अमेरिकाका नेपाली संचारकर्मीलाई हन्तकाले र भातमारा हुन् भन्ने दोषरोपण

इनेप्लिज २०७३ भदौ १३ गते १:०७ मा प्रकाशित

FullSizeRender

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रियको ९ औ क्षेत्रीय सम्मेलनमा अमेरिकाका नेपाली संचारकर्मीलाई हन्तकाले र भातमारा हुन् भन्ने दोषरोपण लगाईएको छ l सामाजिक सचेतनामा सदैब खबरदारी गरि रहने राष्ट्र को चौथो अङ्ग पत्रकारिता पेशामा अमेरिकामा रहेका पत्रकारलाई उक्त लान्छना लगाईएको छ l गैर आवासीय नेपाली संघको समाचारलाई ब्रम्हाण्ड पुर्याउन अहोरात्र खटिएका पत्रकारलाई हन्तकाले जस्तो व्यवहार गरिएको छ l

आफ्नो बगली बाट द्रब्य निकाली आफै रमाउने अमेरिकाका संचार कर्मीले खडकुला ,कसौडी र ठुला कराईमा पकाईका ८४ व्यंजन खाध्य सामग्रीहरु अफ्रीकाको भुखमरी देशबाट आएको जस्तो ठानी पलेटी कसेर जस्तो गरि खाए पछि पाहुनालाई अपुग भए पछि यस्तो आरोप पो लगाईएछ l

rice

भिजन २०२० एण्ड वियोण्ड भन्ने नारा सहित अगस्त २७ र २८ तारिखमा अमेरिकाको न्युजर्सीमा भै रहेको नवौ क्षेत्रिय सम्मेलनमा संचारकर्मी अपमानित भएका छन् l आयोजकहरुले संचारकर्मीहरुलाई दर्ता स्वरुप लाग्ने शुल्क ५० डलर मिनाहा गर्ने र समाचार सम्प्रेषणका लागि संचार केन्द्र को ब्यवस्था गर्ने बताएका थिए ।

उक्त कुरा भेलाका संयोजक सोनाम लामाले संचारकर्मीहरुको समूहमा पुगेर ’ पत्रकारहरुले गर्दा आयोजकलाई खाना पुगेन’ भन्दै व्यंग्य गरेका थिए l नेपाल अमेरिका पत्रकार संघले पत्रकार माथि भएको निकृष्ट व्यवहारको घोर भत्सर्ना गर्दै खेद ब्यक्त गरेको छ भने सम्मेलन आयोजकसँग औपचारिक क्षमायाचनाको माग पनि गरेको छ l

न्युजर्सीमा भै रहेको नवौ क्षेत्रिय सम्मेलनको क्रममा साँझको खाना पछि पत्रकारले सित्तैमा खाना खाएको प्रचार गरिनुका पछाडि कुन नियतले काम गरेको थियो, र हामी संचारकर्मीहरु सोच्न बाध्य भएका छौ भनि अमेरिका नेपाल पत्रकार संघका महाचिब तोया दाहाल द्वारा प्रेषित छापा बिज्ञप्तिमा उल्लेख गरेका छन् l

प्रतिक्रिया