‘नेपालले भारतलाई के दिएन ? तर, भारतले नेपाललाई पटक-पटक दुःख दिएको छ’

इनेप्लिज २०७३ भदौ ४ गते १:२९ मा प्रकाशित

पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्टले भारतले नेपाललाई पटक पटक दुःख दिएको बताएका छन् ।

राजा महेन्द्र र विरेन्द्रको कालमा तीन पटक प्रधानमन्त्री भएका ९० बर्षीय बिष्टले कान्तिपुर टेलिभिजनको ‘सुमन संग’ कार्यक्रममा बोल्दै नेपाललाई दास बनाएर, नेपालको स्रोत साधन कब्जा गर्न खोजेर भारतले सधै दुःख दिएको बताए ।

राष्ट्रवादको अडानमा राजा महेन्द्रको प्रशंसा गर्दै उनले भने- ‘सबै राजा एकै हुँदैनन् । नेपालले भारतलाई के दिएन ? हात काटेर दियो । गोडा काटेर दियो । अब के दिने गर्दन काटेर दिने ? तर, भारतले नेपाललाई पटक पटक दुःख दिएको छ ।’

नेपाललाई कति हेप्छौ ? सक्छौं भने चीनसँग लडेर देखाउँ भनेर भारतलाई ठाडो चुनौति दिने विष्टले नेपालप्रतिको हेपाहा प्रवृतिले भारतसँग सम्बन्ध सुमधुर हुन नसक्ने बताए । सार्वभौम राष्ट्र जतिसुकै सानो भएपनि सम्बन्ध बराबर हुनुपर्ने उनको भनाई छ ।

हेर्नुस् भिडियो अन्तर्वार्ताः

प्रतिक्रिया