बिशेष निमन्त्रणा
इनेप्लिज
२०७३ असोज १२ गते १८:१२ मा प्रकाशित
इक्वालिटी फाउण्डेशनले नेपालका सरकारी विध्यालयहरुको क्षमता विकास र आधुनिकीकरण गरिने विस्तृत कार्य योजना सार्वजनिक गर्ने भएको छ। कार्यक्रमको बारेमा सहभागी भइदिनुहुन ईच्छुक सबैमा फाउण्डेशन हार्दिक निमन्त्रणा गर्दछ।
कार्यक्रममा नेपालका सरकारी माध्यमिक विध्यालयहरुमा कम्प्युटर, ईन्टरनेट र सुचना प्रविधीको पहुँच पुर्याई आधुनिकीकरण गर्ने अभियानमुखी कार्यक्रमको विस्तृत कार्ययोजना प्रस्तुती गरिने भएको छ। यस कार्यक्रममा स्थानीय अमेरिकी नेताहरुको पनि सहभागिता रहनेछ।
निम्म मिति समय र स्थानमा हुने यस विशेष कार्यक्रममा सहभागी बन्न यसक्षेत्रका सबै नेपाली दाजुभाई दिदीबहिनीहरुमा ईक्वालिटी फाउण्डेशनको तर्फबाट हार्दिक अपिल गरिएको छ।
Date: October 2nd, Sunday
Time: 2:30 PM
Venue: 10820 Balls Ford Rd, Manassas, VA 20109
हाम्रो सामुहिक अनुरोध/अपिल
आफ्ना गाउँघरका आफुले पढेका विध्यालयहरुमा कम्पुटर, इन्टरनेट र सुचना प्रविधीको पहुँच पुर्याउने तथा बिद्यालयहरुको क्षमता विस्तार गरी तिनको गुणस्तरमा आमुल परिवर्तन ल्याउने ईक्वालिटी फाउण्डेशनको यस अभियानमा सरिक भईदिनुहुन सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुमा हामी हार्दिक अनुरोध गर्दछौ।
भवदीय
प्रतिक्रिया