अब तिज आउन केहि दिन मात्रै बाँकी छ । तर करिब डेढ महिना अघि देखि तिजका गीत संचारमाध्यमहरुमा बज्न थालिसकेका छन । गायिका डेनी रेग्मीले केही ढिलोगरेर आफ्नो तीजको गीत सार्बजनिक गरेकी छिन । केहि बर्ष देखि देसको समसामयिक बिषयबस्तुलाई पनि तिजको गीतमा गाउन थालिएको छ । के.पि ओलीकोनेतृत्वमा गठन भएको निर्बतमान सरकारले पेस गरेका ग्याँसको पाइपलाइन, रेल, हावा बाट बिजुली, पानी जहाजका योजनालाई आशाबादी कोणबाट पेस गर्दै डेनीरेग्मीले यसपालीको तीज गीत बजारमा ल्याएकी छिन ।
रेल, पानीजहाज, हावा बाट बिजुली, ग्याँसको पाइपलाईनको नाम सुन्ने बितिक्कै ब्यङ्यभाब भनेर बुझिनेगरेको कारणले डेनीले यस गीतलाई सकारात्मक शब्दले भरिएको आशाबादी गीतको रुपमा पेस गरेको बताइन । काठमाडौं लगायतका शहरहरुका घरका छतमा पनिगमलामा धान रोप्न सकिने नार्कको योजनालाई समेत सकारात्मक बिषयको रुपमा यस गीतले पेस गरेको छ । त्यस्तै नक्कली डाक्टरहरुको बिगबिगी जस्तोसमसायिक बिषयलाई समेत यस गीतले समेट्ने प्रयास गरेको छ ।
आधुनिक गीत बिधाका सर्जक किरण वरालको शब्द र लय रहेको यस गीतमा बिपिन आचार्यको संगीत संयोजन रहेको छ । यस गीतको भिडियोमा बैंकर पायल शर्मालेयस गीतमा अभिनय गरेकी छिन् । रबिन्द्र वरालको छायाँकनमा रहेको यस गीतको भिडियोलाई देबेन्द्रराज पाण्डेले निर्देशन गरेका छन भने यसको निर्माण आशिषघिमिरेले गरेका हुन् । म्युजिक नेपालले बजारमा ल्याएको यस गीतबाट दर्सक श्रोताले पहिले झैं माया गर्ने आशा गरेको गायीका डेनी रेग्मीले बताइन ।
प्रतिक्रिया