जनता मालिक ,नागरिक अनि मात्र राजनैतिक पार्टीको समर्थक हो l

इनेप्लिज २०७३ भदौ ५ गते २१:१० मा प्रकाशित

DEV KHANAL

जनताका समस्याको पहिचान गरि दिर्गकलिन योजनाहरु तर्जुमा गरि सबै राजनैतिक पार्टीहरु एक हुनु पर्छ भन्ने भावना जागृत नभए सम्म मुलुकमा विकास र सान्ति हुदैन I मुलुकको सान्ति र बिकासका बाधक राजनैतिक पार्टीका लिडर नै हुन् भन्ने कुरा ठोकुवा गर्न सकिन्छ I राजनैतिक पार्टीहरु जनता प्रति उत्तर्दाही छैनन् फगत चुनाबी समयमा जनताका समस्यालाई एजेन्डाको रुपमा समाबेस गरि जनताको आखामा छारो मात्र हाल्द छन् I

देशमा रहेको राज्य कोष जनताका लागि प्रयोग नभएर सरकारका मन्त्रिहरु , सरकारी नियुक्ति , बिदेश भ्रमण , फजुल खर्च आदि इत्यादी गर्दै आफुहरु मोज मस्तीमा लागेको कुरा ऎना जस्तो छर्लंग देखिन्छ ! देश विकास गर्ने कुरा जादुको छडी घुमाएर कुरा कुदाउदै यो गर्छु उ गर्छु भन्दै ओली सरकार कराउदै गर्दा जनताले ताली बजाए यो नाटकका योजनाकार ओली प्रसाद जी लाई कहाँ बाट विकासको प्रारम्भ हुन्छ भन्ने सामान्य ज्ञान समेत छैन I

बिकासको प्रारम्भिक चरण संबिधान ,कानुन र सान्ति पहिलो हो I देशमा सान्ति र सबिधान कार्यन्वयन गर्नका लागि कुनै पनि राजनैतिक पार्टीहरु तयार छैनन् सबैको एक मात्र सपना मन्त्री र प्रधान मन्त्रि कसरि हुने कसको खुट्टामा बन्चरो ठोक्दा आफु आसन ग्रहण गर्न सकिन्छ भन्ने सोचमा लागे पछि जनताका समस्या सग के सरोकार रहदैन I

दिगो सान्ति र विकासका लागि जिम्मेवारी पाएका जनताका मालिकहरु कोहि भारतका गुलाम नोकर कोहि हसिया हथौडा लाई सलाम गर्दै मास्क, लेलिन , मोउचेतुङ्गको तस्बिरमा नतमस्क हुदै दौरा सुरुवालमा रास्ट्रिय ढिकुटीमा रमाएका छन् भने ढिकुटी बाट उछिटिएको जुठो खान पाएका झुण्ड, समूह जनताका माझमा पुगेर हाम्रो , मेरो पार्टीले जनताको समस्याको पहिचान गर्दै गर्दा बिपक्षी पार्टीले खुट्टा तानेर बिकासको बाधक बन्यो भनेर हुय्या कराउछन् I

सबै राजनैतिक पार्टीमा रहेका लिडर देश विकास भन्दा आफनो विकासमा लागेका हुदा मुलुकमा समस्या खडा भएको छ Iनेपाली जनतामा राजनैतिक चेतनाको विकास भै सकेको अवस्था छ तर हामी सग भएको आत्मा विश्वास लाई जागृत गर्न सक्ने अन्तर चेतनाको खाचो छ I स्वबिभेकको प्रयोग गर्नका लागि जनता नागरिक भएर निर्णय गर्नु पर्ने हुन्छ I

नेपाली जनता आज नागरिकको हैसियत भन्दा कुनै एक पार्टीको प्रबक्ताको रुपमा पस्तुत भएको कारण बाट नेता भ्रस्ट भएका हुन् I पार्टीका नेताले गलत गरे देशमा भएको विद्यमान कानुन बाट नै उसले गरेको कार्यलाई सहि गलत भन्ने कुराको फैसला हुनु पर्दछ I नेता गलत गर्ने जनता समर्थनमा सडक बन्द गर्ने एक नागरिक भएको हैसियतले हाम्रो देश बन्द गर्न पाइदैन हुदै भन्ने आवाज गर्नु चै राष्ट्र भक्ति हो I

जनता नै राष्ट्रका मालिक हुन् भन्ने कर्तब्यलाई आत्मा साथ गर्न नसक्नु नै देश विकास बाट आफै बन्चित हुनु हो I जनता मालिक ,नागरिक अनि मात्र राजनैतिक पार्टीको समर्थक हो I सत्य र असत्यको पहिचान गर्न नसकेको हुदा लिडर आज लिडर होइन दलाल बनेका छन् ! आज हामी बिज्ञान सग रमाएका छौ तर हाम्रो सोच चाही पुरातनबादी छ !

राजनैतिक पार्टीका नेताले जनतालाई झुक्येका छन् यो सत्य र यथार्थ हो I मुलुकमा सान्ति कायम भएको दिन बिकासको सुरुवात हुनेछ I हामी सग भएको प्राकृतिक सम्पदा लाई हेर्न आउने पर्यटक नै मुलुक धान्न सकिन्छ भन्ने कुरामा म बिसस्त्व छु I जलश्रोत विकास दिर्घकालिन विकास भएको हुदा हामीले कहिँ समय प्रतिक्षा गर्न सके आफै क्षमता बाट बिजुली उत्पादन गर्न सकिन्छ I

प्रतिक्रिया