तेश्रो पटक अंग्रेजीलाई नेपालीमा के भनिन्छ भन्ने लेख्ने जमर्को गरे l जुन पनि भाषामा शब्द भण्डारको अपरिहार्यता हुन्छ l अमेरिकाको व्यस्त समयमा आफुले नेपालीमा जानेको शब्द पाठक तथा अल्मलिएका लाई केहि राहत हुन्छ भनेर अमेरिकाबाट बिशुद्ध नेपाली लेख्ने आँट गरेको छु l एक प्रकारको समाज सेवा नै ठाने पनि हुन्छ l
यो पंक्तिकारले सदैब नया नेपाली शब्दको चयन गर्दा पाठक वृद्धि भएका छन् l कलम चलाउनेलाई यो भन्दा ठुलो कुरा केहि हुदैन l पाठक भगवान नै हुन् l कुरा यसरि श्रीगणेश गर्दछु ,केहि दिन अगाडी हिलारी क्लिन्टनलाई टाईफाईड र निमोनिया भयो भनेर टिका टिप्पणी गरियो l जे होस् यस्ता शब्दका पनि नेपाली शब्द हुन्छन l कलम चलाउनेले खोज्दा राम्रो l टाईफाईड लाई नेपालीमा म्यादे ज्वरो भनिन्छ भने निमोनियालाई फोक्सो सुज या द्विफोक्सोसुज भन्ने गरिन्छ l
जति प्रयोग गर्यो त्यति नेपाली भाषा धनि हुन्छ l रिङ्ग रोड भन्नु पर्छ भन्ने हैन चक्रपथले पनि काम किन गर्दैन त ? यसै गरि न्युरोड नै भन्नु पर्ने कुनै शास्त्रमा लेखेको छ त ? नया सडक भन्दा कान कसैले समात्छ छ ?
सूचना प्रबिधि को जमाना छ ,अर्थात् आइटि l हामी सबैले अत्यधिक प्रयोग गर्ने शब्द हो ,डाउनलोड ? यसलाई के भनिन्छ त ? यसलाई आरोपण या लादनु भनिन्छ l अहिले हरेक संग घुम्ती या भ्रमण ध्वनि (सेल फोन ) हुन्छ l सबै जना तस्बिर खिच्ने गर्छौ l अंग्रेजीमा आफैले खिच्ने तस्बिरलाई सेल्फी भनिन्छ l नेपालीमा यसलाई आफैको तस्बिर या स्वयम्को तस्बिर या छायाचित्र भनिन्छ l र ,अहिले छडीले ज्यादा तस्बिर खिचिन्छ त्यसलाई स्वयंको तस्बिरलट्ठी भनिन्छ l
यसै गरि एन्टी बायोटिकलाई प्रति जैविक भनिन्छ भने पोलिथिन ब्यागलाई झिलझिले झोला भनिन्छ l यसै गरि स्टेप्लरलाई टाका भनिन्छ l कम्प्युटरलाई सु-सङ्ख्य यन्त्र पनि भनिन्छ भने संगणक यन्त्र पनि भनिन्छ l
सवारी साधनको स्टेरिंगलाई गोल बिड भनिन्छ l मोटर साइकललाई भटभटे भनिन्छ l ट्रासलाई फोहर दानी या फोहर बट्टा भनिन्छ l नेपालमा सदैब खान पकाउने इन्धनको अभाव हुन्छ l अंग्रेजीमा ग्यास सिलिन्डर भनिन्छ भने नेपालीमा इन्धन ढुङ्ग्रो भनिन्छ l ग्यास पाइपलाई इन्धन नली भनिन्छ l चमेना गृहमा खाए पछि आतिथ्य गर्ने व्यक्तिलाई केहि दिने रकमलाई बक्शिश भनिन्छ l अमेरिकामा भूकम्प पछि सरकारले नेपालीलाई दिएको एक सुबिधालाई टेम्पोररी प्रोटेक्टटेड स्टाटस(टिपीएस )लाई अस्थाई सुरक्षा दर्जा भनिन्छ l टेक्स्ट या मेसेज लाई नेपालीमा संदेश भनिन्छ l
यसै गरि कम्प्युटरको कर्सरलाई सूचक भनिन्छ l मार्सल आर्ट्सलाई युद्ध कला भनिन्छ l मदिरा सेवन गर्दा एक पेग यसमा पनि सानो या ठुलो पेगलाई सानो घुड्की र ठुलो घुडकी भनिन्छ l
यो पंक्तिकारले लेखे जस्तै गरि लेख्नु पर्ने भन्ने नठानी दिनु होला l लेख्न सके उत्तम l नभए नेपाङ्ग्रेजि जिन्दाबाद !
प्रतिक्रिया