जटिल अंगका रुपमा सामाजिक र आर्थिक ब्यवस्था

इनेप्लिज २०७३ साउन २५ गते १०:३८ मा प्रकाशित

10150808_455497111270213_3022867180222267304_n

भौतिक सम्पत्तिको उत्पादन पद्दति नै कुनै पनि ब्यवस्थाको भौतिक÷आर्थिक आधार हो । वास्तविकतामा आर्थिक आधारले नै त्यसको ढाँचा र अस्थिर पञ्जरको निर्माण गर्दछ । अनि आधेयले सामाजिक÷आर्थिक तथा बौद्धिक रुपको अभिब्यक्ति गर्दछ । यसरी उत्पादन, आधार र आधेयले जुनसुकै सामाजिक÷आर्थिक ब्यवस्थाको पनि महत्वपुर्ण श्रृंखला र अभिन्न अङ्गको प्रतिनिधित्व गर्दछन् । त्यस माथि प्रत्येक ब्यवस्थामा यिनले विशेष अभिब्यक्ति पाएका हुन्छन् । सामाजिक÷आर्थिक ब्यवस्थामा उत्पादन आधार र आधेय बाहेक मानिसहरुको निश्चित ऐतिहासिक समुदाय (वंश, गणजाति, जनजाति, राष्ट्र) रहन सहन, परिवार र विवाह सम्वन्ध, भाषा, प्रकृति विज्ञान र केही सामाजिक संस्थाहरु आदि अन्य सामाजिक कुराहरु पनि समावेश हुन्छन् । यी कुराहरु प्रत्यक्ष रुपले न त आधार भित्र पर्दछन््, न आधेय भित्र नै । तै पनि यिनीहरु हरेक ब्यवस्थाको निम्ति नभै नहुने यस्ता तथ्यहरु हुन, जस विना समाजको जीवन र विकास नै सम्भव हुँदैन । प्रायश ः उपयुक्त कुराहरुले प्रत्येक ब्यवस्थामा आफ्नै विशिष्ट रुप लिएका हुन्छन् र एउटा ब्यवस्थाले अर्कोमा संक्रमण गर्दा तिनमा समूल परिवर्तन आउँछ । मानव समुदायको रुप पनि बदलिन्छ । आदिम समाजको निम्ति गोत्र र गणजाति स्वभाविक थिए भने सामान्तवादको निम्ति जनजाति र पुँजीवादको निम्तिथ राष्ट्र स्वभाविक हुन्छ । पुँजीवादबाट समाजवादमा संक्रमण भए पछि पुँजीजीवी राष्ट्रको ठाउँ समाजवादी राष्ट्रले लिन्छ । एक ब्यवस्थाबाट अर्को ब्यवस्थामा परिवर्तनका साथै मानिसहरुको रहन सहन, परिवार र विवाह सम्वन्ध आदि पनि बदलिन्छन । सामाजिक विकासको प्रक्रियामा भाषा समेत बदलिदै जान्छ, परन्तु एक ब्यवस्थाबाट अर्को ब्यवस्थामा पनि एउटै भाषा रहन सक्दछ । विज्ञानका उपलब्धीहरुको वारेमा पनि यहि कुरा भन्न सकिन्छ । वेग्ला वेग्लै ब्यवस्थामा रहेका मानिसहरुको श्रम तथा जीवनमा पनि तिनको जानकारी र उपयोग संभव हुन्छ ।

सामाजिक÷आर्थिक ब्यवस्थालाई जन्माउने सामाजिक घटनाहरु घनिष्ट रुपले परस्पर जन्माउने सामाजिक घटनाहरु घनिष्ट रुपले परस्पर सम्वन्धित हुन्छन् र प्रत्यक्ष अथवा परोक्ष रुपले एक अर्कालाई प्रभावित गर्दछन् । यसैको परिणाम स्वरुप जटिल, विकाशशिल सामाजिक अङ्गको रुपमा ब्यवस्थाले काम गरिरहेको हुन्छ । उत्पादक शक्तिहरु र उत्पादन सम्वन्धहरु, आधार र आधेयको एकत्व, तिनको प्रत्यक्ष क्रियाबारे बुझ्दा पनि उत्पादक शक्तिहरु सित सम्वन्धित हुन्छ, तर यो सम्वन्ध प्रत्यक्ष नभएर परोक्ष अर्थात आर्थिक आधारको माध्यमबाट कायम हुन्छ । उत्पादन, आधार तथा आधेयले मानिसहरुको रहन सहन, पारिवारिक सम्वन्ध आदिमा छाप पार्दछ । छोटकरीमा भन्ने हो भने सामाजिक घट्नाहरुको पारस्परिक संयोगको उपज हो तर तिनको आद्य कारण र प्रथम आधार चाँही भौतिक उत्पादन नै हो, जसले सामाजिक घट्नाहरुका सम्पुर्ण विविधतालाई अँगाल्छ, तिन मध्ये प्रत्येकको स्थान र महत्व निरुपित गर्दछ, आफ्नो वशमा पार्दछ, आफ्नै चरित्र अनुरुप परिवर्तित गर्दछ । विभिन्न सामाजिक घटनाहरुको निर्विच्छिन्न एकत्व, पारस्परिक सम्वन्ध र भौतिक आधारको उद्घाटन गर्दै सामाजिक÷आर्थिक ब्यवस्थाको अवधारणाले समाज प्रति आध्यान्त्मवादी र अधिभौतिक वादी दृष्टिकोण समाप्त गरिदिन्छ । माक्र्सवाद भन्दा पहिलेको समाजशास्त्रमा यस्तै अवधारणाको अधिपत्य थियो । प्रत्येक ब्यवस्थाको आफ्नै विशेष उत्पादक शक्तिहरु, उत्पादन सम्वन्धहरु को निश्चित प्रकार, आफ्नै किसिमको बोद्धिक जीवन आदि हुन्छन् । इतिहासका सामान्य नियमहरुलाई मान्यता दिए ता पनि प्रत्येक ब्यवस्थाको आफ्नै विशेष नियमहरु हुन्छन्, जुन अर्को कुनै ब्यवस्थामा लागु हुन सक्दैन

यस प्रकारको सामाजिक÷आर्थिक ब्यवस्थाको अवधारणाले ऐतिहासिक कुराहरु र घटनाहरुको जटिलतम् प्रवाहलाई बुझ्ने संभावना प्रदान गर्दछ । प्रत्येक ऐतिहासिक घट्ना अर्को घट्नाका दुरुस्त पुर्नावृत्ति भएता पनि त्यसले तिनमा रहेको महत्वपुर्ण सामान्य, दोहोरिरहने कुरा छुट्टाउन अर्थात समाजको विकासको नियम छर्लङ्गयाउन मद्दत गर्दछ ।
यसको फलस्वरुप सामाजिक इतिहास घटनाहरुको आकस्मिक, अब्यवस्थित समूहको रुपमा नरहन एउटा सामाजिक– आर्थिक ब्यवस्थाको ठाउँमा अर्को तयस भन्दा बढि विकसित र समुन्नत, ब्यवस्थाको परिवर्तनको नियमित, स्वभाविक, ऐतिहासिक प्रक्रियाको रुपमा देखा पर्दछ । सामाजिक÷आर्थिक ब्यवस्थाको उद्घाटनको साथसाथै ऐतिहासिक प्रक्रियाको व्रज्ञानिक काल विभाजन पनि संभव हुन गयो । एक ब्यवस्था बाट अर्को ब्यवस्थामा गुणात्मक परिवर्तन र विराट फड्काको रुपमा मात्र होइन अँझ एउटै ब्यवस्था अन्र्तगत पनि निम्न स्तरबाट उच्च स्तरमा प्रगतिको रुपमा ऐतिहासिक विकास चलिरहन्छ । पुँजीवादी ब्यवस्थाको विकास दुई (एकाधीकारपूर्व र एकाधीकारी साम्राज्यवादी) स्तरमा हुन्छ । साम्यवादी ब्यवस्थामा पनि निम्न स्तरीय समाजवादबाट उच्च स्तरीय साम्यवादमा विकसित हुन्छ ।
यसरी ऐतिहासिक अनुभवले के देखाएको छ भने सबै जनताहरुले आफ्नो विकासमा निरिपवाद रुपले सबै ब्यवस्था हरु पार गर्न जरुरी हुदैन । सामाजिक–आर्थिक ब्यवस्थाको अवधारणा देखापर्ने र विभिन्न देशहरुमा तथा महाद्विपहरुमा जनताहरुको विकासमा दोहोरीने सामान्यताले एउटै ब्यवस्थामा रहेका विभिन्न जनताहरुमा पनि आफ्नै किसिमका विशिष्ठताहरु हुन सक्छन् भन्ने कुरा अस्वीकार गर्दैन । तसर्थ जुनसुकै सामाजिक÷आर्थिक ब्यवस्थाले पनि त्यस भित्र पर्ने देशहरुको अवस्थाको दृष्टिले ज्यादै नै जटिल तथा “रङ्गीचङ्गी” चित्र प्रस्तुत् गर्दछ । फेरी इतिहासमा “विशुद्ध” ब्यवस्थाको अस्तित्व कहिल्यै रहेन । जनुसुकै सामाजिक ब्यवस्थामा पनि सामाजिक जीवनका विभिन्न क्षेत्रहरुमा पहिलेका ब्यवस्थाहरुको अवशेषहरु र नयाँ सामाजिक ब्यवस्थाका वीजहरुमा अर्थात पूर्वाधारहरु पनि रहन्छन् । यस प्रकारले समाजको विकास भनेको नै एउटा ब्यवस्थाबाट अर्को ब्यवस्थामा मानव जातिको प्रगतिको नियमित, स्वभाविक, ऐतिहासिक प्रक्रिया हो । यस प्रगतिले प्रवृत्तिको रुपमा अनेकौं निश्चित र ज्यादै बहुरुपी ऐतिहासिक तत्वहरुको माझबाट आफ्नो बाटो प्रशस्त पार्दै जान्छ । एक ब्यवस्थाबाट अर्को ब्यवस्थामा मानव जातिको प्रगतिको प्रक्रिया बारे ऐतिहासिक दृष्टिले मानव संगठनको पहिलो , अति निम्न स्तरीय रुप आदिम साम्यवादी ब्यवस्थाबाटै शुरु भएको हो । साम्यवादी ब्यवस्थाको निर्माण द्वारा कम्युनिष्टको पार्टीको महान लक्ष्य पुरा हुनेछ । त्यो लक्ष्य हो यस्तो समाजको निर्माण गर्नु जसको ध्वजामा अंकित हुनेछ । “प्रत्येकबाट उसको योग्यता अनुसार, प्रत्येकलाई उसको आवश्यकता अनुसार” । त्यस्तै समाजमा “सव कुरा मानिसको लागि, मानिसको हितको लागि” भन्ने कम्युनिष्ट पार्टीको नारा पनि साकार हुनेछ ।

लेखक ‘साझा प्रतिविम्व’ राष्ट्रिय साप्ताहिका प्रकाशक हुन

[email protected]

प्रतिक्रिया