…त्यसपछि हामी सरकारमा जान्छौं : शरदसिंह भण्डारी

इनेप्लिज २०७३ भदौ ११ गते ०:३९ मा प्रकाशित

image001

काँग्रेस, माओवादी केन्द्र र मधेशी मोर्चावीच तीन वुँदे सहमति भएको पनि तीन हप्ता भएको छ । मोर्चाले संविधान संशोधन नभएसम्म सरकारमा सहभागी नहुने स्पष्ट पारिसकेको छ । अब मोर्चा कसरी अघि बढ्छ भन्ने विषयमा पत्रकार ऋषि धमलाले राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीसँग गरेको कुराकानीको सम्पादित अंश :

संविधान संशोधन प्रक्रिया कसरी अघि बढाउँदै हुनुहुन्छ ?

संविधान संशोधनको लागि नै हामीले तीन वुँदे सम्झौता गरेका छौं । उक्त सहमतिमा स्पष्ट रुपमा उल्लेख गरिएको छ कि सहमतिको आधारमा संविधान संशोधन गर्ने भनेर । हामी संविधान संशोधन गरेर यसलाई सर्वस्विकार्य बनाएर मुलुकलाई अघि बढाउनुपर्छ भन्ने कुरामा स्पष्ट छौं ।

एमाले संविधान संशोधनमा गर्ने विषयमा सहमतिमा आउँछ त ?

निश्चित रुपमा एमाले पनि मुलुकको एउटा दोस्रो ठूलो दल हो । हिजो पनि यो पार्टी नेतृत्वमा थियो र भोलि पनि नेतृत्व दिने पार्टी हो । एमालेले पनि राम्रोसँग बुझेको छ कि संविधान संशोधन भएपछि यसको कार्यान्वयन हुन्छ र मुलुकले एउटा अग्रगामी बाटो लिन्छ । त्यसो भएकाले एमालेले आफ्नो जिम्मेवारी लिन्छ भन्नेमा हामी विश्वस्त छौं । एमाले नेतृत्वमा हुँदा उसले पनि हामीलाई वार्तामा पटक–पटक आह्वान गरेकै हो । तर वार्ताप्रति हामी विश्वस्त हुन नसकेर नै त्यसले निश्कर्ष निकाल्न सकेन् ।

तर त्यतिखेर सरकारको नेतृत्व गर्नुभएको केपी ओली त तपाईहरुले अघि सारेको मागप्रति असहमति हुनुहुन्थ्यो ?

हाम्रो शर्त भनेको स्पष्ट नै छ । हामीले न कुनै नयाँ कुरै गरेका छौं । सरकारले विगतमा गरेका सम्झौताहरुलाई कार्यान्वयन गर्नुपर्छ । विशेषगरि वार्ताको लागि एक किसिमको न्यूनतम वातावरण बनाउनुपर्छ । हिजो वार्ताको वातावरण नबन्दा खेरि सहमति हुन सकेन् ।

उसो भए प्रचण्ड प्रधानमन्त्री भएपछि वार्ताको लागि सकारात्मक संकेतहरु देखा पर्न थालेको हो ?

यो सरकारले अहिलेसम्म पूर्णता पाईसकेको छैन् । यो एकदमै चिन्ताको विषय हो । आज सरकार बनेको करिब करिब तीन हप्ता पुरा भयो । सरकारको पहिलो मन्त्रीपरिषदको बैठकले गरेको निर्णयले सहमति कार्यान्वयनको सकारात्मक संकेत देखिएको हो । यद्धपी यी कुराहरु अघि बढ्दैछन् ।

तर पनि तपाईहरुको दुईवटा माग त पुरा भयो होईन र ?

दुईवटामध्ये एउटा त प्रधानमन्त्री बनाउने कुरा हो । त्यो त पूरा भैसेक्यो नि । अब दुईवटा माग पुरा गर्न बाँकी छ । तर यसमा पनि अब समझदारी अघि बढिसकेको छ ।

सरकारले सार्वजनिक गरेको सहिदको सूचिमा मोर्चा सन्तुष्ट छ कि असन्तुष्ट ?

सहिद भनेको कुनै व्यक्ति वा पार्टीको आधारमा घोषणा गर्ने कुरा होईन्, त्यो कुरामा हामी सहमत छैनौं । अहिले हाम्रो विचमा छलफल भैरहेको छ । हामीले बुझाएको सुचि र सरकारले भेरिफाई गरेको सुचिमा कुरा मिलेको छैन् । सरकारकी पक्षबाट अहिले अध्ययन भैरहेको छ । सवाल के हो भने, केही विषयहरुमा हामीले गम्भिर कुरा उठाएका छौं । कोही आन्दोलनमा सिधै गोली खाएर साहदत प्राप्त गरेका छन् भने कोही आन्दोलनका क्रममा दुर्घटनामा परि साहदात प्राप्त गरेका छन् । हरेक आन्दोलनले मुलुकको राष्ट्रियता र एकतालाई बलियो बनाउँछ । हामीले बारम्बार भनेका छौं कि विभेदले विद्रोह जन्माउँछ र विद्रोहले विखण्डन जन्माउँछ । त्यसैले विभेदलाई हटाउनतरि राज्यले ध्यान दिनुपर्छ ।

अब तपाईहरु सरकारमा कहिले जाने ?

संविधान अधुरो र अपुर्ण छ । यसलाई संशोधन मार्फत पूर्णता दिनुपर्छ । संविधान संशोधन हुनेवित्तिकै यो लागु हुन सक्दैन् । त्यो संविधान लागु गर्नुपर्ने जिम्मेवारी सबैको हो । संविधान कार्यान्वयनको लागि मोर्चा सरकारमा जानुपर्ने परिस्थिति सिर्जना भयो भने हामी सरकारमा जाने बाटो खुल्छ ।

प्रधानमन्त्री प्रचण्ड भारत जानुअघि नै तपाईहरु सरकारमा जाने सम्भावना कतिको छ ?

उहाँ भारत जाने मिति नै तोकिएको छ । तर हामी सरकारमा जाने भन्ने यसमा हाम्रो कुननै सरोकार छैन । हाम्रो निम्ति संविधान संशोधन प्रक्रिया अघि बढ्नु नै महत्वपूर्ण कुरा हो ।

प्रतिक्रिया