अख्तियारमा फाइल अध्ययन गर्ने हो भने कुनै नेता पनि बच्दैनन्ः अधिवक्ता न्यौपाने

इनेप्लिज २०७३ कार्तिक ७ गते २०:१५ मा प्रकाशित

अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०४६ सालयताका फाइल अध्ययन गरे राजनीतिक दलका नेतादेखि सामान्य कार्यकर्तासम्म फस्ने बताएका छन् ।

उनले नेतालाई डर भएका कारण प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव आएको भन्दै तर, कार्की ढिलोचाँडो पदमा फर्किने ठोकुवा गरे ।

न्यूज ट्वान्टीफोरको इस्यु अफ डे कार्यक्रममा बोल्दै अभिवक्ता न्यौपानेले नेपालमा भ्रष्टाचार नहुने कुनै निकाय बाँकी नरहेको भन्दै यसलाई निर्मुल पार्न सबै लाग्नुपर्नेमा जोड दिए ।

हेर्नुस् भिडियोः

प्रतिक्रिया