इक्वालिटी फाउण्डेशनले नेपालका सरकारी विध्यालयहरुको क्षमता विकास र आधुनिकीकरण गरिने विस्तृत कार्य योजना सार्वजनिक गर्ने भएको छ। कार्यक्रमको बारेमा सहभागी भइदिनुहुन ईच्छुक सबैमा फाउण्डेशन हार्दिक निमन् त्रणा गर्दछ। कार्यक्रममा नेपालका सरकारी माध्यमिक विध्यालयहरुमा कम्प्युटर, ईन्टरनेट र सुचना प्रविधीको पहुँच पुर्याई आधुनिकीकरण गर्ने अभियानमुखी कार्यक्रमको विस्तृत कार्ययोजना प्रस्तुती गरिने भएको छ। यस कार्यक्रममा स्थानीय अमेरिकी नेताहरुको पनि सहभागिता रहनेछ। निम्म मिति समय र स्थानमा हुने यस विशेष कार्यक्रममा सहभागी बन्न यसक्षेत्रका सबै नेपाली दाजुभाई दिदीबहिनीहरुमा ईक्वालिटी फाउण्डेशनको तर्फबाट हार्दिक अपिल गरिएको छ। Date: October 2nd, Sunday हाम्रो सामुहिक अनुरोध/अपिल आफ्ना गाउँघरका आफुले पढेका विध्यालयहरुमा कम्पुटर, इन्टरनेट र सुचना प्रविधीको पहुँच पुर्याउने तथा बिद्यालयहरुको क्षमता विस्तार गरी तिनको गुणस्तरमा आमुल परिवर्तन ल्याउने ईक्वालिटी फाउण्डेशनको यस अभियानमा सरिक भईदिनुहुन सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुमा हामी हार्दिक अनुरोध गर्दछौ। भवदीय प्रेमराजा महत 410-916-4234 कमल भुषाल 703-597-2786 आरके धमला 571-296-1254 |
प्रतिक्रिया