वासिंटन डिसी,गैर आवासीय नेपालीहरुका लागि नेपाली नागरिकता दिने कुरा संविधानमै लेखिएर आए पछि अब यसका लागि आबश्यक कानुन र विनियम बन्न लागेको विज्ञहरुले बताएका छन ।वासिंटन नेपाल फोरमले हालै डिसीमा आयोजना गरेको एक अन्तरक्रियामा नेपाल बार एशोसिएशनका अध्यक्ष अधिवक्ता शेर बहादुर केसीले यो कुरा जानकारी गराउदै भन्नु भयो –गैर आवासीय नेपालीहरुका लागि अत्यन्त ठुलो उपलब्धी मान्नु पर्दछ भन्नु भयो ! । संविधानमा प्रष्ट लेखिएको छ – गैर आवासीय नेपालीहरुलाई नागरिकता दिने भनेर ।
अब गृह मन्त्रालयले आबश्यक कानुन तथा विनियमको गृहकार्य थालेको हुनुपर्दछ, केसीले भन्नुभयो नयाँ संघीय संरचना अनुरुप १ सय ६० वटा नयाँ कानुन तथा करिब तीनसय वटा विद्यमान कानुनमा परिमार्जन आबश्यक भएकाले यस सम्बन्धी काम भइरहेको पनि अध्यक्ष केसीले जानकारी दिनुभयो । यही सेक्टेम्बर १८ देखि २३ सम्म भइरहेको विश्वका कानुन व्याबसायीहरुको अन्तराष्ट्रिय संमेलनमा भाग लिन आउनु भएका भएको अध्यक्ष केसीसँग महासचिब खाम बहादुर खाती, सचिब इन्द्र बहादुर अधिकारी लगायतका कानुन व्याबसायीहरुसँग फोरमले अन्तरक्रिया आयोजना गरेको थियो । बार अध्यक्ष केसीसँगै सर्बोच्च बारबाट अधिबक्ता सरोज घिमिरेलगायत ९ जनाको टोली यस अन्तराष्ट्रिय बार एशोसिएशनको सम्मेलनमा सहभागी भएका छन । यो अन्तराष्ट्रिय सम्मेलन हरेक बर्ष फरक फरक स्थानमा हुने गर्दछ । विश्वका १ सय ६० देशका बारहरु सदस्य रहेको यस एशोसिएशनमा ब्यक्तिगत र संस्थागत गरी ८० हजारभन्दा बढी सदस्य रहेका छन । यस वासिंटन अधिबेशनमा विश्वभरबाट ६ हजारभन्दाबढी कानुन व्याबसायीहरु सहभागी भइरहेका छन ।
सम्मेलनमा नेपालका प्रतिनिधिहरुले नेपालमा हाल राजनीतिक संक्रमणको अवस्था रहेको र विस्तारै राजनीतिक स्थायित्व तर्फ उन्मुख नेपालमा बैदेशिक लगानीका लागि वाताबरण बन्दै गएकोले यसका लागि अन्तराष्ट्रिय सहजकर्ताको खाँचो रहेकोमा जोड दिएका थिए ।
फोरमको तर्फबाट निरन्जन अधिकारी,विबेक पाण्डे लगायतले भाग लिएका थिए । त्यस्तै जनसंपर्क समिति भर्जिनियाका निवर्तमान अध्यक्ष केशव बराल, नेपाली राजदुताबास वासिंटन डिसीबाट आकृति खनाल लगायतले अन्तरक्रियामा भाग लिनु भएको थियो । नेपाली समुदायको तर्फबाट निवर्तमान अध्यक्ष बरालले गैर आवासीय नेपालीहरुलाइ नागरिकता दिने कुरा संविधानमा उल्लेख गर्न योगदान पुराउने सम्पूर्ण पक्षलाइ धन्यवाद दिदै अब बन्ने कानुन तथा विनियमहरुमा प्रवासमा हुर्कदै गरेको दोस्रो पुस्तालाई आकर्षण बढाउन, एनआरएनहरुको नेपालमा भएको पैतृक सम्पतिको स्वामित्व स्पष्ट पार्न र विदेशमा एनआरएनले लिएको नागरिकता हो वा बस्ने अनुमति मात्र हो त्यस सम्बन्धी प्रष्ट उल्लेख गर्न आग्रह गर्नु भएको थियो
प्रतिक्रिया