डिसीबासिले भुकम्प पीडितका नाममा दिएको पैसा कुन शिर्षकमा खर्च गरियो ?

इनेप्लिज २०७३ भदौ २८ गते ०:२३ मा प्रकाशित

dev khanal

नेपालको सान्ति र विकासका बाधक राजनैतिक पार्टीहरु होइन l शिधान्त, विचार , मार्गदर्शन एकातिर छ भने नेताहरु कुम्लो बोकी ठिमी तिर लागेको अवस्थाको कारण आज देश लथालिंग अवस्थामा पुगेको छ l विधिको सासन भन्दा मुड्की ,गुन्डागर्दी ,दलालको काबुमा राज्य संचालन भएको छ l प्रजातन्त्र समाजबादका प्रवर्तक बि.पी .कोइरालाबाट प्रतिपादित सिद्धान्त नेपाली माटो सुहाउदो थियो,छ भबिस्यमा समेत मार्गदर्शनको रुपमा ग्रहण गर्न सकिन्छ l

तर राष्ट्र विकास,सान्तिका लागि अहम भूमिका निर्बाह गर्न सपथ खाएका नेताहरु आफनो काम , कर्तब्य ,अधिकारबाट अनभिज्ञ छन भने राष्ट्रिय स्वार्थ भन्दा आफनो स्वार्थलाई ज्यादा महत्वका साथ कार्य गरिन्छ l राजनैतिक पार्टी भित्र होस् वा त्यसका भात्री संगठन हुन् सबैमा असल व्यक्तित्वको पहुच पुग्न सकेको छैन l

यो कुरालाई ठोकुवा गर्न सकिन्छ l उचालेको कुकुरले मृग मर्दैन ,शिकारी सक्षम भए कुत्ताहरुको झुण्ड लिएर सिकार खेल्न जानु जरुरि नै छैन l राजनीति वा समाज सेवा, राष्ट्र र जनता प्रति उत्तर्दाही रही देशलाई साधन र श्रोतबाट समपन्न बनाउने भूमिका निर्बाह गर्ने लाई राजनीतिज्ञ वा समाज सेबी भनिनु पर्छ तर नेताहरुको पृष्टभूमिलाई मुल्यांकन गर्दा अहिले सम्म देखिएको घिनलाग्दो ,खतरनाक समुह , झुण्ड , दलालको आडमा पार्टी र संगठन चलेको छ l

पार्टीको आडमा राज्यकोस लुटिएको छ भने सरकारी नियुतिमा आफन्त, दलालको निर्देशबाट आएकाहरु नै मुलुकका बिसिस्ट व्यक्तिको दर्जा ग्रहण गरि रहेका छन् l पार्टीका सुभ चिन्तकहरु जो नेपाली जनताको प्रतिनिधित्व गर्दै देशमा भएको भ्रस्टाचार, गुन्डागर्दी, समूहबादबाट देश बर्बाद हुदैछ यसलाई रोक्नका लागि स्वफुर्त रुपमा आफना भावनाहरु राखने क्रमको सुरुवात भएको छ l

हिजोको नेपाली समाज बाट नेताहरुको उपाधि पाएका नेताहरु आज मतिभ्रस्ट भएका छन् भने उनीहरुको छत्र छायामा बढेका स्वघोषित नेता बनेका बनाइएका नेताहरु आफनो काम , कर्तब्य र अधिकारबाट अनभिज्ञ छन् जो माथिको कृपा -पात्रका भरमा समाजमा टिकेका छन् l

हिजोको नेपाल र आजको नेपालमा १०० गुणा परिबर्तन भएको छ ! नेपाल बनाउन अन्य मुलुक बाट कोहि आएर बनाउने होइन देश जनता बाट नै बनिने कुरा हो l हामी सग भएको स्रोत र साधनलाई परिचालित गर्नका लागि एक असल नेताको खाचो मात्र छ जसले देशमा विधिको सासन संचालन गर्न सकोस l सक्षम व्यक्तिहरु क्षमताका आधारमा राष्ट्र सेवा गर्ने महत्व पूर्ण ओहदामा पुग्न सक्ने बिधि र नियमको सुरुवात गर्न सकोस l

सरकारी नियुक्ति पाएका बिशिस्ट व्यक्तिहरु नै भ्रस्टचारमा मुसिएको खबर संचार माध्यममा देखिन्छ र पढिन्छ l सबै जनालाई दोष लगाउन पनि मिल्दैन l भूकम्प पिडितको नाममा पठाईएको रकम हिनामिना पनि भएको छ l कसैलाई दोषारोपण गर्ने भन्ने पनि हैन l परदेशमा दुख गरेर भूकम्प पिडितलाई डिसी बासीले पनि दुताबास ,अन्य संघ तथा संस्था मार्फत पठाएका थिए l

बिपतमा परेका जनताको मलम पट्टि गर्न उठाएको रकम सम्बन्धित ठाउमा पुग्न सक्दैन भने कसले जिम्मेबार लिने ?संस्थाले पठाएको रकम कुन शिर्षकमा खर्च गरियो त भन्ने यो पंक्तिकार को आशय पनि हो l डिसीबासि को पनि त्यो अपेक्षा छ l

यस कुरामा सम्बन्धित निकाय तथा जिम्मेबार पक्षले ध्यान दिओस l

प्रतिक्रिया