ज्येष्ठ नागरिक सम्मानित

इनेप्लिज २०७३ कार्तिक १३ गते ७:१९ मा प्रकाशित

काठमाडौँ, १३ कात्तिक । नेकपा (एमाले) काठमाडौँ महानगरपालिका–३२ वडा पार्टी कमिटीले २५ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

यहाँ आज आयोजित ज्येष्ठ नागरिक सम्मान, शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले कामपा ३२ का ९० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभयो ।

सम्मानित हुनेमा पूर्णकुमारी श्रेष्ठ, रामबहादुर श्रेष्ठ, भीमबहादुर श्रेष्ठ, लक्ष्मी रेग्मी, तिलकबहादुर विष्ट, चन्द्रकिशोर राजभण्डारी, भोजराज गौतम, अस्तमाया महर्जन, सरला पाण्डे, बुधमाया नेपाली, इन्द्रबहादुर बोगटी, केशवबहादुर श्रेष्ठ, गङ्गा दाहाल, योगमाया कार्की र नैनकुमारी घिमिरेलगायत हुनुहुन्छ ।

नेता नेम्वाङले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा सुरू भएको ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ताले निरन्तरता पाउनु र समयअनुसार त्यसको रकम वृद्धि हुनु ज्येष्ठ नागरिकका लागि सम्मान हो भन्नुभयो ।

एक फरक प्रसङ्गमा उहाँले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरूद्धको महाअभियोग प्रस्ताव सबै दलको सहमतिमा संसदबाट पारित हुने धारणा राख्नुभयो । कमिटीका अध्यक्ष दीपक राईले संविधान निर्माण भइसकेको अवस्थामा त्यसको कार्यान्वयनसँगै मुलुकलाई विकासको बाटोमा अगाडि बढाउन आग्रह गर्नुभयो

प्रतिक्रिया