अमेरिकामा पुरुष सरह प्रमुख कार्यकारी अधिकारी हुन् महिलालाई झन्डै पचास बर्ष लाग्ने ?

इनेप्लिज २०७३ असोज १५ गते ०:५८ मा प्रकाशित

img_4165

संयुक्त राष्ट्र सङ्घले महिला विकासलाई मानव विकासको आधार स्तम्भका रूपमा व्यख्या गरेको छ । महिला र पुरुष लिङगको आधारमा फरक भएता पनि महिला र पुरुष समान् हुन् ,यस्मा दुई मत छैन l र ,बहसको बिषय नै हैन l

सन् १८५७ को मार्च ८ मा अमेरिकाको न्यूयोर्कमा पुरुष सरह समान ज्यालादर र कार्यस्थलमा काम गर्ने उन्नत वातावरणको माग गर्दै महिलाहरूले आफ्ना अधिकार राज्यद्वारा सम्बोधन गराउन प्रदर्शन गरे ।

आफ्ना अधिकार प्रति सचेत महिलाहरूले ५१ वर्षपछि सन् १९०८ मार्च ८ मा सन् १८५७ को आन्दोलनप्रति समर्थन गर्दै न्यूयोर्कमा पुनः श्रमिक महिलाद्वारा प्रदर्शन भयो । महिला श्रमिक माथिको विभेद विरुद्ध छेडिएको सो आन्दोलन माथि फेरि प्रहरीले व्यापक दमन गर्यो l

महिला र पुरुष समान हुन् ,बराबरी हुन ,बिभेद गर्न हुन्न भनि आफ्नो अधिकारको लागि गरिएको निरन्तर संघर्ष पछि अमेरिकामा महिलाको अवस्था पुरुष सरह हुन् पुगेको छ l अधिकार दिइदैन भने खोसेर लिनु पर्छ भन्ने चर्का नारा यत्र तत्र गुन्जायमान भएका छन् l यो संघर्ष निरन्तर चलि रहेको छ l

महिला र पुरुष समान मानिएको विश्व कै प्रजातान्त्रिक देश अमेरिकामा महिलाले धेरै अगाडी कदम चाल्नु पर्ने छ l र धेरै संघर्ष गरि रहेको अवस्था भएता पनि अधिकांश महिला पुरुषको दाजोमा पुग्न सकेका छैनन् l

सन् २०१६ मा प्रमुख कार्यकारी अधिकारी पदमा पुगी अमेरिकामा महिलाले किर्तिमान कायम गर्न सफल भएका छन् l तर किर्तिमान कायम गरेता पनि जुन संख्या पुरुषको दाजोमा केवल ५ प्रतिसत मात्र रहेको छ l यस्ले के देखाउछ भने महिलाले यस्ता पदमा पुग्न धेरै कडा मेहनत गर्नु पर्ने देखिएको छ l

अमेरिकाको इतिहासमा यस्तो तथांक राख्ने एस एण्ड पी ग्लोबल मार्केटिंग इन्टेली जेंट्सले गरेको सर्वेक्षण अनुसार २०१६ मा २७ वटा महिलाहरु प्रमुख कार्यकारी अधिकारी पुग्न सफल भएको जनाएको छ l

जुन २२ प्रतिसतले वृद्धि हो भने गत बर्ष २०१५ मा केवल २२ जना महिला कार्यालयको प्रमुख कार्यकारी अधिकारी बन्ने मौका पाएका थिए l लैंगिक खाडल अमेरिका र युरोपमा पनि निकै भएको जनाउदै औसत रुपमा वृद्धि भएता पनि निकै कम भएको देखाएको छ l

जुन स्थानमा पुरुषहरुले प्रभुत्व जमाएका थिए त्यस्ता स्थानमा समेत महिलाहरुले कब्जा गर्न थालेका छन् l महिलाहरु पहिला पहिला एउटा निश्चित क्षेत्रमा हात हाल्थे भने अहिले महिलाहरु सबै क्षेत्रमा दबदबा हुन् थालेको तथांक प्रस्तुत गरेको छ l

स्याण्डबर्गले यसै हप्ता एक प्रतिबेदन विमोचित गर्दै अमेरिकामा अझ कार्यस्थलमा लैंगिक समानता हुन् दशकौ लाग्ने बताएको छ l अमेरिकामा प्रत्येक बर्ष पाँच जना महिला प्रमुख कार्यकारी अधिकारी निरन्तर रुपमा भै रहेको बताएको छ l यहि क्रम भै रह्यो भने झन्डै ५० बर्षमा लैंगिक बराबरी हुने बताएको छ l

प्रतिक्रिया