काठमाण्डौं । राष्ट्रिय अपांग कोष र खगेन्द्र नवजिवन केन्द्रको आयोजनामा सडक सुरक्षा अन्र्तक्रिया तथा सचेतना कार्यक्रम आज काठमाण्डौमा सम्पन्न भएको छ ।
काठमाण्डौको जोरपाटीमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि महानगरीय ट्राफिक प्रहरीका वरिष्ठ नायव उपरिक्षक लोकेन्द्र वहादुर मल्लले सार्वजनिक यातायातमा अपांगता भएका व्यक्तिहरुलाई सहयोग गर्न तथा अन्य आरक्षणको नीतिगतरुपमा व्यवस्थालाई पालना गर्न र गराउन निरन्तर लागिरहेको बताउनु भयो । सरोकारवाला निकायलाई ध्यानाकर्षण गरी उत्पन्न समस्याहरुको गंभिररुपले आफ्नो ट्राफिक प्रहरीहरुलाई सुसुचित पार्न सरोकारवाला निकायसंग सधै समन्वय गर्न तत्पर रहेको बताउनु भयो । यसै गरी नेपाल अपांग संघका केन्द्रीय अध्यक्ष मोहन महर्जनले नेपालमा अपांगता मैत्री सडक र यातायात ब्यवस्थापमा जोड दिनु पर्ने बताउनु भयो ।
उक्त कार्यक्रमका सभापति तथा राष्ट्रिय अपांग कोषका सदस्य सचिव यमनाथ मैनालीले अपांगताको सवालमा वकालत गर्दै आएका अग्रज अभियान्ताहरुको योगदानलाई प्रभावकारी बनाउन सबै मिलेर आरक्षण लगायतका हरेक एजेण्डाहरुलाई कार्यन्वयन गर्नु पर्नेमा जोड दिनु भयो । उहाले थप्नुभयो हाम्रा समस्याको अगुवाई हामीले नै गर्ने हो त्यसको लागि सरोकारवाला सबैको सहयोग रहनु पर्ने र कार्यन्वयन तहमा रहने सम्पुर्ण निकायले उचित समयमै चासो मात्र हैन कार्यन्वयन नै गर्नु पर्छ, जस्तै ः दशैमा लामो दुरीमा चल्ने सवारी साधनमा टिकट उपलब्धतामा सहज हुनेकी नहुने त्यस्को लागि पहल कस्ले गर्ने ? ह्वील चियर प्रयोगकर्ताको सार्वजनिक यातायातमा पहँुच सम्वन्धमा अवस्था कस्तो छ ? यस बारेमा राज्यले अविलम्व दायित्वबोध गर्नु पर्छ । उक्त कार्यक्रममा अपांगता क्षेत्रका दुई सय जनाको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया