स्विटजरल्याण्डमा विजया दशमीको साङ्गीतिक कार्यक्रम सम्पन्न

इनेप्लिज २०७३ कार्तिक २ गते १८:१८ मा प्रकाशित

14681092_980323578762662_5286151261017698669_o-स्विटजरल्याण्ड , विजया दशमी २०७३ को शुभ-अवसरमा यहि आइतबारका दिन स्विटजरल्याण्डको जुरिच सहरमा साङ्गीतिक कार्यक्रम सहित दशैं कार्यक्रम सप्पन्न भएको छ । स्विटजरल्याण्डका विभिन्न प्रदेशहरुमा बसोबास गर्ने स्विसबासि नेपाली तथा स्थानीय स्विस नागरिकहरुको उल्यख्य उपस्थिति रहेको उक्त कार्यक्रममा नेपालका चर्चित गायकहरु अभिनाष घिसिङ, कमल खत्री र भरत सिटौलाले साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्ने भनेता पनि नेपालबाट कलाकारहरु प्रबिधिक कारणले गर्दा उपस्थिति हुन नसकेको बताएका थियो |

नेपालबाट कलाकार आउन नसकेपनि स्थानीय कलाकारका साथै जर्मनी निबासी राजु गुरुङ तथा अमेरिकाबासि कलाकार नलिना चित्रकार लगाएतले मञ्च तताएका थिए । कार्यक्रम नियमितरुपमा संचालित भएको थियो भने स्विस निबासी बिन्दु स्ताइमान र शोभा एल्मरले आउनुहुने पाहुनाहरुलाइ दशैंको टिका लगाएर स्वागत गर्नु भएको थियो ।

प्रथम चरणको कार्यक्रमको उद्घोषण दशैं कार्यक्रमका आयोजक दावा तमाङले गर्नुभएको थियो भने दोश्रो चरणको कार्यक्रम गुनराज शर्माले गर्नुभएको थियो | कार्यक्रमको अन्त्यमा स्विटजरल्याण्डबासी नेपाली दाजुभाई दिदिबहिनीहरुलाई निमन्त्रणा स्वीकार गरि आउनु हुने सम्पुर्ण पाहुनाहरुलाइ आयोजक श्री दाबा तामाङले दशैंको शुभकामना सहित हार्दिक धन्यवाद दिएका थिय । कार्यक्रम रातीको ११ बजे सम्म चलेको थियो ।

14680847 980323575429329 6758210499590270935 o

प्रतिक्रिया