नेपालका केहि जिल्लामा अझ पनि तुईन नदि तर्ने मुख्य साधन मानिन्छ l अधिकांश बटुवा तथा बालबालिकाहरु यस्को कारण ज्यादै जोखिम पूर्ण यात्रा गरि रहेका छन् l र कैयौ दुर्घटनाको शिकार भै ज्यान समेत गुमाएका छन् l
प्रतक्ष्य रुपमा आफैले तुईनको अवस्था देखे पछि यसबारे केहि गर्नु पर्छ भन्ने अठोट लिदै तुईन चलचित्र बनाएको तुईन चलचित्र कि निर्मात्री श्रीजना उप्रेती बताइन l यस बाट बिश्व भर रहेका गैर आवासीय नेपालि समुदाय तथा बिश्वलाई एक सशक्त संदेश दिन सकोस भन्ने हेतुले यो चलचित्र बनाउन जागर लागेको उनले बताइन l
चलचित्र बनाउनु मेरो पेशा हैन l प्रथम पटक मैले लगानी गरेको छु भनिन l पेशा नभएकोले यो मेरो मनोभाव (प्यासन )हो l तुईन चलचित्र कमाउने ध्येयले बनाएको हैन ,म यस्को आर्जनले नेपालमा आश्रय बनाउछु उप्रेतीले भनिन l समाजलाई केहि गरौ भन्ने आफुमा रहेकोले आफु समाज सेवामा लागेको स्पष्ट पारिन l
समाज सेवामा रमाउने उप्रेती हाल अमेरिकाको डिसी महानगर क्षेत्रमा रहदै आएकी छिन् l नेपालमा अध्यापन पेशामा रहेकी उप्रेती एक सामाजिक कार्यकर्ता तथा विभिन्न संघ संस्थामा सक्रिय भूमिका निर्वाह गरि सकेकी छिन् l यस चलचित्रका निर्देशक उत्सव थपलिया ,अन्जना बस्नेत तथा सम्पूर्ण तुईन टोलीलाई धन्यवाद दिन चाहन्छु भनिन l
डिसीमा श्रीजना उप्रेती संग तुहिन चलचित्र सम्बन्धि लिइएको छोटो अन्तर्वार्ता ,सम्पूर्ण हेर्न यहाँ थिच्नु होला :
प्रतिक्रिया