स्वास्थ्यमन्त्री भएसँगै नेपाली कांग्रेसका युवा नेता गगन थापाको चर्चा अहिले अरु बढेको छ । सामाजिक सञ्जालमा मन्त्री थापाका बारेमा गरिएका टिकाटिप्पणी भाइरल भएका छन् । धेरैले उहाँलाई राजनीतिमा युवा पुस्ताको शाख जोगाउने गरी देश र गरिब जनताको पक्षमा काम गर्न सुझाव दिएका छन् । अनि कतिपयले त गठबन्धनको सरकार, यसको आयु, थापाले सम्हालेको मन्त्रालय अन्तरगत स्वास्थ्य क्षेत्रमा विद्यमान विकृति जस्ता कारण मन्त्री भएसंगै थापाको राजनीतिक लोकप्रियता घट्न् पो हो कि भनेर चिन्ता व्यक्त गरेका छन् ।
प्रखर र स्पष्ट वक्ता थापालाई आज म अस्ति आफैले एक्यवद्धता देखाएका डा. गोविन्द केसीका माग के हुन्छन् ? नीजि कलेज सञ्चालकका मागलाई कसरी सम्बोधन गर्नुहुन्छ ? अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंहलाई महाअभियोग लगाउन संसदको ध्यान आर्कषण प्रस्ताव कहाँ पुग्यो ? नेपालका दुर्गम गाउँहरुमा डाक्टर कहिले पुग्छन् र आम मानिसले स्वास्थ्य सेवा नपाएकै कारण ज्यान गुमाउने दिनको अन्त्य कहिले होला ? प्रस्ट पार्न आग्रह गर्छु ।
जवाफमा स्वाथ्यमन्त्री थापाले आफ्नो मन्त्रालयको काम चुस्त र दुरुस्त पार्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिइसकेको बताए । मन्त्री थापाले एक महिनाभित्र आफ्नो घण्टा–घण्टा र दिन दिनैको कामको प्रगति विवरणको समीक्षा गर्न तीब्र गतिको सफ्टवेयर सिस्टम विकास गर्न थालिएको समेत स्पष्ट पारे ।
अन्तर्वार्तामा स्वाथ्यमन्त्री थापाले जनताका पक्षमा पाँच ठूला योजना पनि सुनाए ।
कान्तिपुर टेलिभिजनका लागि दीलभुषण पाठकले स्वास्थ्य मन्त्री गगन थापासँग लिएको अन्तर्वार्ताः
प्रतिक्रिया