जीवनमा राम्रा दिनहरूलाई निम्त्याउन , कठिन दिनहरू सङ्ग युद्द गर्न सक्नु पर्छ । दु:ख बाट भागेर सुख कहिल्यै आउंदैन । कठिनाई सँग भाग्न खोज्दा झन ठुला कठिनाईहरू लखेट्न आईपुग्छन्। यसको सार हो , हरेक परिस्थीतिको सामना गरौं , जे जस्तो अवस्था आउंछ ,त्यसलाई स्वीकार गरौं। स्विकारोक्ति नै , जीवनमा आनन्दको मुल हो । चटपटे सांढेका ,सात वटा डाम भने झैं , अस्थिर मार्ग , मन र चन्चल स्वभाव दु:खको कारण बन्छ । मानिसहरू कि सोच्दै नसोचि काम गर्छन् र यसबाट भात्किएको सफलताले दुखित बन्छन् , या सोचिरहन्छन् र काम भने गर्दैनन् तसर्थ दुखित बन्छन्। सोच विनाको कर्म र कर्म विनाको सोच दुवै घातक हुन्। तसर्थ चिन्तन र कार्य को सन्तुलन मात्र सुख प्रदायक हो ।
सोचिरहने तर यात्रामा ननिस्कने मानिस गन्तव्यमा पुग्न सक्दैन , यस्तै विना लक्ष्य को यात्रामा लाग्नेहरू पनि भीडमा हराएको मानिस जस्तै अलपत्र हुन पुग्छ । अति चन्चल मनमा सोचले वास गर्नै पाउंदैन , र लगातार चिन्तन र सोच मात्र आइ रहंदा शक्ति क्षय भएर जान्छ । तसर्थ चित्तलाई स्थिर पार्ने विधि हो – स्थुल शरीर र चिन्तनको जोड । यहि जोड नै योग हो । शुक्ष्म शरीर र स्थुल लाई विभिन्न आसन मार्फत जोड्न सकिन्छ । जसले पवित्र विचार-प्रवाह गर्छ , विचार प्रवाहको विघटन नै मृत्यु हो । विचार नै सम्पूर्ण खुशीहरूको आधार हो । सदविचार नै सद्व्यवहारको मूल हो । तसर्थ योगलाई ॠषि पतन्जलि ले ‘योगचित्तव्रित्ती निरोधक ‘ भनेर चित्त निरोध तर्फ जोड दिए ।
जव चित्त शुद्द हुन्छ तव पवित्र विचार हरक्षण आउंछन्, र यस्तो संकल्प अनि विचार गरेर संस्कार बसाउंदै जांदा जो सुकै एक दिन महान बन्न सक्छ । योग सूत्र व्यास भाष्य -१।१ मा भनिएको छ ,’योग :समाधि:’। योगनै समाधि को पथ हो । जीवन प्रवन्धन हो । सम्पूर्ण चिकित्सा हो र आत्म अनुशासन जगाई सम्पूर्ण समस्या हरूको अमोघ समाधान गर्ने साधन हो ।
गीता को २।४८ मा उल्लेख छ कि “समत्व योग उच्यते ।” रोग , शोक र संकट बाट माथि उठाई मृत्यु लाई नै चुनौति दिने योग केवल व्यायाम हैन बरू यो आरोग्य , निर्भयता , सुख शान्ति , र आफ्ना विचार लाई जित्दै निर्विचार मा पुग्ने एक सफल जीवन कला हो । सबै धर्म, जाति , वर्ग र सम्प्रदाय बाट माथि उठेर सबैलाई एकतामा बांध्ने कलाको नाम नै योग हो । कहिल्यै आपसमा सहमत हुन नसक्ने देशहरू पनि संयुक्त राष्ट्र संङ्घ मार्फत आज सामुहिक योग दिवस मनाउन तयार भए र हरेक जुन २ १ तारिख लाई ,योग दिवसको रुपमा मनाउन थालीयो । आज विश्वका विभिन्न देशमा ‘योग’ विश्वविध्यालयको पढाई बन्न पुगेको छ ।
जसले योगको सत्य बुझेको हुन्छ उसका निम्ति सारा भेदका पर्खाल भात्किन्छन्। सम्प्रदायका सिमानाहरू टुक्रिन्छन्, आफ्नो जीवनमा प्रेम र समानताको प्रकाश छरिन्छ । खोज र अभ्यास उसले मात्र गर्न सक्छ जसको जिज्ञासा स्वतन्त्र हुन्छ । बेलायति दार्शनिक डेभिड ह्युमले लेखेका छ्न्”जसलाई निर्विचार हुनु छ उसले व्यर्थका विचार छाडेर आफु भित्र पस्दै जानु पर्छ “। करोडौंले यसको लाभ लीई रहेका छन्। कहिल्यै योग को नाम नसुनेका हरू पनि यसको साधनामा डुब्न थालेका छन्। संसारले कहिल्यै कहीं भेट्टाउन नसक्ने सुख लाई योगले दैलो दैलो मा निशुल्क पुर्याईदिएको छ । शुन्य बजेटमा मानिसहरूको स्वास्थ्य विमा नै गराईदिएको छ योगले । हरेक कुराको सफलतामा कुनै सुत्र हुन्छ र जीवन जिउने पनि सुन्दर सुत्र छ त्यो हो , योग लाई नियमित जीवनको अङ्ग बनाउनु । योग र प्राणायाम नै ध्यानमा प्रवेश गराउने अचुक विधि हो ।
अस्थिर शरीरमा सजिलै ध्यान घटित हुंदैन तसर्थ विकारहरूलाई निचोर्न ध्यान गर्नु पुर्व तयारी स्वरुप योगका विभिन्न चराण पार गर्नु जरूरि छ । यम , नियम ,आसन , प्राणायाम , प्रत्याहार , धारण , ध्यान, समाधि गरि आठ चरण मा योग विभक्त छ । जब कोहि एकै पटक कक्ष्या दशको परीक्ष्यामा सामेल हुन्छ भने उ त्यसमा उत्तिर्ण हुन सक्दैन ।
त्स्यस्तै यम, नियम जस्ता विभिन्न चरण पार गरे पछि मात्र ध्यान को गहिरू आनन्दमा प्रवेश भई आत्म साक्ष्यातकार गर्न सकिन्छ । कहिल्यै योग आसन नगरेका हरू ले आज अन्यन्य लाभ लीई रहेका छन् भने हामी तीनै ॠषि महर्शिका सन्तान जसको रगतमा योगका महान दर्शन हरू प्राण बनेर कुदिरहेको छ भने हामी यसको लाभ बाट किन बन्चित हुने । जीवनको कुनै भरोसा हुंदैन तसर्थ , आउनुहोस्, योग , ध्यान र अध्यात्मिक कला द्वारा हामीभित्र निहित अन्यन्य शक्तिको महान द्वार खोलौं । आँफैंभित्र लुकेको महापुरुषलाई जन्म दिउं । हरेक क्यानभासमा सुन्दर कला कोर्न सकिन्छ , हरेक ढुङ्गाहरू कलात्मक मुर्ति बन्ने क्षमता राख्छन्। तपाईं भित्र पनि एउटा महानता लुकेको छ , जीवनको सुर्य नअस्ताउंदै आजैँ त्यो उज्यालो राजामार्गको यात्रि बनौं । मृत्यु पछि पाईने आशामा होईन , जीवन रहंदैमा स्वर्गको अनुभव गरौं । जो आफुलाई बदल्न सक्षम हुन्छ , उ संसारलाई पनि बदल्न सामर्थ्य राख्दछ ।
(नेपाल-गणतान्त्रिक फिजि साँस्कृतिक राजदुत )
प्रतिक्रिया