बानाको पिकनिक यहि आईतबार

इनेप्लिज २०७३ भदौ ११ गते ७:४३ मा प्रकाशित

1

बानाले आयोजना गरेको यस बर्षको समर पिकनिक यहि आईतबार मेरिल्याण्डको बाल्टिमोरमा हुदैछ | मेरिल्याण्डमा रहेका सबै नेपाली जनसमुदाय र नेपाली संघ संस्थालाई उक्त पिकनिकमा सहभागी भएर रमाइलो गर्न बानाले हार्दिक अनुरोध गरेको छ |

पिकनिकमा रमाइलो नाचगानका साथै बालबालिका र महिला पुरुषका भिन्न भिन्न खेल प्रतियोगिता हुने पनि आयोजक बानाले जनाएको छ |

पिकनिक हुने स्थान यसप्रकार छ:

“बाना समर पिकनिक” 

..सम्पुर्ण मेरिल्याण्डवासीहरु नेपाली परिवारहरुलाई चुल्है निम्तो छ है।

मेरिल्याण्डवासी नेपालीहरुको एक मात्र छाता संगठन बाल्टिमोर एसोसिएसन अफ् नेपलिज् इन अमेरिका “बाना”ले यहि आउने अगष्ट महिनाको २८ तारिख आईतवार (August 28th, 2016 Sunday) का दिन आफ्नो बार्षिक “समर पिकनिक” कार्यक्रमको आयोजना गर्ने भएको छ।

मेरिल्याण्ड राज्यमा छरिएर रहनुभएका नेपालीहरुलाई एकै ठाउँमा ल्याई एका-अर्कामा परिचयात्मक भेटघाट गराउनु र एकताको बलियो शुत्रमा बाँध्नु नै यस पिकनिकको मुख्य उद्देश्य रहेको बताईएको छ।
मैत्रीपुर्ण भलिबल प्रतियोगिता, बिंगो खेल, डोरी तान्ने, घैंटो फुटाउने जस्ता विभिन्न प्रकारका मनोरञ्जनात्मक खेलहरु खेल्दै लोक दोहरीको तालमा नाँच्दै नचाउँदै पिकनिकलाई भब्य बनाउने योजना रहेको आयोजकहरुले बताएका छन्। यस्तै स-साना भाइबहिनीहरुका लागि पनि छुट्टै KIDS FUN GAME हरु खेल्ने ब्यबस्था गरिने पनि आयोजक बानाका साथीहरूले जानकारी दिएका छन।

बाना कार्यसमिति 2016/17 ले यस पिकनिकलाई सभ्य र भब्य बनाउनका लागि सम्पुर्ण विद्यार्थी, व्यावसायी, कलाकर्मी, संचारकर्मी, समाजसेवी साथै विभिन्न पेशा र क्षेत्रमा संलग्न सम्पुर्ण मेरिल्याण्डवासी नेपाली जनसमुदायहरु, ब्यापारिक/ सामाजिक संघसंस्थाहरु तथा सहयोगीहरुका साथ-साथै “बाना” का भु. पु कार्यसमितिका साथीहरू, संस्थापक सदस्यहरु, सल्लाहकारहरु, आजिवन सदस्यहरु, साधारण सदस्यहरु तथा सम्पुर्ण शुभचिन्तक माहनुभावहरुलाई सहभागी भइदिनु हुन हार्दिक आमन्त्रणा गरिएको छ।

हो, परदेश अनि बर्षौं दिनको कामको थकानमा आफ्ना नेपाली दाजुभाइ दिदिबहिनीहरु बिच एक आपसमा आत्मीयता अनि अपनत्वको बिकास गराउन यस्ता पिकनिकहरुले हाम्रो समाजमा महत्त्वपूर्ण भुमिका खेलेको हुन्छ।

हामी पनि यस “बाना समर पिकनिक” कार्यक्रमको भब्य सफलताको कामना गर्दै सम्पुर्ण मेरिल्याण्डका हामी नेपालीजनहरुलाई स-परिवार उपस्थिती भइ दिन हुनको लागि हार्दिक अनुरोध गर्दछौं।

बाना समर पिकनिकका बारे थप जानकारीहरुका लागि सम्पर्क:

Kul Mani Acharya : 443-621-0477
Ansuya Onta : 917-392-4147
Satish Chapagain: 443-760-8167
Dev Sharma: 410-499-3951
Srijan Tamrakar: 443-929-5885
Subodha Panta: 512-939-7172
Shalik Wagle: 484-225-1886
Indu Raj Regmi: 410-562-2658
Bal Bdr. Gurung: 443-627-3052
Raju Parajuli: 410-608-8859
Janak Paudel: 443-851-4244
CP Adhikari: 443-627-3052
Richa Ghimire: 443-653-3354
Shiva Raj Joshi: 443-525-6861

प्रतिक्रिया