साहित्यिक संग्रहको विमोचन

इनेप्लिज २०७३ भदौ १७ गते २१:४२ मा प्रकाशित

रत्ननगर । युवाकवि मोतिराम भट्टको १५१ औं जन्मजयन्तीको अबसरमा कैलाश साहित्यिक पत्रिका र नारी विशेष तीज गीत संग्रह २०७३ को आज विमोचन गरिएको छ । कालिगण्डकी साहित्य मञ्चले आयोजना गरेको सो कार्यक्रममा कैलाश साहित्यिक पत्रिका र गीतकार रुद्रराज कँडेलको तीजगीत संग्रह विमोचन गरिएको हो । बरिष्ठ साहित्यकार केशवराज आमोदी प्रमुख अतिथि रहेको सो कार्यक्रममा पल्लब साहित्य प्रतिष्ठानका अध्यक्ष गोर्खे साहिंला,साहित्यकार राजेन्द्र घायल,रुद्रराज कँडेल,रुविन पौडेल,रुष्मा अधिकारी,सरिता रिजाल,अमित कँडेल,विकास थापा,विशाल कँडेल लगायतले आ आफना रचना बाचन गरेका थिए । कार्यक्रम कालिगण्डकी साहित्य मञ्चका अध्यक्ष गणेश शर्मा पौडेलको अध्यक्षतामा भएका थिए ।

प्रतिक्रिया