बाल गृहको सहयोगार्थ श्रीमद् भागवत् महापुराण यज्ञ काठमाडौंमा

इनेप्लिज २०७३ कार्तिक ४ गते १७:१९ मा प्रकाशित
nepal-copy-copy
साधना बस्नेत, काठमाण्डौं ।   ऐश्वर्य बाल गृहको आयोजनामा सानो गौचरणमा श्रीमद् भागवत महापुराणको समुद्घाटन कार्यक्रम नेकपा एमालेका वरीष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले गर्नुभयो ।
कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले, नेपालको ओर्जिनल धर्म हिन्दु र बौद्धिष्ट नै भएको र यस धर्मले सकारात्मक बाटोमा हिडाउन मद्दत गर्ने कुरा बताउनु भयो । साथै धर्मले नै मानिसलाई नैतिकवान बनाउने हुँदा यस्ता धार्मिक कार्य समाजमा भइराख्नु पर्ने जनाउनु भयो । समाजमा अनाथ ,असाहय बालबालीकाको क्षेत्रमा हरेक वर्गले आ आफनो क्षेत्रबाट सक्दो सहयोग पु¥याउनु पर्ने बताउँदै बालबालीकाको उज्वल भविष्यको कामना गर्दे कार्यक्रमको सफलताको कामना व्यक्त गर्नुभयो ।
npl-copy
महापुराणको समुद्घाटन कार्यक्रममा नेपाली काग्रेस ओखलढुङ्गा क्षेत्र नम्बर २ का सभासद रामहरी खतिवडा, आनन्द अमृत मिडीयाका संञ्चालक स्वामी शिव आनन्द, नेकपा एमाल क्षेत्र नंम्बर ५ का अध्यक्ष बाल कृष्ण श्रेष्ठ, क्लीफिक स्कूलका प्रिन्सिपल रेशम शर्मा, पव्लिक युथका सहायक क्याम्पस प्रमुख बलराम थापा, गर्गाचार्य श्री श्यामबाबु आचार्यज्यू  लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
उक्त श्रीमद् भागवत महापुराण कथा वाचन शिरोमणी पण्डित दिपक प्रसाद पौडेल गर्नुहुनेछ  ।
विगत १३ वर्ष देखि ऐश्वर्य बाल गृहले अनाथ,असाहय पिडीत बालबालीकाको क्षेत्रमा योगदान दिदै आएकोमा यसलाई व्यवस्थित ढङ्गले अगाडी बढाउन  श्रीमद् भागवत महापुराण बाट उठेको रकम  बाल गृहको निजी जग्गा तथा भवन निर्माणमा खर्च गरीने जानकारी बाल गृहकी अध्यक्ष निर्मला घिमीरेले बताउनु भयो ।
नेपाली  कांग्रेसका सभासद रामहरी खतिवडाले आफु बालबालिकाको क्षेत्रमा सहयोग गर्न सदैव तत्पर रहेको बताउँदै कुनै पनि बेला ढोका ढक्ढकाउन आउँदा खालि हात फर्कन नपर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।
साथै कार्यक्रममा बोल्दै आनन्द अमृत मिडीयाका संञ्चालक स्वामि शिव आनन्दले समाजमा विकराल रुप लिदै गएको अनाथ, असाहय, पिडीत बालबालीकाको क्षेत्रमा ऐश्वर्य बाल गृहले पु¥याएको योगदानको प्रशंशा गर्दै आउँदा दिनहरुमा कुनै पनि बालबालिकाकले आफु अनाथ असाहय भएको महशुस गर्न नपरोश भन्दै धार्मिक क्षेत्रबाट बालबालिकाको हितको लागि जस्तोसुकै सहयोग गर्न आफु पछि नहट्ने बताउनु भयो ।  श्रीमद् भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ कार्तिक ४ गते देखि १२ गते सम्म सानो गौचरणको प्रांगणमा संचालन हुनेछ ।

प्रतिक्रिया