झम्के गुलेलीले हातमा रुद्राक्ष फलायो : गायक भेटुवाल

इनेप्लिज २०७३ असोज ३ गते १५:४७ मा प्रकाशित

kamalikanta-bhetwal-555x335

काठमाडौं, २ असोज । भनिन्छ, भाग्य छ भन्दैमा डोकोमा गाई दुहुने काम मुर्खता हो । नेपाली गीतसंगीतमा कोही भाग्यको भरमा स्थापित् भएको सम्झन्छन् भने कोही परिश्रम र लगनशिलताको फल ठान्छन् । यति सम्मकी कि रेखाको चल्छ कि देखाको चल्छ जस्ता शब्दहरू नसुनिएका पनि होईनन् । स्थानीयको आवाज, माटोको गन्ध मिसाएर गित गाउनेहरूको ईतिहास सारै गरुङ्गो छ । सारै मूल्यवान छ । त्यो काम राज्य र जनताको जीवनलाई उचाईमा लैजाने खालको हुन्छ । १० प्रश्नका १० उत्तरको लागि गीत संगीतको विशिष्ट पगरी बाँध्न सफल गायक कमलीकान्त भेटुवालसँग गरिएको कुराकानीको सम्पादित अंश :

१. आज भोली केमा व्यस्त हुनुहुन्छ ?

विहान देखि दिउसो एक बजेसम्म क्याम्पसमा अध्यापनको काम छ । बढि समय गीत संगितलाई नै दिएको छु ।

२. पछिल्लो समयमा गित संगितलाई कम प्राथमिकता दिनु भएको हो ?

होईन नि । यो गीत संगीतको क्षेत्र छोडँे भनें त बर्वाद हुन्छु । मेरो सबै खुशि यसैमा छ । हाँसो, मिलन, समाजको सुख दुःख सारा यसैमा छ । पछिल्लो समयमा पनि गीतहरू बनाउँदै छु ।

३. दुईटा डुङ्गाको यात्रा सहज त पक्कै छैन होला ?

हो । तर संर्घष नै जीवन हो । समाज र लोक भाका आफ्नो खुशि हो भन्नेलाई हरेक किसिमका बाधा यवधान, अप्ठ्यारा आउँछन् जान्छन् । एकातिर परिवार अर्कोतिर गीतसंगीत अनि त्यो भन्दा अर्कोतिर अध्ययन, अध्यापन समय मिलाउन अलि सहज छैन नत्र भने सक्नेलाई सजिलो छ ।

४. कमलीकान्तलाई गीतले चिनाएको हो कि ? गितलाई चिनाउन कमली कान्त हिँडेको हो ?

साह«ै राम्रो प्रश्न । म गर्वकासाथ भन्छु मलाई मेरा सिर्जनाले चिनाएका हुन् । जब गित बजारमा चौतर्फी बज्न थाल्छ अनि मात्रै कलाकारको खोजि हुन्छ ।

५. कति जति गीत गाउनु भयो आजसम्म ?

मैले त्यस्तै चार दर्जन गितमा आवाज मिसाएको छु ।

६. सबै भन्दा चलेको गित अर्थात रुचाइएको गित कुन हो ?

अत्यधिक रुचाईएको गित ‘झम्के गुलेली’ नै हो । जुन गित मेरो लागि हातमा फलेको रुद्राक्ष हो । त्यो पनि एकमुखे बहुमूल्य । यस गीतको लामो कहानी छ । ४० वर्ष पहिले दिवंगत हुनुभएका मान्छेले गुन्गुनाउने र हाम्रो बनपाखामा गाउने लोक भाकाको गित हो यो । मैले यो गित ७ वर्ष पहिले मात्रै रेर्कड गराएँ । म गर्वका साथ भन्छु, म यो गितको मालिक होईन, सेवक हुँ । यो गीत जनताको आवाज हो । माटोको आवाज हो ।

७. लोकगितको संरक्षण कसरी गर्ने पछिल्लो पुस्ताले ?

हेर्नुस् पछिल्लो पुस्ताले लोकगित गाउनै जान्दैनन् । अर्कोतर्फ पुराना भाकालाई म्याच गर्ने खालका आवाज पनि छैनन् । यसो भन्दैमा हामीले कर्तव्यबाट मुक्ती भयाँै भन्न खोजेको होईन । सरकारले लोकगीतको छुट्टै सेन्सर बोर्डको स्थापना गर्नुपर्छ ।

८. लोकगीत कता छ हाम्रो समाजमा या बन पाखामा ?

आजभोलीका कलाकार साथीहरूले लोकगित बजारमा खोज्नु हुन्छ । बजारमा लोक गीत भेटाउछु भन्ने कसैलाई लागेको छ भने त्यो मान्छेले कोरा कल्पाना गरिरहेको छ । हाम्रो लोक जीवन गाउँमा छ । कुना–कन्दरामा छ । संस्कृति र लोकजीवन गाउँमै छ । आज सारीको सम्झना गर्न गाउँ पुग्नुपर्छ । आमाको निश्चल माया पाउन गाउँ पुग्नुपर्छ । बजार र गाउँको माया बिचमा धेरै अन्तर छ ।

९. आजसम्म कसैलाई दुःख दिएर रुवाउनु भएको छ कि ?

मैले स्टेजमा गित गाएर दर्शक बा–आमालाई रुवाएको छु । मेरा गीतहरूले रुवाएका होलान् तर मैले यसरी दुःख दिने तरिकाले रूवाएको छैन् ।

१०. तरुनीहरूको फोन कत्तिको आउँछ ?

व्यापक आउँछ । तर मैले यसलाई अनर्थ तरिकाले लिएको छैन् र उहाँहरूले पनि त्यस्तो सोच्नु हुँदैन । कोही कोहीले बौद्धिक सर्कलको मान्छे हो भन्ने पनि ठान्नु हुन्छ । कसैले सर भनेर बोलाउनु हुन्छ । कसैले साथी …सम्बन्धको सिमा फराकिलो बन्दैछ । फोन आउछन् ।

प्रस्तुत कर्ता : धनराज वास्तविक

रिपोर्टर्स नेपाल बाट

प्रतिक्रिया