भर्जिनियाको राजधानी मन्दिरमा “तीज” भब्य भयो

इनेप्लिज २०७३ भदौ २० गते २:५३ मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसी नजिकै भर्जिनियाको Chantilly मा  हरितालिका “तीज” बहुतै भब्यताकासाथ सम्पन्न भयो l  नेपालीको बाक्लो बस्तीको बिचमा मन्दिर रहेको कारणले, यो बर्ष सबैभन्दा बढ्ता दिदी, बहिनीहरुको सहभागिता  राजधानी मन्दिरमा हुन गयो l मन्दिरमा बेलुकी साढे छ बजे देखी आठ बजे सम्मको  अवधीमा करिब ५०० – ६०० दिदी, बहिनीहरुको सहभागिता थियो भने मन्दिरमा बिहानै देखी नै दिनभरी नै आऊने र पुजा गरेर जाने गरेका नेपाली  महिलाहरुको कुल जम्मा संख्या जोड्दा पन्द्र सय – दुई हजार जती नेपाली 

महिलाहरुले यो बर्ष राजधानी मन्दिरमा तीज मनाएको तथ्यांक  मन्दिरमा कार्यरत नेपाली पण्डित मोतिलाल शर्माले ईनेप्लीज डट कमलाई बताऊनुभयो l     
भारतीय ब्यबस्थापनमा संचालन भएको हिन्दु मन्दिरमा एकमात्र नेपाली पण्डित रहेका  मोतिलाल शर्माको संयोजनमा नेपाली पर्ब “तीज” यती धेरै भब्यताकासाथ मनाऊन पाएको खुशीयालीमा  त्यहाँ ऊपस्थित भएका  अमेरिकाको जेठो संस्था अमेरिका नेपाल सोशाईटी १९६७  (ANS) का भु० पु० अध्यक्षहरु खेम भट्टचन र ड़ा० ठाकुर पुडासैनीले पण्डित मोतिलाल शर्मालाई धन्यबाद दिएको देखिन्थ्यो l 

 

प्रतिक्रिया