उत्तर क्यालिफोर्नियामा आफ्नै सामुदायिक भवन वनाउन भागवत पुराण-धार्मिक अनुष्ठानका साथ यहि अक्टोवर २ तारिख देखि शुरू गरि अक्टोवर १० सम्म गरिने भएको छ । हाम्रो आफ्नै सामुदायिक भबन , अहिले नवनाए कहिले वनाउने,हामीले नगरे कसले गर्ने भन्ने नाराको साथ
बे एरियामा लामो समय देखि बसोबास गर्दै आउनुभएका अग्रज र समाजसेवीहरूको सपना, योजना र प्रयासलाई उत्साही कर्मठ युबा युवतीहरुको सहयोग र समर्थन तथा साथका कारणले यो परियोजना करिब अन्तिम चरणमा पुग्दैछ । उक्त परियोजनालाई मुर्त रुप दिन ठूलो धनराशीको आबस्यक्ता परेकोले हरेक तह, तप्काका साथै संघ र संगठनले श्रोत परिचालन गरेर उक्त धनराशीको जोहो गर्ने अभियानमा जुटेका छन् ।
यही अभियान अन्तर्गत नेपाली कम्युनिटी सेण्टरको सहयोगार्थ विजया दशमी २०७३ को पावन अवसरमा अक्टोबर १ शनिबार देखि १० अक्टोबर सम्म एनसिसी द्वारा आयोजित घटस्थापना र दुर्गा पूजा गरि श्रीमद देवीभागवत महापुराण महायज्ञको प्रारम्भ भएको छ । व्यासाचार्य प्राध्यापक चूडामणि शास्त्री ज्यूबाट मीठो कथा प्रवचन एवं प्राध्यापक श्री धर्मराज कोइराला ज्यूबाट रसयुक्त पाठ पारायण हुनेछ । साथै वे एरियाका उत्कृष्ट कलाकारहरु द्वारा भव्य भजन कीर्तन हुने भएकोले यस क्षेत्रकामात्र नभई सम्पूर्ण अमेरिकावासी नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई तन मन धनले सहयोग गर्दै महायज्ञ सफल पार्न एनसिसी परिवार हार्दिक अनुरोध गर्दछ ।
स्थान — 3596 ponderosa trail, pinole CA 94564
आयोजक:
प्रस्तावित सामुदायिक भवन तयारी समिति
अनुष्ठान स्थान :
3596 Ponderosa trail
Pinole, CA 94564
Date: 10/01/2016 जमरा राख्ने र पुजा अर्चना।
Date: 10/02/16 to 10/10/2016 : देबी भागवत पुराण बाचन
Time : 10 AM to 7 PM
पुराणका अबसरमा पाल्नु भएका श्रद्धालु भक्तजनहरुलाई सामन्य चिया चमेनाको पनि ब्यबस्था गरिने छ ।
प्रतिक्रिया