकामा के काम ? पैसा हामिहरुसंग उठाउने अनि नेपालमा तिमीहरुको संस्था ले सहयोग गरेको भन्ने ?

अमेरिकाको संस्थाले अमेरिकामा मर्नलागेको व्यक्ति माथि सहयोग गर्दैन भने नेपाल मा कसरी सहयोग गर्छ ? यो कुरा गम्भीर रुपले ध्यान जावोस ति प्रतेक डोनरहरुलाई l बन्द गर पैसा उठाएर आफ्नो नाम बनाउने काम I त्यो दुइवटा मिर्गौला खत्तम भएर बसेको नेपाली भाइलाई ध्यान आकर्षण जावोस l

जो सुकै संस्था खोल्ने संस्थापक होस् या अध्यक्ष म सबै भन्दा जान्दछु भन्ने हुन्छ बास्तव मा त्यसले केहि जानेको हुन्दैन I एक सफल संस्थापाक त्यो हो जसले स साना कुरा को कार्य सहि रुपमा गर्छ I यो लेखलाई संस्थापकहरुबाट गम्भीर रुपमा ध्यान आकर्षण जावोस I पैसा उठाउने जुवा अड्डाको संस्था हैन देश बनाउने समाज सेवाको संस्था बनाउनु होला l

नत्र अब त्यो दिन धेरै लामो छैन अमेरिकामा डाक्टर के सी हैन उज्ज्वल ठकुरीले सेतो घरको अगाडी संस्थाहरुको भ्रस्टचारको विरुद्ध धर्ना कस्ने छ l

सबै मिलेर देश बनाउ, अमेरिका बसेको नेपालीको समस्यालाई सुल्झाऊ ” जय देश , जय मातृभूमि “

प्रतिक्रिया