रौतहट सदरमुकाम गौरके एउटा वरको रुखमा देखियो अनौठो आकृति

इनेप्लिज २०७३ भदौ २५ गते १०:५८ मा प्रकाशित

bar-ko-rukh-ma-dekhiyeko-aakriti-2

रौतहटमा एउटा वरको रुपमा अनौठो आकृति देखिएको छ । एक्काइसौँ शताब्दीमा विश्वासै नलाग्ने आकृति रौतहटको सदरमुकाम गौरमा देखिएको हो । शुक्रवार साँझ गौर नगरपालिका ३ मा रहेको मुसहर बस्तीनजिकको हाटबजारमा रहेको वरको रुखमा आँखा, आँखीभौँ र मुखसहित अनुहारको आकृति देखिएको हो ।
कसैले भनेर विश्वासै नलाग्ने अनौठो आकृति देखिएपछि स्थानीय आश्चर्यमा परेका छन् । अझ नवयुवाहरुले आकृति देखेर फोटोसमेत खिच्न भ्याएपछि आश्चर्य र कौतूहल सबैतिर बढेर गएको छ ।

शुक्रवार साँझ करिब साढे सातबजेको समयमा स्थानीय युवाहरुले वरको रुखलाई समातेर मोबाइलमा फोटो खिच्न थाल्दा अनौठो आकृति देखिएपछि तर्सेका थिए ।
एउटा वर र पीपलको रुख नजिकै रहेको स्थानमा साँझ घुम्न गएका युवाहरुले मोबाइलमा वरको रुखलाई समातेर फोटो खिच्न खोज्दा पहिले रुखमा एउटा आँखा र आँखीभौँ देखिएको थियो । रुखतिर मोबाइल ते¥स्याउनुअघि रुखमा केही पनि नदेखिएको तर दुईजना साथीलाई रुखलाई अंगालोमा समाउन लगाउँदा आँखीभौँ देखेपछि फोटो खिच्ने स्थानीय विक्रान्त विक्रान्त विक्रम नेपालले दुवैजनालाई बताएका थिए ।
फोटो खिचाउने दुवै युवक पनि तर्सिएर पर भागेपछि विक्रान्तले फेरि दुईवटा फोटो खिचेका थिए । मोबाइलमा खिचिएको दुवै फोटोमा अचम्म त के देखियो भने अघि एउटा आँखीभौँ देखिएको रुखमा दुई आँखीभौँ आएको थियो । त्यसपछि पुरै डराएर चिच्याएपछि त्यहाँ मानिसहरुको भीड जम्मा भएको थियो । केहीबेरसम्म रुखमा आँखीभौँसहितको मानिसको अनुहारको आकृति र मुखसमेत देखिएको स्थानीयले बताएका छन् ।

अँध्यारोमा पनि उज्यालोसहित देखिएको आकृति केहीबेरमा विस्तारै आफैँ हराएको थियो । देखिएको आकृति काली माताको भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । आकृति देखिएपछि तत्कालै केही स्थानीयले पूजा गरेका थिए ।

घटना सार्वजनिक भएपछि शनिवार बिहानैदेखि वरको रुखनेर पूजा गर्नेहरु तथा हेर्नेहरुको घुइँचो रहेको छ । रौतहटको विभिन्न स्थानका साथै भारत बिहारको पनि विभिन्न गाउँबाट पनि हेर्ने तथा पूजा गर्नेहरु आएको देखिएका छन् ।

bar-ko-rukh-ma-dekhiyeko-aakriti-3

प्रतिक्रिया