खोज्ने हो भने लिफ्ट ,क्रिकेट ,भ्याकुम क्लिनर तथा जेट ल्याकका नेपाली पनि पत्ता कसो नलाग्ला त ?

इनेप्लिज २०७३ कार्तिक ५ गते २३:०३ मा प्रकाशित

fullsizerenderयहि अक्टोबर महिना देखि आफुले नेपाली मुलका मानिस संग विशुद्ध नेपाली भाषामा मात्र बोल्न थालेको बाईसौ बर्ष लागेछ l अंग्रेजी बिना एक भित्ता पनि नचल्ने देश अमेरिकामा पनि नेपाली मुलका सबै संग ठेट ,झर्रो तथा सके सम्म खोज गरि नेपाली शब्द कै प्रयोग गर्न पाउँदा हर्ष लागेको छ l समय कति छिटो बित्ने रहेछ l

समय समयमा बिश्व भर रहेका कारहरुलाई सहयोग हुन्छ भन्ने हेतुले आफुले प्रयोग गर्ने गरेका नेपाली शब्दहरु पस्कने गरेको छु l र ,त्यो भन्दा अगाडी कारहरु भन्नाले कलम चलाउने विधामा रहेकालाई ईशारा गरेको हु l पत्रकार ,साहित्यकार ,उपन्यासकार ,निबन्धकार ,कलाकार ,चित्रकार आदी ईत्यादीको कुरा गरेको हु l

हामी अत्यधिक रुपमा ट्राफिक प्रहरी शब्द प्रयोग गर्छौ तर यसलाई नेपालीमा भन्नु पर्दा यातायात प्रहरी भनिन्छ ,जानी राख्दा पाप लाग्दैन l यसै गरि नेपाल अहिले क्रिकेट खेलमा निकै ख्याती प्राप्त गरेको छ क्रिकेटलाई आफैले बनाउने जमर्को गरेको छु l क्रिकेटलाई मुङ्ग्रो डन्डी राखेको छु l आधिकारिक नभएता पनि डन्डी बियो भने जस्तै भएकोले मुङ्ग्रो डन्डी नामाकरण गरि दिएको छु l

अमेरिकामा आफु रहेकोले अत्यधिक रुपमा लिफ्ट प्रयोग गर्नु पर्ने हुनाले यसलाई नेपालीमा बिधुतिय भर्याङ्ग या उत्थापनयन्त्र पनि भनिन्छ l यहाहरुले लेख्नु पर्ने भन्ने चाही हैन ,जानकारी दिएको हु l अन्यथा नलिनु होला l

यसै गरि संगीतमा सबैको मन जान्छ र गीत सुन्न पनि मन लागि रहने भएकोले टेप रेकर्डरलाई ध्वनिमुद्रणयन्त्र भनिन्छ l अप्ठ्यारो सुनिएता पनि प्रयोग गरि रहदा नराम्रो नहोला l यसै गरि खानपिन गरे पछि न्यापकिन भन्ने प्रयोग गरिन्छ यसलाई नेपालीमा कागजी रुमाल भनिन्छ l

यसै गरि बिदेशमा नेपाली कुचो जस्तो जिनिसलाई अंग्रेजीमा भ्याकम क्लिनर भन्ने गरिन्छ त्यसलाई बिधुतिय कुचो या निर्वातशोदक भनिन्छ l झर्को नमानौ ,जानी राखौ l यसै गरि नेपाल जाँदा र आउदा हामीले जहिले पनि जेट ल्याक लाग्यो भन्छौ तर यसलाई पनि नेपालीमा जहाज धंगधंगे या जहाज मन्द भनिन्छ l प्रयोग गरि रहदा राम्रो हुन्छ l

50614809

यसै गरि कागज यताउति नपरोस भन्न को लागि एक प्रकारको च्याप्ने हुन्छ त्यसलाई अंगेजीमा पेपर क्लिप भनिन्छ त्यसको नेपाली दंशक भनिन्छ भने कार्बन पेपरलाई प्राङ्गार पत्र भनिन्छ l

यसै गरि स्टिकरलाई नाम पत्र या बिज्ञापन पत्र भन्ने गरिन्छ भने ट्याटुलाई कलान्यास भनिदो रहेछ l यस्तै गरि अमेरिकामा यार्डसेल खुब लाग्ने गर्छ त्यसलाई प्रांगण बिक्रि भनिन्छ l आज सम्म कसैले पनि यसलाई आँगन बिक्रि या प्रांगण बिक्रि भनेको सुनिएको छैन l यसै गरि टेपलाई पट्टि भनिन्छ l

yard-sale-tips-and-ideas-honey-and-cheese-rmod44-clipart

 यसै गरि अमेरिकामा ठुला समान राख्ने पिरा जस्तो चिजलाई ज्यादा वालमार्ट र कस्को थोक पसलमा देखिन्छ ,त्यसलाई अंग्रेजीमा प्यालेट भनिन्छ भने नेपालीमा पट्टिका भनिन्छ l

epal-pallet

च्वीगमलाई चर्वणक पनि भनिन्छ l शब्द जति व्यवहारमा प्रयोग गर्न सक्यो त्यति राम्रो l कलम चलाउने जुनसुकै कारले पनि अल्छि मानेर अंग्रेजी नै घुसाई दिए भने भाषाको घाँटी निमोठेको सरह हुन्छ l केहि समय जाँगर मात्र चलाए पाठक लाभान्वित हुने छन् l मेरो कलम निरन्तर चल्ने छ l

पुन : अर्को कोसेली लिएर आउने बचन बद्धताको साथ बिदा !

प्रतिक्रिया