प्रोफेसर रामेश्वर भन्डारी नेपाल सरकारबाट साउदर्न क्यालिफोर्निया क्षेत्रका लागि पर्यटन दुत नियुक्त

इनेप्लिज २०७३ असोज १५ गते ११:०६ मा प्रकाशित

rameshor-bhandari

नेपाल सरकार, नेपाल पर्यटन बोर्डले ग्रेटर लस एन्जलस क्षेत्रका सकृय सामाजिक अभियान्ता प्रोफेसर रामेश्वर भन्डारीलाई साउदर्न क्यालिफोर्निया क्षेत्रका लागि पर्यटन दुत नियुक्त गरेको छ । नेपाली समुदायको बढ्दो आकर्षण क्यालिफोर्निया र विश्वको ब्यापारिक मुटु लस एन्जलस क्षेत्रमा नेपाली धर्म, संस्क्रिती, परम्परा र पर्यटन बिकासका लागि सहयोग पुग्ने अपेक्षाले नेपाल सरकारको तर्फबाट प्रोफेसर भन्डारीलाई पर्यटन दुत नियुक्त गरिएको कुरा नेपाल पर्यटन बोर्डले जनाएको छ ।

नेपालको पर्यटन बिकासमा प्रखर पत्रकार र प्रोफेसर भन्डारीको नियुक्तिले नेपालको पर्यटन क्षेत्रमा सकरात्मक आश जागेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

नवनियुक्त पर्यटन दुत भन्डारी क्यालिफोर्निया विश्वविद्धालय, लस एन्जलसबाट अंग्रेजी बिषयमा स्नातकोत्तर हुनुहुन्छ । हाल क्यालिफोर्निया विश्वविद्धालय लस एन्जलस र लस एन्जलस कम्युनिटी कालेज डिस्ट्रिक्ट अन्तर्गतको दुई कलेजमा अध्यापनरत हुनुहुन्छ । नेपालमा त्रिभुवन विश्वविद्धालयमा अंग्रेजी बिषयका प्राद्धापक भन्डारी बिगत सात बर्ष देखी लस एन्जलस क्षेत्रमा नेपाली समुदायमा सकृय हुनुहुन्छ ।

पत्रकारिता बिषयको बि ए तहका ब्याज टपर भन्डारी नेपालमा द हिमालयन टाईम्स र स्पेस्टाईम टुडे अंग्रेजी दैनिक अखवारहरुमा सह-सम्पादक हुनुहुन्थ्यो । हाल अंग्रेजी शिक्षकहरुको अन्तरराष्ट्रिय संगठनका सदस्य भन्डारी लस एन्जलस क्षेत्रमा विभिन्न अखवार र सामुदायिक संस्थामा संलग्न हुनुहुन्छ ।

प्रवासी नेपाली समुदायिक ईतिहासको एउटा नमुना श्रीपशुपतिनाथ फाउन्डेशनका वर्तमान सचिव नव-नियुक्त पर्यटन दुत भन्डारी आफ्नो निष्कलंकित छवी, प्रश्ट वाक-शैली र फाउण्डेशन मार्फत अनवरत सामुदायिक सेवाका कारण छोटो समयमै नेपाली समुदाय विच चर्चित हुनुहुन्छ । रुंपैया- पैसा वा धन भन्दा निर्मल मनले निरन्तर आफुसक्दो गरिने सामुदायिक सेवा नै आफ्नो धर्म सम्झने भन्डारी श्री पशुपतिनाथ फाउन्डेशन प्रवेश पश्चात सो संस्थाका हरेक गतिविधीहरुको पारदर्शिता र निरन्तर रुपमा गरिएको यथार्थ सम्प्रेषणका कारणले पनि छोटो समयमै चर्चित हुनुहुन्छ ।

मेन्स्ट्रिम पत्रकारिताका प्रखर पत्रकार, अंग्रेजी बिषयका बिद्धार्थी हुंदै वर्तमानमा सोही बिषयका प्राद्धापन पेशा, निरन्तर निस्वार्थ सामाजिक सेवाको संलग्नता र ब्यापार, चलचित्र र मनोरन्जनको मायावी शहर लस एन्जलस क्षेत्रबाट सम्पुर्ण तर्फबाट निपूर्ण ब्यक्तित्वको मनोनयनले नेपाल सरकार र नेपाल पर्यटन बोर्डप्रति साउदर्न क्यालिफोर्निया र ग्रेटर लस एन्जलस क्षेत्रको गौरवका रुपमा नव-नियुक्त पर्यटन दुत भन्डारीलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना !

प्रतिक्रिया