आठ वटा स्थानीय निकाय राख्नेमा दलहरुबीच सहमति

इनेप्लिज २०७३ कार्तिक १३ गते ७:१६ मा प्रकाशित

गाईघाट (उदयपुर), १३ कात्तिक । उदयपुर जिल्लालाई स्थानीय तहमा पुनरसंरचना गर्दा अब आठ वटा तहमा पुनरसंचना गर्ने जिल्लाका राजनीतिक दलहरुबीच समहमति भएको छ ।

जिविसमा बिहीबार र शुक्रबार बसेको राजनीतिक दलहरुको सर्वदलीय बैठकपछि शुक्रबार जिल्लाका राजनीतिक दलहरु आठ वटा निकायमा पुनरसंचरना गर्न सहमत भएका नेकपा (माओवादी केन्द्र) का जिल्ला इन्चार्ज मोहन पौडेलले बताउनुभयो । दलहरुबीच जिल्लालाई चार गाउँपालिका र चार नगरपालिकासहितको स्थानीय निकायको पुनःसंरचना गर्ने सहमति भएको छ ।

अहिले जिल्लामा त्रियुगा, कटारी र बेल्टार बसाहा नगरपालिकासहित तीनवटा नगरपालिका रहेका छन् । जिल्लाको पूर्वी क्षेत्रको रामपुर ठोक्सिला तपेस्वरीसहितको क्षेत्रलाई बेलका नगरपालिका बनाउने प्रस्ताव गरिएको नेकपा (एमाले) का जिल्ला अध्यक्ष इस्वरमणि राउतले बताउनुभयो ।

यसअघि उदयपुरमा तीन नगरपालिका र ४० गाविस रहेका थिए ।

प्रतिक्रिया