चेपाङ केन्द्रलाई खाद्यान्न सहयोग ।

इनेप्लिज २०७३ कार्तिक ५ गते ११:३० मा प्रकाशित

dsci5848

चितवन, ५ कार्तिक ।
पुर्वि चितवनको रत्ननगर–१० मंगलपुरमा अवस्थित गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई आज एक कार्यक्रमका बिच खाद्यान्न सहयोग हस्तान्तरण गरिएको छ ।

dsci5840

अमेरिकामा बसोबास गर्ने डा. मनोज भट्टराई र रचना भट्टराई दम्पतीका तर्फबाट आज केन्द्रमा आयोजित कार्यक्रमका बिच डा. रचना भट्टराईले खाद्यान्न सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

dsci5846

भट्टराई दम्पतिले यसअघि केन्द्रमा आश्रित बालबालिकाहरुलाई ३ थान कम्प्युटर सहयोग गरिसक्नुभएको छ । खाद्यान्न हस्तान्तरण कार्यक्रममा केन्द्रकी सल्लाहाकार सरस्वती रिजाल, पुरुषोत्तम अर्याल, शशि अर्याल, रुपा सेढांईको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया