मदेशी जनता नेपाली हुन् नेपालको जुसुकै भूभागमा आवतजावत गर्न नेपालको सबिधानले रोक लगाएको छैन भने के को लागि अलग पहिचान चहियो l मधेसी जनताको नाम बेचेर भारतीय दलाल सलबलाएका मात्र हुन् l मदेशबादी दलहरु भारतका दलाल हुन् यो वास्तविक सत्यतामा आधारित छ l नेपालको सिमांकन लाई कुनै एक जाति, गुठ , समूह छिमेकि राष्ट्रले आफनो स्वार्थ पुरा गर्नका लागि उचालिएको मुद्दा मात्र हो यो कुनै हालतमा हुदैन l
मदेशी जनता नेपाली हुन् भाषा भारतीय भएको भरमा छुट्टै राज्यको माग गर्ने र उस्क्सौने छिमेकि राष्ट्र भारत लाई एउटा प्रस्न !! दार्जिलिंग र सिक्किममा नेपाली भाषा बोलिन्छ त्यहाँ बसोबास गर्ने जनता नेपाली मुलका हुन् दार्जिलिंग र सिक्कम नेपाललाई हस्तातंत्रण गर अनि सिमांकनको बारेमा सोचौला l
आफुलाई कट्टरपन्थी हिन्दु बादी भन्न रुचाउने भारतीय जनता पार्टीका लिडर मोदी राक्षस प्रवृति भएको कारणबाट नेपालमा सान्ति कायम हुन नसकेको अवस्था छ !! भारतले लाएको नाका बन्दिलाई नेपाली जनताले परस्त गरि छाडे भने अबको सिमांकन सम्बन्धि मुद्दा लाई पनि नेपाली जनताले नै ठेगाना लाउने छन् l
एक नेपालीलाई बन्दुक बोकाएर अर्को नेपालीको हत्या भएमा मात्र विकास हुन सक्छ भन्ने प्रलोभनमा परेका कमरेड प्रचण्ड र बाबुराम आज भारतका गोटी हुन् भन्ने कुरा प्रमाणित भएको छ l जनता सान्तिप्रिय हुदाहुदै पनि २० सौ हजार नेपाली जनताको हत्या भयो भने देशले घुडा टेकेको अवस्थामा पुगेको थियो l
नेपालको संबैधानिक ब्यबथा अनुसार सरकार बनाउन बहुमत पुर्याउनु पर्ने अवस्थाका कारण बाट कांग्रेसपार्टीको बैशाखीको भरमा सत्ता शिन भएका कमरेड प्रचण्ड ९ महिने गर्ब अवस्थामा बास बस्न पुगेका मात्र हुने भने भोलिको राजनैतिक अवस्था सुन्यमा पुगेको छ भने बाबुराम भारतका पाल्तु जनावरको हैसियतमा बसेका छन् l नेपाली कांग्रेसका पार्टी सभापति स्व गिरिजा प्रसाद कोइरालाको प्रयासमा नै माओबादी मूल राजनीतिमा प्रबेश गराएका हुन् यो कुरा पटक पटक कमरेड प्रचण्ड बाट मुक्त कण्ठ बाट प्रसस्न्सा गरेका छन् l कांग्रेस पार्टी देश र जनतका लागि पटक पटक माओबादी सग झुक्नु र चुक्नु परेको अवस्था छ l
राजनैतिक पार्टीहरुका बरिस्ठ नेता दलाल सग उठ- बस् भएको कारण बाट नै नेपालका ठुला -ठुला परियोजनाहरु भारतको कब्जामा हुनु पर्ने ,नेपालका सडक भारतीय दलालको कब्जामा हुनु पर्ने ,पुर्बपस्चिम सडक मार्ग बनाउन भारतको हैकम-बाद रहनु पर्ने बद्यतामा छ भने हाम्रो सरकारी उच प्रशासनिक र सरकारी सेवामा रहेका मुख्य सचिब देखि सचिब लगायत पहुच भएका ब्यक्तिहरु समेत भारतीय दलालको सेरो फेरोमा घुमेका छन् l
भारत नेपालमा स्थाई सान्ति र विकास कहिले पनि चाहदैन कारण एक दिन नेपाल लाई आफ्नो कब्जामा पर्ने सदयंत्रमा दाउ खोजि रहेको छ l मदेश २ प्रदेश गर्न खोज्नुको मूल कारण नेपाल लाई एक दिन भारतको अधिनस्त गर्न सक्ने एक कदम चाल हो ll यो कुरा सबै राजनैतिक पार्टीका बफादार नेताले जनतालाई सुसजित गर्नु पर्छ l कुर्सि पाउने दाउमा नेपाल बिक्रि गर्ने अधिकार नेतामा छैन ll
प्रतिक्रिया