गार्इजात्रा तथा बौद्धको रोपाइँ जात्राको सन्दर्भमा

इनेप्लिज २०७३ भदौ ५ गते १०:३७ मा प्रकाशित

gai jatra 3नेपाल विश्वकै संस्कृतिको मौलिक भण्डारको रुपमा विश्वले नै चिन्ने गर्दछन्। सायद त्यसैले होला प्रत्येक वर्ष नेपाल प्राकृतिक छटा र सौन्दर्यलार्इ चुम्दै अवलोकन गर्रने भनेर विश्वका विभिन्न देशहरुबाट नेपालमा आउने पर्यटकहरुको संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ । बहुभाषी, बहुसांस्कृतिक सम्पदाको धनी मुलुक नेपालमा प्रत्येक भाषाभाषी जनजातिको बसोबास रहेको पाइन्छ । उनीहरुसँगै आआफ्नो रीतिरिवाज संस्कार र संस्कृति पनि रहेको पाइन्छ । त्यससँगै जोडिएर आएको मौलिक चाडपर्व र जात्रामात्राले आआफ्नै किसिमको स्थान ओगट्दै आएको पाइन्छ । विश्वसम्पदा सूचीमा सूचीकृत बौद्धस्तुप परिसरमा गत भदौ ३ र ४ गते गार्इजात्रा तथा रोपाइँ जात्रा भव्यताको साथ सम्पन्न भएको छ ।

gai jatra 5

श्री बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा स्थानीय २५ भन्दा बढी धार्मिक, सामाजिक एवं युवा संघसंस्थाहरुको सहभागिताका साथ उक्त कार्यक्रम सम्पन्न भएका हुन्। विगतमा बौद्धका स्थानीयबासीहरु कृषि पेशामा आश्रित थिए, जब खेतबारीमा बाली लगार्इ सकेपछि हुने फुर्सदको समयमा मनोरञ्जनात्मक रुपमा व्यतीत गर्न चाहन्थे । त्यसैत्रmममा रोपाइँजात्रा पर्वको परापूर्वकालदेखि नै शुभारम्भ भएको मानिन्छ । एकीन रुपमा कहिलेदेखि यो पर्व सुभारम्भ भन्ने विष्ायमा तथ्य फेला नपरेता पनि आजसम्म यस पर्वलार्इ बौद्धको मौलिक जात्राको रुपमा मनाइँदै आएको पाइन्छ । गार्इजात्राको भोलिपल्ट बौद्धका तामाङ समुदायले रोपाइँ जात्रा मनाउने गर्दछन्। खेतपातीको कार्य सम्पन्न गरिएको खुशीयाली साथ मनाइने यो जात्रामा विभिन्न भेष्ाभुष्ाामा सजिएर प्रत्येक घरधुरीबाट अनिवार्य सहभागी हुने चलन छ ।

स्थानीय भद्रभलाद्मीहरूको उपस्थितिमा बाजागाजासहित प्रत्येक घरबाट रोपाइँ जात्रामा सहभागीहरूले रोपाइँ गरिँदा गरिने अनेकन क्रियाकलापहरू जस्तै: हली, बाउसे, रोपाहार आदिको अभिनय गर्दै विभिन्न झाँकीहरूसहित बौद्धस्तूप परित्रmमा गरी यो जात्रा मनाउने गर्दछन्। जात्रामा सहभागी हुनेहरू विभिन्न झाँकीसहित बौद्धपिपलबोटदेखि टुसालचोकसम्म पुगी पुन: बौद्धस्तुप परिसरमा फर्कने गर्दछन्। झाँकीमा उत्कृष्ट हुने व्यक्ती वा समूहलार्इ प्रोत्साहनस्वरूप श्री बौद्धनाथ क्षेत्र विकास समितिले विभिन्न विधाअन्तर्गत पुरस्कार समेत प्रदान गने गरेको छ । यो जात्रामा रमाइलो हेर्नका लागि बौद्ध र आसपास क्षेत्रका मानिसहरूको ठूलो भीड लाग्ने गर्दछ ।

gai jatra 2

जात्राको अवसरमा आउने दर्शकहरुलार्इ केन्द्कृत गरी मनोरञ्जन दिने उद्देश्यका साथ बौद्धनाथ क्षेत्र विकास समितिको पहलमा जात्रा सुरु हुनुपूर्व सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरिन्छ ।यी पर्वसँग अन्योन्याश्रित सम्बन्ध राख्ने बौद्धका केही अन्य पर्वहरुको पनि यहाँ संक्षेपमा उल्लेख गने प्रयास गरिएको छ ।

जो निम्न प्रकारको छ
(१) घिङताङ नाकाधिङ : यो पर्व जाइजात्राको दिन साँझ पख प्रत्येक घरधुरीबाट आफ्ना स–साना बालबच्चाहरुलार्इ सडकमा निकालेर परालको त्यान्द्रोबाट बनाएको पेरुन्गो शिरमा लगाएर हुल बनाएर बौद्धस्तुप तीनपटक परिक्रमा गने गरिन्छ । यसरी परिक्रममा गर्दा आफ्ना स–साना बालबच्चालार्इ अभिभावकले काँधमा बोकी ‘घिङताङ नकाधिङ हो हो भन्दै … मादलको तालमा स्तुप परित्रmमा गर्ने गर्दछन् । त्यसैले यस पर्वको नाम समेत ‘घिङताङ नाकाधिङ’ रहन गएको हो भन्ने जनविश्वास छ । यसरी बौद्धस्तुपलार्इ परित्रmममा गराउँदा आफ्ना बालबालिकाहरुलार्इ भूतप्रेत, रोगव्याध, भmाडापखाला, घाउखटिरा आदिबाट जोगिन्छ भन्ने बौद्धबासीले विश्वास गर्छन्।

gait jatra 1२) घोनाइ नाच : यो नाच रोपाइँजात्राको दिन बौद्धमा परापूर्वकालदेखि नै मनाइँदै आएको पाइन्छ । त्यसैले यस नाचलार्इ बौद्धको स्थानीय मौलिक नाचको रुपमा सबैले सम्भmने गर्दछन्। यस नाच नाच्दा महिलाहरु पुरुषको भेषमा सिँगारिएर आफ्नो अनुहारलार्इ छोप्दै व्यंग्यात्मक खालका भ–याउरे गीतमा नाच्दै प्रत्येक घरघरमा जाने गर्दछन्। यो नाचले एकातफ मनोरञ्जन प्रदान गर्नुका साथ अर्कोतफ छरछिमेक इष्टमित्रहरुमाझमा आपसी सद्भाव, मेलमिलाप र आत्मीयताको भावना जागृत हुने पर्वको रुपमा समेत लिइन्छ ।

अहिले यो घोचाइ नाचको मौलिक पक्षमा दिनप्रतिदिन खस्किँदै आएकोमा बौद्धबासीहरु चिन्तित छन्। केही वर्षदेखि यो नाचलार्इ संरक्षण एवं मौलिकता प्रदान गने कार्य बौद्धका तामाङ महिलाहरुद्रवारा स्थापित संस्था छोरङान महिला समाजले गर्दै आएको पाइन्छ ।

(फोटो : मदनकृष्ण सिलवाल)

(लेखक छ्योर्तेन मासिक पत्रिकाको प्रधानसम्पादक हुनुहुन्छ । )

प्रतिक्रिया