बर्क्ली मकालु लायन्स क्लबको नृत्य प्रतियोगिता र डान्स एकाडेमीको उद्घाटन सम्पन्न

इनेप्लिज २०७३ कार्तिक १ गते २२:०२ मा प्रकाशित

samman-rajen

 

अक्टोबर ९, २०१६ मा बर्क्ली मकालु लायन्स क्लबको प्रायोजनमा नेपाली नृत्य प्रतियोगिता तथा मकालु डान्स एकाडेमी को विधिवतकार्यक्रमको साथ् उद्घाटन समारोह बर्क्ली स्थित सिनियर सेन्टरमा भब्यताको साथ् सम्पन्न भएको छ । नेपालको बरिस्ठ नृत्य निर्देसक श्री बसन्त श्रेष्ठद्वारा पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरिएको उक्त एकडेमीको संचालन लायन संगीता शर्मा र लायन प्रिती थापाले प्रसिक्षण दिने जानकारी क्लबकी अध्यक्षा मनोहरा बोगटीले जानकारी गराउदै सबैको सहयोग र साथले मात्र यो पुनित कार्य सफल हुने भएकोले अब हामि अझ जिम्मेवारीको साथ् यस कार्यमा जुट्ने जानकारी गराएकी थिइन् ।

third

मनोहर बोगटीको अध्यक्षतामा सम्पन कार्यक्रममा डिस्ट्रिक ४ सी ३ को फर्स्ट भाइस डिस्ट्रिक गभर्नर राजेन थापा, भुतपुर्ब गभर्नर लिंडा ग्रीफिन, गाइडिंग लायन एल सताके लगायत बिभिन्न संघ संस्थाको प्रतिनिधिहरु को उल्लेखनीय उपस्थिति रहेको थियो। लायन्स कल्ब डिस्ट्रिक ४ सी ३ का जोन चियर ध्रुव थापा र बर्क्ली अन्नपुर्णकि भूतपूर्व अध्यक्षा लक्ष्मी चौधरीले संचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तब्य प्रथम उपाध्यक्ष बिजया सुबेदीले गरेकी थिइन्। उनले सबैलाई स्वागत गर्दे सम्पूर्ण प्रायोजकहरु र उपस्थित समाजका प्रतिनिधिहरुलाई बिशेष धन्यबाद प्रकट गरेकी थिइन्।

कार्यक्रमलाई तीन चरणमा बिभाजन गरिएको थियो जसमा पहिलेओ चरणको कार्यक्रममा डान्स एकाडेमिको उद्घाटन र औपचारिक कार्यक्रम , दोश्रो चरणमा नृत्य प्रतियोगिता र तेश्रो चरणमा स्थानीय कलाकारहरुको दशैँ धमाका प्रस्तुति र पुरस्कार वितरण रहेको थियो।

shova

पहिलो चरणको कार्यक्रममा उद्घाटन साथै बरिस्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठलाई एकडेमी स्थापनाको लागि गरेको बिसेष सहयोग , निसुल्क नृत्य निर्देशनगरे बापत कल्बको तर्फबाट सम्मान स्वरुप कदर पत्र र ओदोसल्ला ओडाएर सम्मान गरिएको थियो। फर्स्ट भाईस डिस्ट्रिक गभर्नर राजेन थापाले सम्मान गर्दै सबै कल्बका सदस्यहरुलाई सेवा मा एक जुट भएर लाग्न प्रेरित गर्दै सबैलाई मुक्त कण्ठले प्रसंसा गर्नु भयो। वहाले समाजमा हुने हरेक गतिबिधि र राम्रो काममा सधै लायन्स क्लबको तर्फबाट सहयोग रहने समेत प्रतिबद्धता व्यक्त गर्नु भयो। कार्यक्रममा नृत्य निर्देसक श्रेष्ठको निर्देशनमा चारवटा बिसेष नृत्यहरुको समेत मन्चन गरिएको थियो।

samman

दोश्रो चरणको कार्यक्रममा यस क्षेत्रका संघ संस्था र स्थानीय कलाकारहरुको सहभागितामा नृत्य प्रतियोगिता प्रस्तुत गरिएको थियो जसको निर्णायकमा , बरिस्ठ नृत्य निर्देसक बसन्त श्रेष्ठ, नृत्य निर्देशकहरु प्रज्वल बज्रचार्य , संगीता शर्मा, बिन्दु सापकोटा र गम गुरुङ रहेको थियो। प्रतियोगितामा क्रिएटिभ नेपालकी प्रार्थना कार्की प्रथम, तामांगको अपरेटिभ समाजको लक्ष्मी र विजय लामा दोश्रो र सन्नी सगरमाथा समाजकी मिनी कार्की तेश्रो भएकी थिइन् भने एन ए जी सिकी रेशमी अधिकारीले सान्तवना पुरस्कार जितेकी थिइन्। प्रथम हुने प्रतियोगिलाई नगद अमेरिकी डलर ५०० र ट्रफी , दोश्रोलाई $३०० र ट्रफी , तेश्रोलाई नगद $१०० र ट्रफी र सान्तवना पुरस्कारमा एउटा ट्रफी प्रदान गरिएको थियो भने सहभागी सबै प्रतियोगीहरु र सहभागी संस्थाहरुलाई प्रशंसा पत्र समेत प्रदान गरिएको थियो। प्रमुख अतिथि बसन्त श्रेष्ठ, भाइस डिस्ट्रिक गभर्नर राजेन थापा, भूतपूर्व गभर्नर लिन्डा ग्रीफिन , क्लबको अध्यक्ष मनोहरा बोगटी लगायतको व्यक्तित्वहरुबाट पुरस्कार र प्रमाण पत्र प्रदान गरियो थियो। नगद पुरस्कार सौजन्य गर्ने ब्यक्तिवालाई नै नगद पुरस्कार वितरण गर्न मन्चमा बोलाइएको थियो साथै हरेक ट्रफीमा वहाको नाम समेत लेखिएको थियो जसमा प्रथम पुरस्कार गंगा प्रसाद लिम्बु, दोश्रो पुरस्कार लिबर्टी ट्याक्सका टंक राया छेत्री र तेश्रो पुरस्कार बिजया सुबेदीले प्रदान गरेका थिए।

अमेरिकामा हुर्कदै गरेका नेपाली बाल बालिका र बढ्दै गरेको नेपाली समुदायलाई नेपाली संस्कृति र लोक नृत्यको समेत ज्ञान दिने उदेश्यले स्थापना हुन् लागेको उक्त एकाडेमिले हरेक बर्ष यस प्रकारको कार्यक्रम को आयोजना समेत गर्ने जानकारी क्लबको अध्यक्षा लायन मनोहर थापा बोगोटिले जनाएकि छिन।

priti

क्लबको सबै सदस्यहरुको सक्रिय सहभागितामा सम्पन्न यस कार्यक्रमको नृत्य निर्देसक श्री बसन्त श्रेष्ठ समेत दुई सप्ताह अघिनै सन् फ्रान्सिसकोमा आएर कार्यक्रमको तयारीमा लागेको हुनालेनै उत्कृस्ट नृत्यहरु प्रस्तुत गर्ने सकेको जानकारी निर्देशक संगीता शर्माले जनाइन। सास्कृतिक संयोजक शर्माको अनुसार यो हामि सबै सन् फ्रान्सिको बासीको लागि एउटा गर्बको बिषय हो किनकी बर्क्ली मकालुले यस्तो खाले कार्यक्रम ल्याएर समाजमा राम्रो छाप छोड्न लागेको मा आफु समेत सक्रिय भई सेवा पुर्याउने अस्वर पाएको ले धेरै गर्वित भएको महसुस गरेकी थिइन्।

musical

बरिस्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठ रंगमंच वाट नृत्य निर्देशन सुरु गरी नेपाल प्रज्ञा प्रतीसठानमा २५ वर्ष काम गरीसकेको, २०३५ साल वाट चलचित्र सिन्दुर वाट नृत्य निर्देशन सुरू गरी हाल सम्मा कार्यरत , गोर्ख दक्षिणवाहु र ईन्दीरा राज्य लक्ष्मी प्रज्ञा पुरस्कार वाट सम्मानित , राष्ट्रीय चलचित्र पुरस्कार २ पटक, सम्मानित, नेपाल सरकार वाट उत्कृष्ट नृत्य निर्देशन पुरस्कार वाट सम्मानित हुनु भएको छ ।

maisasur-badh

कार्यक्रमको तेश्रो चरणमा उत्कृस्ट प्रस्तुतिहरु र पुरस्कार वितरण रहेको थियो जसमा प्रिती थापा र शोभा राईको नृत्यले सबैलाई भरपुर मनोरंजन दिएको थियो भने संगीता शर्मा , नबिन बुडाथोकी र अन्याकलाकरहरुले प्रस्तुत गरेको “ मैसासुर बध” नृत्यले दशैको महत्व उजागर गरेको थियो। उक्त प्रस्तुति कार्यक्रमकै सबै भन्दा उत्कृस्ट र सिक्षाप्रद रहेको पर्यबेक्षक हरुले जनाएको थियो। त्यसै गरि मिलन श्रेष्ठ , सुलभ केसी र साथीहरुको गीतले समेत सबैलाई मनोरंजन प्रदान गरेको थियो। ठिक ५:३० बजे संचालन भएको कार्यक्रम एकदमै निरन्तर बिना रुकावट भएको र ठिक ९:३० मा सम्पन्न भएकोमा सबै उपस्थित दर्शक तथा संघ सस्थाका प्रतिनिधिहरुले खुसी व्यक्त गरेका थिये। कार्यक्रमको अन्तमा अध्यक्षा थापाले विधिवत कार्यक्रम समापन गर्दै सबैलाई धन्यबाद दिएकी थिइन्।

first-dance

devi-dance-1

judgesफोटो सौजन्य : लायन गोविन्द शाही

https://www.youtube.com/watch?v=ZbTJmbg3zZ8

https://www.youtube.com/watch?v=jh77AqGoD-M

प्रतिक्रिया