अन्तर्राष्ट्रिय बालिका दिवस सम्पन्न

इनेप्लिज २०७३ कार्तिक ७ गते १३:२६ मा प्रकाशित

children-e1441797561952काठमाडौँ, ७ कात्तिक । सबैभन्दा बढी बालविवाह हुने दक्षिण एसियाली मुलुकमा नेपाल तेस्रो स्थानमा पर्दछ । नेपालको कानुनले २० वर्ष पूरा गरेपछि मात्र विवाहका लागि योग्य मानेको भनिए पनि अझै २९ प्रतिशतको विवाह १८ वर्ष नपुग्दै हुने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ ।
यस वर्षको अन्तर्राष्ट्रिय बालिका दिवसमा नेपालले आफ्नो मुख्य विषय बालविवाह अन्त्यलाई मानी विभिन्न जनचेतनात्मक कार्यक्रम गरी मनायो । प्रत्येक वर्ष अक्टोबर ११ का दिन उक्त दिवस मनाइने भए पनि उक्त समय नेपालमा दसैँ परेका कारण शुक्रबारदेखि तीनदिने बालिका दिवस मनाएको हो ।

नेपालले सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने लक्ष्यसहित बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ जारी गरिसकेको छ । दिवसका लागि बालअधिकारका क्षेत्रमा कार्यरत विभिन्न सङ्घसंस्थाको सहकार्यमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले तीनदिने कार्यक्रमको आयोजना गरेको थियो ।

मन्त्रालयले प्रत्येक वर्ष बालिका दिवसका अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने गरेको मन्त्रालयका उपसचिव डा किरण रुपाखेतीले जानकारी दिनुभयो ।

प्रतिक्रिया