युबा सक्ति पलायन हुदा राजनैतिक पार्टीका नेताहरु लाई नै बढी फाइदा र काइदा भएको छ !!

इनेप्लिज २०७३ भदौ १३ गते ११:२६ मा प्रकाशित

unnamed

झोपडीको करुणा,देश र जनताले भोग्नु परेको पिडालाई चिन्तन मनन गर्दै प्रतिपादित शिधांत प्रजातन्त्र र समाज-बाद नै हो l बिपी कोइराला बाट प्रतिपादित शिधांत संसार रहे सम्म नै बाच्नेछ ! राज्यले दिनु पर्ने न्युनतम सुबिधाहरु शिक्षा, स्वस्थ , रोजगार , बाटो यातायात, सकृतिक तथा राजनैतिक स्वतन्त्रता सबै जनताले समान रुपमा उपभोग गर्न पाएको अवस्थामा मात्र प्रजातन्त्र समाजबादको औचित्य पुस्टि हुन्छ l

बीपीका विचार, चिन्तन लाई कुनै चतुर नेताले ब्याख्या गर्नु जरुरि नै छैन कुनै एक कोठामा बसेर बिपी कोइराला महामानव हुन् उनले देखेको बाटोमा हामी लाग्नु पर्छ भनेर भाषण सुन्दा सुन्दा नेपाली जनता थाकी सके भने एक पुस्ताको अन्त्य समेत भै सकेको छ l बिपी कोइरालाको समाजबाद आज वास्तविक नागरिक भन्दा धेरै टाडा छ भने कुनै एक चण्डाल वर्गको हातमा भएको हुदा राज्यका सबै सुबिधाहरु आफै उपभोग गरि रहेका छन् l गरिबीको आशु नदि झैँ बगी रहेको छ भने देशका नेता राज्यको ढिकुटीमा सधै दशैं मनाई रहेका छन् l कांग्रेसका नेताहरु आज समाज भन्दा समुहमा रमाएका छन् गरिब सग भन्दा दलाल सग उठबस गर्छन , देश भक्ति भन्दा बिदेश राष्ट्रको भक्त बनेका छन् l देश बनाउन सपथ खाएका नेताहरु देशका बाधक भएका छन् ! एक आमा र शिसु समयमा अस्पताल नपाएर मृत्यु हुनु परेको अवस्था छ भने नेता रास्ट्रको ढुकुटीमा बिदेशी अस्पतालमा सेवा लिएर समाजबादको कुरा गर्छन यो भन्दा घटिया हर्कत के नै हुन सक्छ l

बन्दुक बाट राज्यमा आतंक सृजना गरि सर्बहाराका नायक बनेका नेताहरु आज रास्ट्रको ढिकुटी बाट महल ,पजेरो ,५ तारे होटलमा सुरामा डुबेका छन् भने कुन पार्टीको बिस्वस्मा जनताले भारोषा राख्नु जुन जोगी आए पनि कान नै चिरेको !! बीपीको शिन्धंत बाट धेरै नेताको जन्म भयो तर देशको लागि भन्दा आफनो र आफनो समुहका लागि मात्र शिधन्त लागु भएको छ l आज मुलुक संकटको अवस्थामा परको छ ! संबिधान,सान्ति , विकास मूल नारामा पार्टीहरु एक हुनु पर्नेमा आपसमा मिलिजुली सरकार परिबर्तन सत्ताको खेलमा समय व्यतित भएको छ l श्रोत र साधन , जनसक्ति हुदाहुदै पनि आज लाखौ युबा रोजगारका लागि बिदेश पलायन हुनु परेको तितो सत्यलाई राजनैतिक पार्टीहरुमा चिन्ता छैन !

यसको मुलकारण गरिबी माथि आफु सासन गर्न पाइने आफनो भाग सधै सुरक्षित हुने अनि असल र सक्षम युबा सक्ति पलायन हुदा राजनैतिक पार्टीका नेताहरु लाई नै बढी फाइदा र काइदा भएको छ l “फुटाऊ अनि राज्य गरको शिधांत” झुण्ड वा समूह बनाउ आफु सधै नेता रहने फर्मुला लागु भएको छ l लोकमानको सम्पति विवरण खोज्दै गर्दा कुल्मानेको सम्पति लाई संरक्षण गर्ने डनका नायक नेता भएका छन् l गरिबको झुपडी मलम पट्टि गर्न सयोग गर्नु भन्दा दलाल लाई देश जिम्मा दिएर सात पुस्ता पुग्ने सम्पति आर्जन गर्ने सग खै सम्पति विवरण मागेको गगन महोदय l

राजनीति गर्नु भनेको कुनै एक ब्यक्ति वा समूह खुसि पर्ने र कुनै समूह लाई थर्काउने होइन समग्रमा राष्ट्रिय हितमा सबै वर्गलाई समेट्न सक्ने नीति र कानुनको तर्जुमा गर्नु पर्छ l बीपीको समाजबादी चिन्तन गर्ने नेताहरु आज समाजका किरा भएका छन् l कालो पोथी लाई रातो भाले हो भन्ने समूहको अन्त्य नभए सम्म मुलुकमा विकास सम्भब छैन ! देशको गरिबी ,दशा हेर्दा-हेर्दै आफु समेत एक दिन गरिबीको टिका लगाएर बिदा हुने छौ !!

प्रतिक्रिया