यसकारण अमेरिकन राष्ट्रपतिय चुनावमा हिलारी क्लिन्टनलाई भोट दिनु उचित हो – प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ कार्तिक ५ गते ११:३५ मा प्रकाशित

अहिले अमेरिकामा राष्ट्रपतिय चुनावको सरगर्मी बढेको छ । जतिजति चुनावको अन्तिम मतदान गर्ने मिती नजिकिदै छ त्यति त्यति विभिन्न संचारका माध्यममा बहस उत्कर्षमा चलिरहेको छ । त्यसो त यही अक्टुवprakash-shrestha १९ तारिकका दिन अन्तिम राष्ट्रपतिय बहस समाप्त भयो जसमा रिपव्लिकन पार्टीको उमेद्वार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीको उमेद्वार हिलारी क्लिन्टन वीच विविध विषयमा/शिर्षकमा बहस भएको थियो । विभिन्न मिडियामा यी दुई पक्षको बारे चर्चा परिचर्चा चलिरहेको छ र विभिन्न राज्यमा आ-आफ्ना कार्यकर्ताहरुको भेला/सभालाई सम्बोधन गर्ने काम पनि गरिरहेका छन् ।

खासमा यी दुई मुख्य पार्टीका उमेद्वार वीच घम्साघम्सी चलिरहेको छ र यी दुईमा कुन राष्ट्रपतिको पगरी गुथ्न सफल हुन्छ त्यसको फैसला त नोभेम्वर ८ तारिक पछि नै थाहाँ होला किनकी मतदाताहरु कुन उमेद्वारको पक्षमा बढि छन् भन्न यसै सकिदैन । अर्को तर्फ चुनावमा भोट हाल्न कति सहभागी हुन्छन् र भोट दिने दिन सम्म कतिको मनस्थिती परिवर्तन हुन्छ यसै भन्न सकिदैन । त्यसो त यी दुई उमेद्वार बाहेक अन्य थर्ड पार्टीका उमेद्वारहरु पनि चुनावी मैदानमा रहेका छन् तर तिनीहरुको उमेद्वारीले खासै चर्चा पाएको देखिदैन र अर्थ पनि राख्दैन ।

नेपालमा जस्तो अमेरिकामा सडक भरि तुल व्यानर टाँगेर, पम्पिलेटहरु पर्खालहरुमा टाँसेर, माईकींग गर्दै भोट माग्ने गरेको नदेखिए पनि संचारका माध्यमहरु- पेपर, ईलेक्ट्रोनिक माध्यमहरुमा भने राष्ट्रपतिय चुनावको निकै रोनक छाएको देख्न सकिन्छ । सामाजिक संजालहरु पनि चुनावी प्रचारप्रसारमा रंगिएको पाईन्छ । हरेक जसो ईलेक्ट्रोनिक मिडियाबाट चुनावको प्रचारात्मक कार्यक्रमको फेसवुक लाईभ प्रसारण गरेको पाईन्छ । जसमा स्रोता एवं दर्शकबाट अनेकन कमेन्टहरु र लाईक बटन, अनलाईक बटनहरु आदीको प्रयोग गरेको देखिन्छ ।

त्यस्तै मुख्य प्रतिस्पर्धी रिपव्लिकनका डोनाल्ड ट्रम्प र डेमोक्रेटिककी हिलारी क्लिन्टनले आ-आफ्नै चुनावी मुद्दाहरु अघि सारेको पाईन्छ । यी मुद्दाहरुलाई विश्लेषण गर्ने आ-आफ्नै तौरतरिका होलान् र आफ्नो अभिमत कसले समेट्न सक्छ उसलाई भोट दिने मनस्थिती मतदाताहरुले गर्छन् होला । यद्दपी अहिले सम्मको ” Presidential Debate ” मा मुख्यरुपमा उठाईएको मुद्दा भनेको आप्रवासी समस्या, आत्मरक्षाको लागी राखिने बन्दुक सम्बन्धी मुद्दा, हेल्थ ईन्सुरेन्स, कर नियमन, रोजगारी एवं ज्यालादर, अन्तराष्ट्रिय सम्बन्ध सम्बन्धी, आतंककारी नियन्त्रण सम्बन्धी, सिमा सुरक्षा, शैक्षिक क्षेत्र सम्बन्धी, आर्थिक वृद्धी र विकासका उपायहरु सम्बन्धी, आणविक उर्जा एवं पर्यावरणीय सन्तुलन सम्बन्धी, सबैखाले विभेदको अन्त्य सम्बन्धी आदी पक्षहरु रहेको थियो ।
यस्ता विविध मुद्दाका विषयमा भावी योजनाहरु आ-आफ्नै ढंगले दुवै उमेद्वारले व्यक्त गरेर मतदाताहरुलाई आफु तिर आकर्षित गर्न खोजे पनि ईतिहासमै अहिले सम्ममा राष्ट्रपतिय चुनावको दौडानमा उमेद्वार वीच व्यक्तीगतरुपमा कटु आरोप प्रत्यारोप एवं अपशब्दहरुको प्रयोग यस पटक नै बढि भएको भन्दै सर्वत्र चर्चा हुने गरेको छ । त्यसो त उद्यमी बिलिनियर डोनाल्ड ट्रम्पले अतिनै अपाच्य शव्दहरु प्रयोग गरेर चुनावी मैदानमा आफनो बर्चस्व कायम गर्न खोजे पनि दिनप्रतिदिन आफनो बोली वा अभिव्यक्तीबाट आफ्नै हाईट घटाउँदै गएको विश्लेषकहरुले बताउँदै आएका छन् ।

खासगरि ट्रम्पले कागज विहिन आप्रवासीलाई आफु राष्ट्रपति पदमा चुनिएमा देश निकला( डिपोर्टेशन) गर्ने, सिमानामा अवैधानिक प्रवेश रोक्न अग्लो सुरक्षित पर्खाल लगाउने, मुश्लिम आतंककारीलाई अमेरिका प्रवेशमा कडाई गर्ने साथै मुसलमानहरुलाई अमेरिका प्रवेशमा विशेष निगरानी राख्ने, ओवामा केयरलाई खारेज गर्ने, धनी वर्गलाई कर दर कम गर्ने, “ग्रेट अमेरिका एगेन ” भन्ने नारा साथ धेरै क्षेत्रमा ” Reforms” गर्ने अभिव्यक्ती बारम्बार दोहोराउँदै अधिकांश रोजगारी वृद्धि एवं उद्योगधन्दाहरुको विस्तार गर्ने एवं विभिन्न विकासका पुर्वाधारहरु को नयाँ विकास गर्ने कुरालाई जोड दिएका छन् भने अर्को तर्फ व्यक्तिगतरुपमा हिलारीलाई सरकारी गोप्य डाटाहरु बाहिरिने गरि व्यक्तीगत ईमेलको दुरुपयोग गरेको, विभिन्न कारणले राष्ट्रपति पद सम्हाल्न अयोग्य रहेको कमजोरीहरु दलिलको रुपमा पेश गरेको पाईन्छ ।

अझै हिलारीका पति विल क्लिन्टन तत्कालिन समयमा राष्ट्रपति पदमा बहाल रहदा राष्ट्रपति कार्यालयकै कर्मचारी महिला सँगको अवैध यौन सम्बन्धलाई पनि कोट्टाएर उनको कमजोरी खोतल्न खोजेको पाईन्छ । यसो त ट्रम्प हरेक बहस र चुनावी अभियानको सभालाई सम्बोधन गर्दा निकै आक्रमक शैलीमा प्रस्तुती हुँदै विशेषगरि कागजविहिन आप्रवासीलाई मुख्य दुश्मन ठान्दै प्रस्तुत भएझै गरेपनि वास्तवमा कागजनै भएका आप्रवासीहरुको योगदानलाई समेत ईन्कार गरिरहेका झनक देखिने गरिन्छ । अर्थात् ट्रम्पको शैली हेर्दा “छोरीलाई पिटेर बुहारीलाई धम्काउने” शैली अपनाईरहेको सहजै अनुमान गर्न सकिन्छ, त्यसको ज्वालन्त उदाहरण हाल बहालवाला राष्ट्रपति बाराक ओबामा प्रति लक्ष्यीत कतिपय विवादास्पद अभिव्यक्ती पनि हुन् जसमा ओबामाको सिटिजनसिप प्रतिनै शंकाको घेराले हेर्ने गरेको, रैथाने अमेरिकन नभएर आप्रवासी प्रति बढि उदार बनेर मेक्सिकोको बोर्डर खुकुलो पारेकोले धेरै आतंककारीको घुसपैठ भएको समेत आरोप लगाएको पाईन्छ ।

त्यसो त महिलाहरु प्रति लक्ष्यीत गर्दै कतिपय अपाच्य शव्दहरु प्रयोग गर्न समेत कतिपय समय डोनाल्ड ट्रम्प पछि नपरेको देखिन्छ । समग्रमा उनी सन् १७८९ देखि जर्ज वासिंटन पहिलो राष्ट्रपति भए देखि पुरुषहरुको एकलौटी आधिपत्य रहेको राष्ट्रपति पदमा कुनैपनि हालतमा महिलाले ठाउँ ओगट्नु हुँदैन भन्ने मान्यतामा रहेको देखिन्छ । यसका लागी जस्तो सुकै प्रचारवाजी गर्न उनी र उनका कार्यकर्ता लागी परेको जो कोहीले अनुभव गर्न सकिन्छ ।

अर्को तर्फ राष्ट्रपतिय निर्वाचनको अहिले सम्मको अमेरिकन ईतिहासमा पहिलो महिला राष्ट्रपति हुने सौभाग्य प्राप्त गर्न आतुर डेमोक्रेटिक उमेद्वार हिलारी क्लिन्टन जसको लामो राजनैतिक अनुभव र समाजसेवाको लामो दौडमा सफलताको ईतिहास रहेको छ । वास्तवमा सर्वसाधरण नागरिक देखि महिलाहरुको विविध समस्याहरुलाई प्रत्यक्ष अनुभुत गरेकी परिपक्क उमेद्वार हिलारीले आप्रवासीहरुको समस्यालाई उपयुक्त ढंगबाट समाधान गरिनु पर्ने एवं कागजविहिनहरुको श्रमको योगदानलाई समेत मध्यनजर गर्दै उपयुक्त ढंगबाट कानुनी दायरामा ल्याउने कानुन ल्याउन आफु प्रयासरत रहने र आजको अमेरिका बनाउनमा आप्रवासीहरुको योगदानलाई सम्मानित ढंगले हेरिनु पर्ने, नागरिकहरुले बन्दुक राख्न पाउने व्यवस्थालाई व्यवस्थित गर्नु पर्ने वा जथाभावी बन्दुक प्रयोगलाई कडाई गरिनु पर्ने देखी आफु राष्ट्रपति पदमा चुनिएमा धनीलाई बढि कर दर लागु गरेर मध्यम एवं निम्न आर्थिक अवस्था भएकालाई बढि सहुलियत दिदै रोजगारीको थप अवसर सृजना गर्ने, न्युनतम तलवमानमा वृद्धि गर्ने, हेल्थ ईन्सुरेन्स लगायत शैक्षिक ऋण लिने व्यवस्था सर्वसुलभ बनाउने, पर्यावरणीय सन्तुलन कायम हुने गरि औद्योगिक गतिविधी संचालन गर्ने, खुल्ला अर्थव्यवस्था र अन्तराष्ट्रिय व्यापार सम्बन्धलाई सुदृढ़ीकरण गर्ने, महिलाहरुलाई स्वरोजगारी एवं उद्यमी बनाउने तर्फ जोड दिने कार्यक्रमहरु ल्याउने, बालबालिका एवं महिला स्वास्थ्य कार्यक्रमहरुलाई थप शसक्त बनाउने देखि थुप्रै योजनाहरु सार्थक तुल्याउने मार्गचित्र प्रस्तुत गरिरहेकी छिन । यसो त चुनावी दौडानमा यस्ता प्रतिवद्धता जतासुकै आउने हुन्छन् तथापी हाम्रो जस्तो अव्यवस्थित राजनिती भएको मुलुकमा भन्दा विकशित मुलुकमा राजनितिज्ञबाट आएका प्रतिवद्धतामा विश्वास गर्ने आधार बलियो हुन्छ भन्ने मान्नु पर्छ । त्यस्तै हिलारीले समेत ट्रम्पलाई विभिन्न आरोप नलगाएकी हैनन् । खासगरि उनले ट्रम्प घोटाला गर्ने कर छल्ने व्यवसायी भएको, राजनितिक अनुभव नभएको, कामदारहरुको शोषण गरेर धनि/सम्पन्न भएको, महिला माथी यौन दुराचार गरेको/अभद्र व्यवहार गरेको, महिलालाई अभद्र शव्द प्रयोग गरेको, आप्रवासी प्रति कठोर देखिएको, धार्मिक विचलन ल्याउन खोजेको, धनिलाई कर कम लगाएर अझै धनि बनाउन उद्दत बन्दै धनि र गरिव वीचको खाडल फराकिलो पार्न खोजेको, अन्तराष्ट्रिय जगत समक्ष अशहिष्णुता कायम गर्न खोजेको, मुश्लिम समुदायलाई केवल आतंककारीको नजरले हेर्न खोजेको, महिलाहरुको योगदानलाई नजरअन्दाज गर्न खोजेको, रैथाने अमेरिकन बाहेक आप्रवासीहरुको योगदानलाई महत्व नदिएको जस्ता थुप्रै आरोप र व्यक्तीगत कमजोरी औलाएको पाईन्छ ।

यी दुवैको डिवेट हेर्दा, सुन्दा आरोप प्रत्यारोपमा दुवै खरो उत्रेको पाईन्छ । यिनीहरु आपसमा जसरी प्रस्तुत भएपनि हामी आप्रवासी नेपाली त्यसमा पनि हाम्रो अमेरिकन आगमनको ईतिहास त्यति धेरै लामो छैन जसरी युरोपियन, अफ्रिकन, चाईनिज, जापानिज, कोरियन लगायतका आप्रवासीहरु सयौ बर्ष पहिला देखि आएर अमेरिकाका हरेक विकासका पुर्वाधार निर्माण गर्न एवं औद्योगिक विकासमा साथ दिएको पाईन्छ । पछिल्लो समय ईन्डियन, पाकिस्तानी, अरेवियन लगायत अन्य विभिन्न देशका नागरिकहरु पनि अमेरिकामा आप्रवासीको रुपमा प्रवेश गरेर यहाँको आर्थिक एवं सामाजिक विकासमा योगदान पुर्याएको पाईन्छ । तसर्थ पनि मुख्यरुपमा आप्रवासीहरुको योगदानबाट निर्माण भएको महान शक्तीशाली देश अमेरिकामा जसले आप्रवासीलाई बढी महत्वकासाथ र सम्मानजनक ढंगले हेर्छ र हरेक क्षेत्रमा अाप्रवासी समुदायको समस्या प्रति आवाजको सुनाई हुन सक्ने सुनिश्चितता हुन्छ, त्यसको लागी जो व्यक्ती एवं राजनितिक पार्टी उदार भावले प्रस्तुत हुन्छ, त्यसको हामी नेपालीले समेत आफ्नो समर्थन र सहमती देखाउनु आवस्यक हुन्छ ।

त्यसो त सबैको आ-आफ्नै दृष्टिकोण हुन सक्छ तापनि हाम्रा नेपाली दाजुभाई, दिदिबहिनीहरु विविध कारणबाट अवैधानिक ढंगबाट अमेरिका प्रवेश गरि आफनो पसिना बगाईरहेका छन्, कागजात बनाउने दौडधुपमा छन् र उनीहरुको कागजात बनाउन जसले सहयोग गर्छ वा त्यस प्रति जसले उदारता देखाउँछ त्यस प्रति हामीले आफ्नो अभिमत जाहेर गर्न खोज्नु उपयुक्त हुन सक्छ अहिलेको अवस्थामा । कतिपय कुरामा हिलारीले उठाएको मुद्दा र मार्गचित्रमा सहमती नहुँदा नहुँदै पनि अधिकांश मुद्दाहरु र प्रतिवद्धता हामी जस्ता संसारभरीबाट विविध कारणबाट आप्रवासी बनेर आएका व्यक्तीहरुलाई अनुकुल हुनेगरि कानुन बनाएर लागु गर्ने उदार निती लिने उद्घोष गरेको कारण पनि हिलारीलाई साथ दिन वा मताधिकार प्रयोग गर्न यो पंक्तिकार टुंगोमा पुगेको छ र अरु नेपाली समुदायलाई समेत हिलारीको पक्षमा भोट दिएर सहयोग गर्न आव्हान गर्दछ ।

प्रतिक्रिया