अमेरिकाका ग्यास स्टेशन​, लुटेरा र सुरक्षाका उपायहरु– – यसरि बचिन्छ​ लुटेराहरुबाट ग्यास स्टेशनमा काम गर्दा

इनेप्लिज २०७३ साउन ३० गते ७:०३ मा प्रकाशित

Untitled

ग्यास स्टेशन अर्थात पेट्रोल बिक्रि केन्द्र र सगै राखिएको सहज पसल स्टोर अमेरिकन जनताको सबैभन्दा प्यारो र बढि आवतजावत केन्द्र भन्दा भयो। नेशनल एशोसियशन अफ कन्भिनियन्स स्टोर्स नाक्सका अनुसार सन २०१५ को डिसेम्बर सम्मकोलाइ गन्दा अमेरिकामा १ लाख २१ हज्जार ४ सय ४६ ग्यास स्टेशन जसमा ८३ प्रतिशत स्टोर र ग्यास स्टेशन दुबै रहेछ​। अमेरिकन श्रम तथ्याङ्क ब्युरोका अनुसार झन्डै ९ लाख २६ हजार ७ सय ९२ कामदारहरु काम गर्दा रहेछन ग्यास स्टेशन र स्टोरमा गतसालको तथ्याङ्कलाइ हेर्दा। ग्यास स्टेशनमा बर्षमा २ खरब ४९ अरब डलर सामान बिक्रि हुदो रहेछ भने नदेखिएका हिसाबलाइ हेर्दा झन्डै ४ खरब सामानहरु बार्षिक बिक्रि हुदो रहेछ​। यु एस सेन्सस ब्युरोका अनुसार​ ग्यास स्टेशनले सन २०१३ मा मात्रै प्वाइण्ट १३७ ट्रिलियन अर्थात १३७ बिलियन डलर राजस्व तिरेछ जुन हरेक बर्ष बढ्दैछ कारण हो हरेक बर्ष अमेरिकि सरकारले बढाउने करको दरले राजस्व बढ्ने गर्दछ​।

अमेरिकि दैनिकि अर्थात जिबनशैलिको एक महत्वपुर्ण पर्याय ग्यास स्टेशन तथा स्टोर अमेरिकि साना तथा मझौला ब्यबसायको मेरुदण्ड भने भयो। यस ग्यास स्टेशनमा काम गर्ने वर्क फोर्स नै ग्यास स्टेशनको अर्को मेरुदन्ड भन्दा भयो। जहा काम गर्न सहज छ​, सजिलो पनि छ काम जानेपछि। असाध्यै दिमाग प्रयोग गर्नु पर्ने पनि होइन ग्यास स्टेशनमा काम गर्न तर ग्यास स्टेशनको ब्यबसाय सन्चालन भने त्यति सहज र सजिलो चाहि छैन नै। ग्यास स्टेशन जहा धेरै नगदको कारोबार हुन्छ​, जहा नगद सकलन बढि हुने गर्दछ​। जहा सबै खालका बिहान उठे देखि नसुतेसम्म चुरोट​, खैनि, पेय पदार्थ​, काने कुरा, पाउरोटि, अन्डा, दुध​, पेट्रोल, मट्टीलेत​, डिजेल​, देखि अति आबस्यक सरसामानहरु सहज र द्रुत गतिमा सेवा पाइन्छ पनि। खुरुरुर्र आयो गाडी वा हिडेर आयो सामान काउन्टरमा ल्यायो वा ड्राइभ वे बाट किन्यो वा पेट्रोल पम्पमा क्रेडिट, डेबिट कार्ड घोट्यो सेवा लियो जहा घन्टौ घन्टा कुर्नु नपर्ने सर्बसुलभ र गतिशिल सेवा नै अमेरिकाको स्टोर र पेट्रोल स्टेशनको राम्रा पक्ष भ​ए। चिठ्ठा किन्ने, जिते पैसा लिने, मन लागेका चिजबिज​, स्न्याक्स खाजाको छिटोछरितो सेवा पेट्रोल स्टेशनको अर्को राम्रा पक्ष भ​ए। अमेरिका भन्ने मुलुकमा समयको महत्वलाइ प्राथमिकतामा राखिन्छ​। समयमा नचल्ने, समयलाइ बेवास्ता गर्ने र समयको महत्वलाइ खेलाचि गर्नेहरु अमेरिकामा पछि पर्यो वा टिक्नै नसक्ने हुन्छ​। समयको रफ्तारमा कुदिरहेको अमेरिकन र अमेरिकालाइ छिटो छरितो र आबस्यक चिज र बस्तुको सेवाप्रदायलाइ पेट्रोल स्टेशन अमेरिकामा जिबनशैलि सङ्गै झुन्डिएको छ भन्दा अत्युक्ति नहोला। कागज नभ​एका जो एशियन, ईन्डियन​, नेपालि अरबियन​, चाइनिज​, कोरियन, पाकिस्तानि वा प्रबासिहरुद्वारा सन्चालित पेट्रोल पम्पमा काम गरिरहेका हुन्छन तिनका रोजगारिको थलो पनि ग्यास पेट्रोल पम्प र स्टोरहरु बन्ने गरेको छ अमेरिकामा। तर अमेरिकिहरु द्वारा सन्चालितमा चाहि कागज नभ​एकाहरुका लागि त्यति सहज हुदैन पनि।

दैनिकि नगद सकलित स्थल ग्यास स्टेशन, अति आबस्यक बस्तुहरुको सहज केन्द्र ग्यास स्टेशन सुरक्षाका हिसाबले अति नै जोखिमपुर्ण छ अमेरिकामा। ग्राहकहरुबाट सकलित नगद लुटेराहरुको नजर पर्ने गर्दछ ग्यास स्टेशन। अधिकाश समय डलर नगद र कतिपय समयमा सामान्य बियर, चुरोट वा अन्य सामानहरुको लागि पनि लुटेराहरुबाट पिडित हुने गरेका छन ग्यास स्टेशनमा काम गर्ने कामदारहरु र सन्चालित गर्ने साहुहरु। अमेरिकाको यस्ता शहरहरु र ठाउहरु छन जहा ग्यास स्टेशन दिनदहाडै लुटिएका छन​, काम गर्ने कामदारहरु मारिने गरेका छन र कहिलेकाहि साहुहरु पनि लुटेराहरुबाट मारिने र पिडित हुने गरका छन अमेरिकामा। यस क्रममा थुप्रै नेपालि कामदार र साहुहरु पनि लुटेराहरुबाट मारिने गरेका छन अमेरिकामा। अधिकाश काला जाति, केहि र ग्यास स्टेशन जस्तै बाल्टिमोर​, डेलवारे, एटलान्टा, शिकागो, न्युयोर्क​, न्युजर्सि, कोलम्बिया साउथ क्यारोलिना, टेक्सास​, ओक्लाहामा, फिलाडेलफिया जस्ता राज्य र शहरहरु ग्यास स्टेशनमा काम गर्न अत्यन्तै जोखिमयुक्त स्थानहरु हुन​। जहा प्रायश बुलेट प्रुफ शिसाहरु भित्र बसेर काम गर्ने गरिन्छ​। तै पनि लुटेराहरुबाट लुटिने, मारिने र तर्साउने र नगद बोकेर जाने गर्दछन लुटेराहरु। अधिकाश समय रात्रि समय र बिहानि पखलाइ लुट्ने उत्तम समयको रुपमा लुटेराहरुले प्रयोग गर्ने गर्दछन​। मास्क लगाएर​, मुख छोपेर​, बन्दुक लुकाएर त कहिले नक्कलि बन्दुक देखाएर पनि लुट्ने गर्दछन लुटेराहरुले।

ग्यास स्टेशनहरुमा अधिकाश स्थानहरुमा २४ सै घन्टा सर्भेलेन्स क्यामेराहरु राखिएका हुन्छन नै तै पनि लुटेराहरुले लुटेकै हुन्छन​। लुटेपछि त्यहि क्यामेराका कारण केहि समातिन्छन त केहिको पहिचान चिन्न सक्दैनन अमेरिकन प्रहरिहरुले। अमेरिकामा कुनै पनि घटना वा परिस्थितिको सुरक्षाका लागि प्रहरि बोलाउनु पर्यो भने ९११ डायल गर्नु पर्दछ​। नजिकका सिटिका प्रहरिहरुलाइ कप वा पुलिश भनिन्छ भने काउण्टि वा सिटि भन्दा बाहिरको सुरक्षा हेर्नेलाइ सेरिफ भन्ने गरिन्छ अमेरिकामा। ९११ डयल गरेपछि सुरक्षाकर्मि कार्यालयलाइ सक्षिप्त घट्ना बिबरण दिएपछि (वा कहिलेकाहि ९११ डायल गरेपछि घटनाको स्थल अटोमेटिक पत्ता लगाउछ प्रहरिहरुले) बढिमा ३० मिनेट भित्रमा प्रहरि घट्ना स्थलमा आइपुग्छ र घट्ना अनुसन्धान शुरु हुन्छ यदि घटना ठुलो छ भने चाहि यस्तो अबस्थामा सघिय प्रहरि एफ बि आइ को सम्लग्नता हुने गर्दछ​।

ग्यास स्टेशनको सुरक्षा जोखिमताबाट कसरि बच्ने? कसरि लुटेराहरुको आक्रमणबाट आफुलाइ बचाउने र कसरि सुरक्षित हुने भन्नेमा केहि टिप्सहरु वा जानकारिहरु लिनु जरुरि छ जसबाट लुटेराले मार्ने अबस्थाबाट सजिलै बच्न सकिन्छ​। लुटेराहरु कस्तो अबस्थामा आउछन​, कति पटक स्टोरमा आउने गर्दछन​? उनिहरुले कस्तो ब्यबहार देखाउछन​? बन्दुक बोकेर आउनेलाइ, चक्कु बोकेर लुट्न आउनेलाइ वा केहि पनि नलिकन एकैचोटी नगद भएको रजिष्टर बोकेर जाने वा माग्नेलाइ के गर्ने? उनिहरुले बन्दुक देखाइसकेपछि के गर्ने र लुटेरा भागिसकेपछि के गर्ने? नभाग्दै के गर्ने त​? टेक्सासको शिवाकोटि, एटलान्टाका पाठक​, साउथक्यारोलिनाका रबिनहरुको जिबन लुटेराले लिदा यदि उनिहरुले पनि यस्तै खालका पुर्ब साबधानि र जानकारि भ​एको भ​ए उनिहरुको ज्यान जान सक्दैन थियो होला। भबिस्यमा पनि थुप्रै नेपालि दाजुभाइ दिदिबहिनिहरुको ग्यास स्टेशनमा कार्यरत रहदा यस्ता जानकारिहरुबाट लुटेराहरुबाट जिबन बचाउन सक्दछन​।

ग्यास स्टेशनका साहुहरुले आफ्ना ब्यबसायमा लुटेराहरुले लुट्ने सभाबनालाइ ध्यानमा राखि पहिले नै बिमा गरिसकेका हुन्छन​। लुटेरा आए भने हात माथि उठाएर रजिष्टर खुरुक्क खोलेर दिए हुन्छ​। यस्तो अबस्थामा कहिल्ले पनि लुतेराको अनुहार हेर्ने प्रयास नगर्नु। यदि अनुहार हेरेमा लुटेराहरुले मारिदिन सक्छन​। उनिहरुले के ठान्छन भने मलाइ यसले चिन्ने वा जानकारि राख्ने प्रयास गर्यो र प्रहरिलाइ हुलिया दिन सक्छ भन्ने ठान्छ लुटेराहरुले। अरु पैसा वरिपरि राखेको छ र लुटेराहरुले मागेमा त्यो पनि दिए हुन्छ​।

लुटेरा चाडै निस्कने प्रयास गर्नेछ त्यसबेला प्रहरिलाइ कल गर्ने कहिले पनि प्रयास नगर्नु होला। जब लुटेरा जान्छ अनि मात्रै ९११ कल गर्ने, साहुलाइ जानकारि दिने। वा रजिस्ट्रर भन्दा तल राखिएको सुरक्षा बटन थिचिदिने तर लुटेरा निस्केपछि मात्रै। ग्यास स्टेशन हल्का वा ग्राहक पातलिएको बेला वा नभ​एको बेला लुटेराहरुले समय सदुपयोग गर्ने हुदा यस्तो अबस्थामा को आउदै छ​, बाहिर निगरानि राख्नु होला यस्तो बेलामा सकेसम्म रजिस्टरमा नबस्नु होला। फोनमा टेक्समा, फेसबुक​, च्याटमा यस्तो अबस्थामा नबस्नु होला। जसले यो समयको सदुपयोग गर्न सक्नेछन लुटेराहरुले। कहिलेकाहि ग्राहकलाइ पेनि, निक्कल​, सुका नपुगेको अबस्थामा झगडा नगर्नु होला। जसले स्थानिय ग्राहकहरु रिसाउन सक्छन र बेलुकिपख वा स्टोर बन्द भ​एपछि स्टोर फुटाउन सक्छन रिसले। कहिले पनि ग्राहकको अगाडी हिसाबकिताब र नगद नगन्नु होला जसले गलत र फटाहा ग्राहकहरुले लुट्ने योजना नबनाओस​। तपाइले देखाएर नगद नगनेसम्म तपाइसङ्ग कति रकम छ भन्ने अन्दाज लगाउन सक्दैनन गलत र क्रिमिनल ग्राहकहरुले। राति हिसाब किताब गर्दा स्टोर बन्द गरेर मात्र गर्नु होला। नगद बोकेर कहिले पनि बाहिर ननिस्कनु जसले गर्दा लुटेराहरुबाट तपाइ नलुटिनोस​। कहिले पनि गलत शब्द​, नराम्रा शब्द र फोहोरि अग्रेजि शब्दहरु प्रयोग नगर्नु होला ग्राहकका अगाडी वा ग्राहकलाइ उनिहरुले लुट्ने योजना र बदलाको भाबना नलियोस​। अधिकाश चिनेका, नजिकका र स्थानिय ग्राहक नै हुन्छन लुट्नेमा। स्थानिय लुटेराहरुले सकेसम्म मार्दैनन तर तपाइले कुस्ति खेल्न थाल्नु भयो, लखेट्न थाल्नु भयो र दादागिरि देखाउन थाल्नु भयो भने एउटै गोलिले तपाइको पखेरु उडाइदिनसक्छ​। सकेसम्म लुटेरालाइ तपाइसङ्ग पनि बन्दुक छ भन्ने नपरोस जसले हतारमा उसको गोलिले पहिले नै तपाइल​ऐ शिकार नबनाओस​। रजिष्ट्रर पछाडी कुनै मेटल वा कुनै फलामको लौरो चाहि राखिराख्नु होला केहि पर्यो भने कहिलेकाहि त्यहि फलामको लौराले लुटेरा छिटो भाग्न सक्छ पनि।

तपाइसङ्ग ग्रिनकार्ड छ वा तपाइ अमेरिकाको नागरिक हो भने प्रहरि कार्यालयमा कन्सिल बन्दुकको लागि निबेदन दिनसक्नु हुन्छ र उनिहरुले नै तालिम दिन्छन कसरि बन्दुक चलाउने भनेर र कहिलेकाहि कुनै कुनै राज्यमा सिमित साना बन्दुक लुकाउने गरि लाइसेन्स बिना नै राख्न पाउछन तर बन्दुकको लाइसेन्स बिना बन्दुक देखाउने र खुलमखुला बोकेर हिड्दा फेलोनि को सजाय दिन सक्छ​।

कथमकदाचित तपाइ फेलोनिको सजाय पाउनु भ​एको छ भने तपाइलाइ बन्दुक लाइसेन्स दिदैन​। लुटेराहरुको मास्क खोल्ने, लखटेने पछि लाग्ने र कुस्ति खेल्ने कदापि प्रयास नगर्नु होला। तपाइको ज्यान भन्दा ब्यबसाय नहुन सक्छ​। तपाइले गर्ने सानो गल्तिले लुटेराले तपाइको ज्यान लिने हुदा वा साहु वा म्यानेजरको बढि माया र धाप पाउन लुटेराहरुसङ्ग मुक्किबाजि नगर्नु होला। कहिले पनिलुटेराहरुले बन्दुक ताकेमा जुन ठाउमा तपाइ हुनुहुन्छ एक कद पनि नचल्नुहोला। यदि तपाइ चल्न थाल्नु भयो भने उसले आफुलाइ असुरक्षित ठान्छ र तपाइलाइ बन्दुक चलाउन सक्छ​। लुतेरासङ्ग मुखमुखै नलाग्नु होला।

जसले आबेगमा आएर तपाइलाइ बन्दुक चलाउन सक्छ​। अत्यन्त साना साना साबधानि र ख्याल गर्दा ज्यान बचाउन सकिन्छ लुटेराहरुबाट​। तपाइ कहा बस्नु हुन्छ​, को कोसङ्ग बस्नुहुन्छ सकेसम्म ग्राहकहरुलाइ नभन्नु होला उनिहरुले योजना बनाउन सक्छन तपाइलाइ लुट्न​। तपाइको ज्यान सुरक्षा तपाइ आफैले गर्ने हो। आफै सजक हुने हो। सकेसम्म जोखिमयुक्त स्थानहरुमा भ​एका ग्यास स्टेशनहरुमा काम नगर्नु होला। गरि हाले पनि सजक हुने भन्दा अर्को उपाय नै छैन​। काम गर्दा अपनाउनु पर्ने साबधानिहरुले तपाइको जोखिमतामा कमि ल्याउछ​। सकेसम्म अग्रेजि भाषा सिक्ने, धेरै बोल्ने प्रयास गर्नु होला भाषाको ज्ञानले पनि तपाइलाइ कन्फिडेन्ट बनाउने, ग्राहकले नहेप्ने र सम्मान गर्ने हुदा यस्ता लुटेराहरुको सकेत पनि तपाइले बुझ्न सक्नु हुनेछ​। सहज र सजिलो काम त के नै होला र​? जहा जुनसुकै ठाउहरुमा पनि एक खालका अप्ठेरा, जोखिम र असहजता त भै नै हाल्छ तर ग्यास स्टेशनमा काम गर्दा जति सहज छ जति तपाइआफु साबधानिपुर्बक काम गर्नु भ​एको छ त्यसले तपाइको सभाबित सुरक्षाका जोखिमताहरुमा कमि ल्याउनेछ​। अरु बाकि अर्को लेखमा।

प्रतिक्रिया